आयोजनाको परिचय
नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष(IFAD) बिच सम्झौता भई १० डिसेम्बर सन् २०१५मा तत्कालिन उद्योग मन्त्रालय हालको (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) अन्तर्गत ७ वर्षका लागि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि) कार्यान्वयनमा आएको हो। आयोजनाको व्यवस्थापन कार्यालय प्रदेश १ को ईटहरी,सुनसरीमा रहेको छ।
यस आयोजनाले प्रदेश १ अन्तर्गतका ८ जिल्ला — मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, ओखलढुंगा, खोटाङ र उदयपुरका लागि कोशि-सगरमाथा करिडोर कार्यालय, धरानमा राखेको छ। त्यस्तै प्रदेश २ अन्तर्गतका ७ जिल्ला— सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र वारा तथा प्रदेश ३ को एकमात्र जिल्ला सिन्धुली सहित जम्मा ८ जिल्लाका लागि जनकपुर करिडोर कार्यालय, जनकपुरधाममा रहेको छ।
आयोजनाको बजेट २३.२३ मिलियन अमेरिकी डलर तय गरिएको छ। नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गत रहेको कृषि उद्यम केन्द्र, स्वीस विकास नियोगको हेल्भटास नेपाल आयोजनाका साझेदार निकायहरु हुन्।
लक्ष्य
गरिबी न्युनिकरण तथा देशमा दिगो शान्ति हाँसिल गर्नका लागि रोजगारीका अवसर सिर्जना गरी समतामूलकतथा समावेशी आर्थिक विकास गर्ने।
उद्देश्य
कृषि तथा गैरकृषि क्षेत्रमा आय आर्जन सम्बन्धी क्रियाकलापहरु गर्न सम्भाव्य लघु, घरेलु तथा साना उद्यम प्रवर्द्धन गर्ने तथा ग्रामीण गरिब घर परिवार, आप्रवासी घर परिवार र आप्रवासनबाट फिर्ता भएकाहरुका लागि दिगो आर्जनको श्रोत प्रदान गर्ने।
आयोजनाका मुख्य क्रियाकलापहरु
८. ग्रामीण स्तरमा रहेका वित्तीय संस्थाहरुको क्षमता विकास गर्ने तथा दिगो रुपमा सुलभ दरमा वित्तीय श्रोतमा पहुँच पुर्याउन स्थानीय स्तरका संस्थाहरु ठूला वित्तिय संस्थाहरुसँग सहकार्य गर्ने वातावरण सिर्जना गर्ने।
लक्षित वर्ग
१. आयोजनाका विभिन्न सम्भाग र सह-सम्भागवाट २,००,००० जना लाभान्वित हुनेछन् । गरिबीको रेखामुनिका उद्यम व्यवसाय गर्न सक्षम नागरिक रहनेछन्। जसमध्ये ५०% महिला, १८-४० वर्ष उमेर समुहका ६०% युवा मध्ये आप्रवासी घरपरिवार तथा वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्तिहरू हुनेछन्।
२. १०,००० घरधुरीलाई आयोजनाले छनोट गरेका आपूर्ति श्रृङ्खलाका कृषि जन्य वस्तुहरू; माछा, तरकारी, दुग्ध, खसी-वोका तथा सुगन्धित जातका जडिबुटीको विकासका लागि क्लष्टर सबलीकरणमा समाहित गरिने छ।
३. जिल्ला र नगर गरी २५ वटा उद्योग वाणिज्य संघहरु तथा प्रदेश १ र प्रदेश २ का प्रादेशिक उद्योग वाणिज्य महासंघहरु गरी कुल २७ संघहरुको व्यावसायिक विकास सेवा प्रवाह क्षमता विकासमा सहजीकरण गर्ने ।
४. ३०,००० जनालाई सिप मूलक तालिम उपलब्ध गराई रोजगारीमा प्रतिस्थापन गरिनेछ।
५. ५०,००० जनालाई वित्तीय शिक्षा एवं व्यावसायिक ज्ञान तालिम प्रदान गरिनेछ ।
६. सामाजिक परिचालनको गतिविधिमा १००० घरधुरीका उच्च जोखिममा रहेका वयक्तिलाई गाल्स विधि मार्फत प्रत्यक्ष सल्लाह र परामर्श सेवा उपलव्ध गराई आर्थिक अवसरसँगै समस्या पनि सम्बोधन गरिनेछ।
७. १,१०,००० जना वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई आप्रवासी स्रोत केन्द्र तथा सूचना कक्ष मार्फत सूचना, परामर्श र अभिमुखिकरण प्रदान गरिन्छ।
आयोजनाका सम्भागहरु
सम्भाग १: ग्रामीण लघु- घरेलु तथा साना उद्यम तथा रोजगार प्रवर्द्धन
सह- सम्भाग १.१ आपूर्ति श्रृङ्खलाको विकास
साना किसान तथा उत्पादकका लागि रोजगारीका अवसर सिर्जना, कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीण स्तरका आय आर्जन सम्वन्धि कृयाकलापहरु प्रवर्द्धन गरी क्लष्टर निर्माण गरिन्छ। पहिलो चरणका लागि “समृद्धि कोष” मार्फत आपूर्ति श्रृङ्खलाको विकासमा सहयोग पुर्याइने छ।
करिडोर नक्साङ्कनको आधारमा जम्मा १४ उच्च बजार मागका वस्तुहरु सूचिकृत गरिएको छ। जस्मा आयोजनाले हरियो तरकारी, माछा , दुध, वाख्रा र सुगन्धित जडिवुटी जन्य वस्तुहरुको आपूर्ती श्रृङ्खलालाई कार्यान्वयन गर्नेछ ।
सह-सम्भाग १.२ उद्योग वाणिज्य संघको क्षमता विकास (कृषि उद्मम केन्द्र मार्फत)
यस सह-सम्भाग अन्तर्गत जिल्ला र नगर उद्योग वाणिज्य सङ्घहरुको क्षमता अभिवृद्धि गरिन्छ। आयोजनाले २ वटा प्रदेश तथा २५ वटा जिल्ला र नगरका निम्न उद्योग वाणिज्य सङ्घहरुको क्षमता अभिवृद्धि गर्नेछ।
|
सि. नं |
उद्योग वाणिज्य संघको नाम |
जिल्ला |
प्रदेश |
|
१ |
प्रदेश १ उद्योग वाणिज्य सङ्घ |
मोरङ |
१ |
|
२ |
उद्योग संगठन मोरङ |
मोरङ |
१ |
|
३ |
मोरङ व्यापार संघ |
१ |
|
|
४ |
सुन्दर दुलारी उद्योग वाणिज्य सङ्घ गछिया |
१ |
|
|
५ |
उर्लावारी उद्योग वाणिज्य सङ्घ |
१ |
|
|
६ |
उद्योग वाणिज्य सङ्घ, ईनरुवा |
सुनसरी |
१ |
|
७ |
उद्योग वाणिज्य सङ्घ, ईटहरी |
१ |
|
|
८ |
सुनसरी उद्योग वाणिज्य सङ्घ, धरान |
१ |
|
|
९ |
धनकुटा, उद्योग वाणिज्य सङ्घ |
धनकुटा |
१ |
|
१० |
भोजपुर, उद्योग वाणिज्य सङ्घ |
भोजपुर |
१ |
|
११ |
खोटाङ, उद्योग वाणिज्य सङ्घ, दिक्तेल |
खोटाङ |
१ |
|
१२ |
त्रियुगा, उद्योग वाणिज्य सङ्घ, गाईघाट |
उदयपुर |
१ |
|
१३ |
उदयपुर उद्योग वाणिज्य सङ्घ, कटारि बजार |
१ |
|
|
१४ |
ओखलढुंगा उद्योग वाणिज्य सङ्घ, ओखलढंगा बजार |
ओखलढुङ्गा |
१ |
|
१५ |
सप्तरी उद्योग वाणिज्य सङ्घ,राजविराज |
सप्तरी |
२ |
|
१६ |
लहान उद्योग वाणिज्य सङ्घ |
सिरहा |
२ |
|
१७ |
रामनगर मिर्चैया उद्योग वाणिज्य सङ्घ, मिर्चैया |
२ |
|
|
१८ |
सिरहा उद्योग वाणिज्य सङ्घ, सिराहा |
२ |
|
|
१९ |
प्रदेश २ उद्योग वाणिज्य सङ्घ, जनकपुर |
धनुषा |
२ |
|
२० |
जनकपुर उद्योग वाणिज्य सङ्घ |
धनुषा |
२ |
|
२१ |
गौशाला उद्योग वाणिज्य सङ्घ, गौशाला बजार |
महोत्तरी |
२ |
|
२२ |
जलेश्वर उद्योग वाणिज्य सङ्घ, जलेश्वर |
२ |
|
|
२३ |
महोत्तरी उद्योग वाणिज्य सङ्घ, मटाहिनी |
२ |
|
|
२ |
|||
|
२४ |
उद्योग वाणिज्य सङ्घ, मलङ्गवा |
सर्लाही |
२ |
|
२५ |
रौतहट उद्योग वाणिज्य सङ्घ, गौर |
रौतहट |
२ |
|
२६ |
उद्योग वाणिज्य सङ्घ, बारा |
बारा |
२ |
|
२७ |
सिन्धुली उद्योग वाणिज्य सङ्घ, कमलामाई नगरपालिका |
सिन्धुली |
३ |
सह-सम्भाग १.३ मर्यादित रोजगार (हेल्भटास नेपाल मार्फत)
श्रम बजारको माग बमोजिमका व्यवसायिक सिप मुलक तालिम र औद्योगिक प्रशिक्षण(Apprenticeship) का माध्यमबाट सिपयुक्त जनशक्ति उत्पादन गरी स्थानीय स्तरमा सीपमा आधारित लघु-घरेलु साना तथा मझौला उद्यम मार्फत युवाहरुका लागि स्वरोजगार एवम् रोजगार सिर्जना गर्ने;
१. नीजिस्तरमा सञ्चालित तालिम तथा रोजगार प्रदायक संस्था मार्फत कार्य सम्पादनमा आधारित भुक्तानिको आधारमा छोटो अवधिका बजारोन्मुख प्राविधिक एवम व्यावसायिक तालिम सञ्चालन गरि युवाहरूलाई रोजगारमा लगाउने।
२.नीजिस्तरमा सञ्चालित ठूला तथा मझौला उद्योगहरुलाई आवश्यक पर्ने जनशक्ति औद्योगिक प्रशिक्षार्थी तालिमका माध्यमबाट उद्योगीहरु आफैँले (आयोजना मार्फत) दक्ष जनशक्ति विकास गरि रोजगारीमा लगाउने।
सह सम्भाग- १.४ आर्थिक परिचालन तथा सामाजिक सल्लाह
आयोजनाका लक्षित लाभग्राहीलाई प्रभावकारी रुपमा परिचालन गरी बनाई आर्थिक गतिविधिमा प्रोत्साहन गर्ने उद्देश्य आर्थिक परिचालन तथा सामाजिक सल्लाह अन्तर्गत रहेको छ। यसमा प्राथमिकीकरण गरिएका पालिकाहरुमात्र रहने छन्। आयोजनाको उद्धेश्य अनुरुप लक्षित वर्गमा समावेशि प्रतिफल प्राप्त गर्नको निम्ति आयोजनाको प्राथमिकतामा परेका स्थानिय निकायहरुमा आयोजना अन्तर्गतका आर्थिक कृयाकलापलाई समुदायमा सुसुचित गर्ने र आपूर्ति श्रृङ्खलामा समाहित भएका उत्पादक र उत्पादक समुहहरुलाई नियमित कोचिङ र निरीक्षण गर्ने गरिन्छ । त्यसै गरी लैङ्गिक कार्य सिकाई बिधि (Gender Action Learning System-GALS) को माध्यमबाट १००० घरधुरीलाई पारिवारिक सपना र यसलाई पुरा गर्नका निम्ति चाहिने योजनाहरुको खाका कोर्ने जस्ता परामर्श प्रदान गरिनेछ ।
सम्भाग २: उत्पादन मूलक लगानी
सह सम्भाग २.१: ग्रामीण वित्त
ग्रामीण स्तरमा रहेका सेवाग्राहीहरुलाई सहज वित्तीय पहुँच पुर्याउन प्राथमिकतामा राखिएका पालिकाहरुमा रहेका वित्तीय संस्थाहरुको क्षमता विकास गर्ने तथा दिगो रुपमा सुलभ दरमा वित्तीय श्रोतमा पहुँच पुर्याउन स्थानीय स्तरका संस्थाहरु ठूला वित्तिय संस्थाहरुसँग सहकार्य गर्ने वातावरण सिर्जना गरिनेछ । साथै राष्ट्रियस्तरका वित्तीय संस्थाहरुको सेवा विस्तार तथा उपयुक्त वित्तीय साधन विकासमा सहयोग गर्नेछ ।
आयोजना संग सहकार्य सम्झौता गरेका १५० सहकारी संस्था मार्फत समुदाय तथा अप्रवासी कामदार तथा उनका परिवारका सदस्यहरुलाई लक्षित गरि करिब ५०,००० जनालाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम संचालन गर्नेछ।
सह सम्भाग २.२ आप्रवासिको क्षमता तथा स्रोत परिचालन
नेपाली अर्थतन्त्रमा आप्रवासनबाट अधिकतम लाभ लिन आप्रवासन सम्बन्धी सूचना परामर्शका अलावा तत्सम्वन्धी रणनीति बनाई आप्रवासि परिवारलाई थप टेवा पुर्याउने उद्देश्यले दिगो तथा प्रभावकारी आप्रवासन सेवा प्रदान गर्नेछ । यस अन्तर्गत निम्न लिखित सेवाहरु प्रवाह गरिन्छ।
१. सूचना तथा परामर्श प्रदान गर्ने
२. सचेतना तथा क्षमता अभिवृद्धि गर्ने
३. आप्रवासन तथा विकास मञ्च (Platform on Migration and Development) संचालन गर्ने
आयोजनाले आफ्नो कार्यक्षेत्रका पालिकाहरूमा निम्न संख्याका आप्रवासी स्रोत तथा सूचना केन्द्रहरु संचालन गरिरहेको छ।
आप्रवासी स्रोत केन्द्र =४ वटा
आप्रवासी सूचना कक्ष = १० वटा
आप्रवासी श्रोत केन्द्र र सूचना कक्षको अवस्थिति
|
आप्रवासी सूचना कक्ष १०(स्थान) |
प्रदेश १ |
प्रदेश २ |
|
सिद्धिचरण नगरपालिका (जिल्ला प्रशासन कार्यालय), ओखलढुंगा |
चन्द्रपुर नगरपालिका (ईलाका प्रशासन कार्यालय), रौतहट |
|
|
चौबिसे गाउंपालिका (राजारानी ईलाका प्रशासन कार्यालय), धनकुटा |
गरुडा नगरपालिका(गरुडा ईलाका प्रशासन कार्यालय), रौतहट |
|
|
षडानन्द नगरपालिका (दिङ्गला ईलाका प्रशासन कार्यालय), भोजपुर |
जितपुरसिमरा उप-महानगरपालिका (सिमरा ईलाका प्रशासन कार्यालय), बारा |
|
|
म्याङ्लुङ नगरपालिका((जिल्ला प्रशासन कार्यालय), तेह्रथुम |
कोल्हवी नगरपालिका (कोल्हवी ईलाका प्रशासन कार्यालय ),बारा |
|
|
आठराई गाउंपालिका, संक्रन्ति बजार ईलाका प्रशासन कार्यालय), तेह्रथुम |
सिम्रौनगढ नगरपालिका (सिम्रौनगढ ईलाका प्रशासन कार्यालय), बारा |
|
|
आप्रवासी स्रोत केन्द्र ४ (स्थान) |
धनकुटा नगरपालिका (जिल्ला प्रशासन कार्यालय), धनकुटा |
कलैया उप-महानगरपालिका(जिल्ला प्रशासन कार्यालय), बारा |
|
भोजपुर नगरपालिका (जिल्ला प्रशासन कार्यालय), भोजपुर |
गौर नगरपालिका (जिल्ला प्रशासन कार्यालय), रौतहट |
सम्भाग ३: संस्थागत सहयोग तथा आयोजना व्यवस्थापन
सह- सम्भाग ३.१ र ३.२ अनुगमन मूल्याङ्कन तथा ज्ञान व्यवस्थापन र आयोजना व्यवस्थापन
अनुगमन मूल्याङ्कन तथा ज्ञान व्यवस्थापन टिमले आयोजना कार्यान्वयनको दौरानमा निरन्तर हुने सिकाई, उत्कृष्ट अभ्यास तथा उपलब्धिलाई तथ्यमा आधारित भई संकलन गर्ने, विश्लेषण गर्ने, प्रकाशन गर्ने र आयोजनाको संस्थागत व्यवस्थापनमा सहयोग गर्ने कार्य गर्नेछ।

