RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

आयोजनाको सहयोग पाएका बेलहरा-धनकुटाका किसान परम्परागत खेति छोडेर व्यावसायिक तरकारी उत्पादनमा फड्को मारे !

धनकुटा न.पा.वडा नं ९ बेलहराका सामान्य किसान परिवारबाट उदाएका गोविन्दराज राया अहिले ५४ बर्षका भए । उनको परिवारमा श्रीमती छोरा बुहारी, छोरी र एक नाति छन्। विगत केहि वर्ष देखि व्यवसायिक  तरकारी खेति अन्तर्गत टमाटर उत्पादनमा सक्रिय हुँदै राम्रो आम्दानी गर्न सफल भएका छन् । पारिवारीक समस्याका कारण गोविन्दले नौ कक्षा भन्दा धेरै पढ्न सकेनन् । पढ्ने रहर रहरमै सिमित भयो । कमजोर आर्थिक अवस्था अरु आम्दानीको श्रोत थिएन । पन्ध्र सोह्र रोपनि बारी मात्र त्यसैमा परम्परागत खेति गदर्थे । जसमा मकै र कोदो मात्र हुन्थ्यो । छोरा छोरीको पढाइ पारिवारिक खर्च ,औषधोपचार खर्च गर्दा गर्दै उनलाई ऋण लाग्यो ।

२०५८ साल तिर छिमेकी र साथिभाईले टमाटर खेति गरेको देखेर एक रोपनि जग्गामा टमाटर खेति गर्न सुरु गरे गोविन्दले । अहिले जस्तो औषधि, प्राविधिक ज्ञान नभएपनि ७-८ क्वीन्टल उत्पादन भयो । स्थानीय बजार नहुँदा धनकुटा बजार लानु पर्ने त्यति बेच्दा मुस्किलले दश बाह्र हजार रुपैयाँ जति हुन्थ्यो । घर खर्च चलाउनै मुस्किल, ऋण तिर्ने त कुरै थिएन। उनले हार भने मानेनन् । यहि व्यवसायबाट केही र्गछु भनेर २०६२/०६३ साल तिर २० रोपनि जग्गामा टमाटर लगाए । ४० क्वीन्टल जति फल्यो, ६०,०००।—हजार आम्दानी भयो । त्यस पछि उनलाई टमाटर खेति प्रति निकै आशा पलायो । मेहनत गर्दा केहि हुने रहेछ भन्ने लाग्यो । आफ्नै बुद्धि विवेकले परम्परागत रुपमै टमाटर लगाउँदै गए । उता ऋण गरेर विदेश पठाएको छोरालाई बिना कमाई फर्किनु पर्यो । माता-पिताको पनि निधन भयो । उनको पारिवारिक र आर्थिक कठिनाइका दिनहरु आए ।

सहकारी मार्फत स्थानीयहरुलाई आर्थिक सहयोग गर्ने उद्देश्यले २०६६ सालमा सीडिएस भन्ने संस्थाले धनकुटामा काम गर्न थाल्यो । त्यसैको पहलमा बेलहराको पुरै जनसंख्याका समेट्ने गरी जालपादेवी कृषि सहकारी संस्थाको स्थापना भयो । जसमा २५ व्यक्ति आवद्ध तीनवटा कृषक समुहलाई एकिकृत रुपमा प्रति व्यक्ति रु २०००।—का दरले सेयर लगानि गर्नु पर्दथ्यो । २०६६ देखि २०६८ सम्म चलेको यस संस्थाले सहकारीको भवन निर्माण देखि सदस्यहरुलाई अनुदानमा हजारी, पानी ट्याङ्की, स्प्रे, मलविऊ र क्यारेट उपलब्ध गराएपछि निकै राहत मिलेको उनी बताउँछन् । अहिले सहकारी सञ्चालनका लागि प्रत्येक सदस्यबाट मासिक रु.५०।— बचत गरिन्छ । हाल सदस्य संख्यामा बृद्धि भई ५०० पुगेको छ । सबै सदस्यले मासिक बचत १०० रुपैयाँ गर्नु पर्दछ । सहकारीमा आवद्ध भएपछि मल बिऊ देखि आवश्यक पर्दा ऋण पाइने हुनाले किसानहरुलाई सहजता मिलेको उनी बताउँछन् ।

ग्रामीण स्तरमा रहेका जनतालाई कृषि तथा गैह्र कृषि क्षेत्रमा व्यवसाय प्रवर्द्धन गर्न टेवा पुर्याउने उद्देश्यले २०७५ साल देखि धनकुटामा नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष(आईफाड) को संयुक्त लगानिमा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सञ्चालित छ । “समृद्धि” को सहजीकरणमा तरकारी खेतिलाई प्रोत्साहन गर्नका लागि बेलहारामा जलकन्या देवि अर्धव्यवसायिक कृषक समुहको गठन भयो । आयोजना आउनु भन्दा अगाडि जालपादेवी कृषि सहकारी संस्थाका रुपमा समाहित उत्पादक कृषकहरु छुट्टा छुट्टै ३ समुहमा गठन भयो । थोरै लगानीमा निर्वाहमुखि तरकारी खेति गर्दै आएका गोविन्द जब “समृद्धि” आयोजनामा आवद्ध भए त्यसपछि उनले व्यवसायिक रुपमा फड्को मारे ।                   

तरकारी उत्पादक किसान समुहहरुको व्यवसायिक प्रवर्द्धन गर्न “समृद्धि” आयोजनाले केही पुरक अनुदान सहयोग प्रदान गर्यो। जसमा पोखरी, टनेल, सिँचाइ पाइप, मगरासेट, मल विउ, भर्मिक पिट, स्प्रे डोरी मल्चिङ्ग प्राविधिक सेवा प्रदान गर्यो । आयोजनाबाट सञ्चालित वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम लिए पछि परिवारमा बचत गर्ने, बजेट बनाएर खर्च गर्ने, समुहमा मेलमिलाप सरसल्लाह गरेर काम गर्ने गरेको पाइयो । उनले पहिला ५ रोपनि जति जग्गामा तरकारी खेति गर्दै आएकामा─ समृद्धि आयोजनाबाट अनुदान पाए पछि अरु ९ रोपनि थपेर १४ रोपनि जग्गामा तरकारी खेति गरेका छन् । आगामी दिनमा अझ बढाउने उनको उद्देश्य छ । पहिला मकै र कोदो मात्र लगाउने जमिनमा अहिले तरकारी खेतिले हराभरा भएको देखिन्छ । परिवारको जिविकोपार्जनसंगै राम्रो आम्दानी गर्न सकिनेमा गोविन्दराज विश्वस्त देखिन्छन् । त्यसैले उनले कृषि विकास बैंकबाट दश लाख ऋण, आफुसँग भएको र साथिभाईबाट केही सरसापट र नपुग सहकारीबाट ऋण लिएर जम्मा २१,००,०००।—मा ढुवानीका लागि पिकअप सवारी साधन किनेका छन् । आफ्नै सवारी नहुँदा डोकोमा बोकेर गुठीटार लानु पर्दथ्यो । अहिले आफ्नो साधनबाट तरकारी बेचविखन गर्ने गरेको उनी बताउँछन् । अहिले सडकको पनि सुविधा भएकोले व्यापारीहरु घरमै पनि आएर लैजान्छन् ।

गोविन्द विहान उठ्ने वित्तिकै बारीमा पुग्छन् । तरकारी खेतीमा सिँचाइको अवस्था, रोग किरा निरीक्षण र झारपात गोडमेल गर्ने उनको दैनिकी बनेको छ । अहिले उनको तरकारी बारीमा टनेल भित्र मनिषा र टनेल बाहिर अल राउन्डर जातका टमाटर देखिन्छ । मौसम अनुसारको तरकारी लगाउने र समय अनुसार टमाटर, र्खुर्शानी, सिमी उचित मुल्यमा बिक्री गर्दछन् । उनले टनेलभित्र १५ क्वीन्टल र टनेल वाहिर १०० क्वीन्टल जति टमाटर उत्पादन गर्दछन् ।२ रोपनि जग्गामा खुर्सानी ४ क्वीन्टल र १ रोपनिमा २ क्वीन्टल सिमी उत्पादन हुने उनले बताए । १६० क्वीन्टल टमाटर, र्खुसानी र सिमी उत्पादनबाट बार्षिक कुल आय ७००,०००।– हुने र त्यसबाट उत्पादन गर्दा लागेको खर्च र अन्य घर खर्च कटाएर बार्षिक ३ लाख जति बचत गर्ने गर्दछन् ।

आयोजनासँग सहकार्य गरेका तीन बर्ष यता तरकारी खेतिमा निकै राम्रो बृद्धि गरेका छन् गोविन्दले । त्यसयता घर व्यवहार चलाउन कसैसँग ऋण, सापट लिन नपरेको उनी बताउँछन् । ‘विगतका दिनहरुमा विरामी परियो भने कसरी उपचार गर्ने उपचार गर्दा लागेको ऋण कसरी तिर्ने होला भन्ने चिन्ता लाग्थ्यो तर अहिले त्यस्तो चिन्ता छैन पैसा बचत भएकोले सानोतिनो समस्या पर्दा सजिलै टार्न सकेको छु’ उनी बताउँछन् । आयोजनाले हौसाला र सहयोग प्रदान गरेपछि व्यवसायिक तरकारी खेतिमा उर्जा मिलेको र पौरख गर्न सिकाएको उनी बताउँछन् । ‘जुनसुकै काम गर्न पनि इच्छा शक्ति चाहिन्छ र इमान्दारीताका साथ काम गरे जुनै क्षेत्रमा सफल भइन्छ भन्ने उनको भनाई छ । ‘मलाई आर्थिक सामाजिक र व्यवहारिक जीवनमा परिर्वतन ल्याउन समृद्धि आयोजनाले राम्रो टेवा पुर्यायो, आयोजना प्रति खुसी छु ’ ─उनी थप्दछन् ।  । उनका गोठमा भएको गाई, भैसि, बाख्रा र कुखुराबाट तरकारी खेतिको लागि मल किन्न नपर्ने उनको खेति व्यवस्थित देखिन्छ । छोराले पिकप चलाउने, छोरी सि.एम.ए पढ्छिन्, श्रीमति र बुहारी तरकारी खेतिमै लागेका छन् । परिवारबाट पनि राम्रो सहयोग भएकाले काममा झनै हौसला मिलेको उनी बताउँछन्। निकै रहर लाग्दो गरी टनेल भित्र र बाहिर आकर्षक किसिमले ड्याङमा लाईन मिलाएर रोपेको छन् उनले तरकारी । कुनै बेला आर्थिक अवस्था कमजोर हुँदा गाउँलेले नपत्याएका उनी अहिले त्यस भेगका राम्रो किसान मात्र होइन सामाजिक रुपमा पनि सहयोगि मानिसको छवी बनाएका छन् ।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020