RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

"समृद्वि" आयोजनाको सहयोगमा ग्रामीण स्तरका जनताका लागि वित्तिय साक्षरता तथा व्यावसायिक ज्ञान तालिम कार्यक्रम कार्यान्वयन

 

नेपालको सन्दर्भमा यथेष्ट वित्तीय ज्ञानको अभावमा पैसाको व्यवस्थापन गर्न नजानेर गरिबीको पुस्तान्तरण हुँदै गएको यथार्थ हामी सवैको सामु बिदितै छ। वित्तीय साक्षरताकै अभावले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरणको नाराले सार्थकता पाउन सकेको छैन। त्यसैले वित्तीय साक्षरताको अभिवृद्धि गर्न नसके सम्म गरिबी निवारण गर्दै दिगो, फराकिलो, उच्च र समावेशी आर्थिक वृद्धि गर्ने लक्ष्य प्राप्ति असम्भव प्राय: छ।

यसै सन्दर्भमा ग्रामीण स्तरमा रहेका समुदायहरुलाई वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा देशको वित्तीय साक्षरता अभियान अभिवृद्धिमा टेवा पुग्नुको साथै देशको गरिबी निवारण र दिगो विकासका आवश्यक आधार तयार भई अर्थतन्त्रका समग्र चरणहरूमा सकारात्मक प्रभाव पर्दछ । अतः  नेपाल सरकार र कृषि विकासका लागि अन्तराष्‍ट्रिय कोष(IFAD) बिच सम्झौता भई हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा प्रदेश १, २, र ३ का १६ जिल्लाहरुमा संचालिन ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाले वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

आयोजनाको उत्पादनमुलक लगानी सम्भाग अन्तर्गत ग्रामीण समुदाय, आप्रवासि कामदार तथा तिनका परिवारका सदस्यहरुलाई लक्षित गरी ५०,००० जनशक्तिलाई वित्तीय शिक्षा तथा व्यापार/व्यवसाय साक्षरता तालिम सञ्चालन गरी रहेको छ। आयोजनाले सहकार्य संझौता गरेका सहकारी संस्थाहरू मार्फत वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम कार्यक्रम सुचारू छन्। यसका अतिरिक्त आपूर्ति श्रृंखला प्रवर्द्धन सम्भाग अन्तर्गत गठन गरिएका कृषक, व्यापारी आदि आयोजनाका लाभग्राही सम्मिलित उत्पादन समूहहरु पनि वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम कार्यक्रमका लक्षित  समुहमा पर्दछन्।

यसै परिप्रेक्षमा समावेशी आर्थिक विकासको वातावरण निर्माण गर्नका निमित्त वित्तीय साक्षरता अभियान निर्विकल्प र अनिवार्य सर्त भएको यथार्थलाई हृदयङ्गम गर्दै यसको अभिवृद्धिका लागि समुदायस्तरमा आवश्यक प्रशिक्षण, तालिम सञ्चालन, तालिम पुस्तिका प्रकाशन तथा वितरण गरी वित्तीय साक्षरता सम्बन्धि सामग्रीको प्रचार प्रसारका क्रियाकलाप तथा गतिबिधिहरु आयोजनाले संचालन गर्दै लैजाने छ ।

 

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020