RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

उद्योग सचिवबाट ‘समृद्धि’आयोजनाको फिल्ड अनुगमन

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिबाट बारा तथा रौतहट जिल्लामा कार्यान्वयन भइरहेका गतिविधिहरूको नेपाल सरकार  उद्योगवाणिज्य तथा आपूर्ति मन्त्रालयका श्रीमान् सचिव अर्जुन पोखरेलबाट यही मिति २०७८ फाल्गुण २७ र २८ गते अनुगमन सम्पन्न भएको छ। कार्यक्रमको अनुगमनका क्रममा पहिलो दिन सचिवज्यूबाट कोल्हवी नगरपालिका बारा स्थित बलुवा माछापालन उत्पादक कृषकहरूको समूह परिचालन तथा माछा व्यवसायको निरीक्षण अनुगमन भएको थियो। साथै सोही नगरपालिका वडा नं ४ स्थित जयकालिका महिला सहकारी संस्थाबाट सञ्चालित राधाकृष्ण दूग्ध उत्पादक समूह तथा दूग्ध उत्पादन समूहमा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान १ र २ का कक्षाहरूको निरीक्षण लगायत समृद्धिबाट सञ्चालित गतिविधिहरूको विषयमा अन्तर्क्रियात्मक छलफल गर्नुभएको थियो। साथै कोल्हवी नगरपालिकाका नगर प्रमुख श्री भरत बहादुर भण्डारी५ नं वडाका वडा अध्यक्ष श्री वासु प्रसाद चौधरीकोल्हवी नगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायत स्थानीय राजनीतिकर्मी समेतसंग कोल्हवी नगरपालिकामा आर्थिक लगायत औद्योगिक ग्राम जस्ता पूर्वाधारका विषयमा परामर्श छलफल भएको थियो।

अनुगमनको दोश्रो दिन रौतहट जिल्लाको माधवनारायण नगरपालिका वार्ड नं ४ स्थित जनसेवा कृषि सहकारी संस्थाएकता दूग्ध उत्पादक कृषक समूहमाइधिया दूग्ध  कृषक समूहको अनुगमन गर्नु भर्इ समूहमा कार्यक्रमको लगानी लगायत सो कार्यक्रमले दूग्ध व्यवसायका क्षेत्रमा पारेको प्रभावका विषयमा नगरप्रमुख श्री वीरेन्द्र प्रसाद यादव ४ नं वडाका अध्यक्ष श्री रामदेनी मुखिया र ३ वटै समूहसंग बसी अभिरूचिपूर्वक छलफलमा भाग लिनुभएको थियो। अनुगमनका क्रममा गुजरा नगरपालिका स्थित सुगन्धित जडिबुटी खेतीतर्फ अग्रसर किसानहरूको समूहहरू दुर्गामाई र भगवतीमाई कृषकसमूहको पनि निरीक्षण गरिएको थियो । समूहमा कार्यक्रमबाट सञ्चालित गतिविधिहरूका बारेमा छलफल गरी ग्रामीण भेगका कृषक समूदायमा समृद्धि आयोजनाले समूह परिचालन मार्फत शुरू गरेको आर्थिक विकासको प्रयासप्रति सन्तोष प्रकट गर्नुभयो । र यस क्षेत्रमा समृद्धि आयोजनाले थप उर्जा र समन्वयका साथ प्रभावकारी सेवा प्रवाहमा लाग्न निर्देशन प्रदान समेत गर्नु भयो।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020