RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

बारम्बार सोधिने प्रश्नहरू

1

आयोजनाको कार्यक्षेत्र कहाँ हो?

यस आयोजनाको कार्यक्षेत्र कोशी/सगरमाथा करिडोर अन्तर्गत भोजपुर,तेह्रथुम,धनकुटा, खोटाङ,उदयपुर,मोरङ,सुनसरी,सिराहा,तथा जनकपुर करिडोर अन्तर्गत ओखलढुङ्गा,सिन्धुली,धनुषा,महोत्तरी,सर्लाही,रौतहट,र बारा गरी १६ जिल्लाहरु रहेका छन्। आयोजनाको ब्यबस्थापन कार्यालय ईटहरी,सुनसरीमा रहेको छ।

2

आयोजनाको लक्षित बर्ग को हुन्?

  • आयोजनाको ८०% लक्षित बर्ग गरिबीको रेखामुनिका उद्यम गर्न सक्रिय नगरिक हुने छन्। यसका अलवा आयोजनाले भुमिहीन,बिपन्न,बेरोजगार युवा,सामाजिक बहिष्कारमा परेका दलित,जनजाति तथा महिलालाई प्रत्यक्ष सेवा प्रदान गरी उनीहरुका आवश्यकता संग सरोकार राख्दछ;
  • बैदेशिक रोजगारबाट फर्केर आएका,बैदेशिक रोजगारमा रहेका ब्यक्तिका परिवार;
  • विद्यमान साना उद्योगहरु (रोजगारी वृद्धि तथा लघु उद्यमसँग निवेश साझेदारीको दिगो सम्भावना भएका);
  • सञ्चालनमा रहेका बिस्तार गर्न योग्य ग्रामिण लघु उद्यमहरु (दर्ता भएका वा नभएका दुवै)

3

ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि)को उदेश्य के हो?

ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) कृषि बिकाशका लागि अन्तराष्ट्रिय कोषबाट सहयोग प्राप्त नेपाल सरकारको आयोजना हो जसको उदेश्य नेपलाको पुर्ब तथा मध्यमाञ्चल क्षेत्रका गरिबिको रेखामुनि रहेका घरधुरीहरु, बसाई सरेका वा आप्रबासनमा रहेका गरिब घरपरिवारहरुलाई कृषि वा गैर कृषिसंग सम्बन्धित नयाँ वा फस्टाउन नसकेका घरेलु,साना तथा मझौला उद्योगमा सहयोग गरि दिर्धकालिन आम्दानीको स्रोत सुनिश्चित गर्दै गरिबी न्यूनिकरणमा योगदान दिनु हो।

Copyright RERP | SAMRIDDHI © 2020