RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

सचिव स्तरीय टोली द्वारा समृद्धि आयोजनाको अनुगमन

जनकपुरधाम- नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव स्तरीय टोली समृद्धि आयोजनाको गतिविधिहरू अनुगमन गरेका छन् ।

मन्त्रालयका सचिव तोय नारायण ज्ञवाली, समृद्धि आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक एवम् सहसचिव जीवलाल भुषाल र आयोजना प्रमुख एवम् सहसचिव सरोज प्रसाद गुरागाँई सम्मिलित अनुगमन टोलीले शुक्रवार र शनिवार सप्तरीको राजविराज स्थित शिवम डेरी उद्योग, सिरहाको धनगढीमाई तथा कर्जन्हा नगरपालिकामा सञ्चालित गतिविधिहरूको अनुगमन गरेका हुन् ।

अगुमनको क्रममा धनगढीमाई नगरपालिका वार्ड नं ६ र ७ मा समृद्धि आयोजनाको सहयोगमा सञ्चालित गतिविधिहरूका सम्बन्धमा अनुगमन टोलीले जानकारी लिएका थिए ।

त्यस्तै सोही नगरपालिकामा सञ्चालित लैंगिक कार्य सिकाइ पद्धति( Gender Action Learning System/GALS) कार्यक्रम अन्तर्गत ग्रामीण महिलाहरू आफ्नो व्यवसायिक विकास र जीविकोपार्जन सुधारका लागि चित्रका माध्यमबाट लक्ष्यसहित योजना तर्जुमा र सो प्राप्तिका लागि प्राप्त अवसर र बाधाहरूको विश्लेषण गर्दै आवधिक कोशेढुंगा(Milestones) बनाउँदै अघि बढेकोमा सन्तोष व्यक्त गरे ।

सो अनुगमन निरीक्षणका क्रममा धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो. वडा नं. ६ र ७ का वडाध्यक्षरूको पनि सहभिगता रहेको थियो।

साथै सोही दिन आयोजनाकै सहयोगमा कर्जनहा नगरपालिका वार्ड नं.१ स्थित नन्दबाबा कृषि सहकारी संस्था लि. बाट सञ्चालन हुने 'दूग्ध संकलन तथा चिस्यान केन्द्र'को एक कार्यक्रमका बिच सचिव ज्ञवालीबाट उद्घाटन समेत भएको थियो भने सोही कार्यक्रममा कर्जनहा नगरपालिकाका नगरप्रमुख भोला पोखरेल, नगर उपप्रमुख लक्ष्मी श्रेष्ठले डेरीको सफलताको कामना गरेका थिए ।

अनुगमनका क्रममा उद्योग मन्त्रालयको टोलीबाट जनकपुर उपमहानगरपालिका-१२ स्थित नारी विकास केन्द्र र मिथिला आर्ट लगायत समृद्धि आयोजनाको जनकपुर करिडोर कार्यार्लयको समेत निरीक्षण गरी समयमै लक्ष्य मुताबिकका सम्पूर्ण गतिविधिहरू सम्पादन गर्न कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिएका थिए ।

श्राेतः Shirish Newsसचिव स्तरीय टोली द्वारा समृद्धि आयोजनाको अनुगमन - Shirish News

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020