RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

समृद्धि आयोजनाको अनुगमन

समृद्धि आयोजनाको गतिविधिहरू अनुगमन गर्ने क्रममा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका श्रीमान् सचिव श्री तोय नारायण ज्ञवालीज्यू, समृद्धि आयोजनाका राष्ट्रिय कार्यक्रम निर्देशक एवम् सहसचिव श्री जीवलाल भुषालज्यू र आयोजना प्रमुख एवम् सहसचिव श्री सरोज प्रसाद गुरागाँईज्यूबाट यही मिति २०७९/०८/२५ र २६ गते सप्तरी जिल्लाको राजविराज स्थित शिवम डेरी उद्योग लगायत सिरहा जिल्लाको धनगढीमाई तथा कर्जन्हा नगरपालिकामा सञ्चालित गतिविधिहरूको अनुगमन भएको थियो। सो क्रममा धनगढीमाई नगरपालिका वार्ड नं ६ र ७ मा समृद्धि आयोजनाको सहयोगमा सञ्चालित गतिविधिहरूका सम्बन्धमा जानकारी लिनुभएको थियो।  त्यस्तै सोही नगरपालिकामा सञ्चालित लैंगिक कार्य सिकाइ पद्धति( Gender Action Learning System/GALS) कार्यक्रम अन्तर्गत ग्रामीण महिलाहरू आफ्नो व्यवसायिक विकास र जीविकोपार्जन सुधारका लागि चित्रका माध्यमबाट लक्ष्यसहित योजना तर्जुमा र सो प्राप्तिका लागि प्राप्त अवसर र बाधाहरूको विश्लेषण गर्दै आवधिक कोशेढुंगा(Milestones) बनाउँदै अघि बढेकोमा सन्तोष व्यक्त गर्नु भयो।सो अनुगमन निरीक्षणका क्रममा धनगढीमाई नगरपालिकाका नगरप्रमुख श्री शिवशंकर महतो तथा वडा नं. ६ र ७ का वडाध्यक्षज्यूहरूको पनि सहभिगता रहेको थियो।

साथै सोही दिन आयोजनाकै सहयोगमा कर्जनहा नगरपालिका वार्ड नं.१ स्थित नन्दबाबा कृषि सहकारी संस्था लि. बाट सञ्चालन हुने 'दूग्ध संकलन तथा चिस्यान केन्द्र'को एक कार्यक्रमका बिच श्रीमान् सचिवज्यूबाट उद्घाटन भएको थियो भने सोही कार्यक्रममा कर्जनहा नगरपालिकाका नगरप्रमुख श्री भोला पोखरेल, नगर उपप्रमुख श्री लक्ष्मी श्रेष्ठले डेरीको सफलताको कामना गर्नु भयो र भविष्यमा सहयोग समेत गर्ने प्रतिबद्धता प्रस्तुत गर्नु भएको थियो।

अनुगमनका क्रममा उद्योग मन्त्रालयको टोलीबाट जनकपुर उपमहानगरपालिका-१२ स्थित नारी विकास केन्द्र र मिथिला आर्ट लगायत समृद्धि आयोजनाको जनकपुर करिडोर कार्यार्लयको समेत निरीक्षण गरी समयमै लक्ष्य मुताबिकका सम्पूर्ण गतिविधिहरू सम्पादन गर्न कार्ययोजना बनाई अघि बढ्न निर्देशन दिनु भयो र सन्तोषजनक रूपमा भइरहेको कार्य प्रति धन्यवाद व्यक्त गर्नुभयो।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020