RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

"समृद्धि" आयोजना र नागरिक लगानी कोषको सहकार्यमा विप्रेषण आम्दानीको सदुपयोग गरिने

भदौ १ गते, २०७७:

वैदेशिक रोजगारीमा रहेका व्यक्तिले विदेशबाट पठाउने विप्रेषण आम्दानीको स्वदेशमा नै लगानी तथा बचत गर्ने अवसर सिर्जना गरी विप्रेषणको सही सदुपयोग गर्न सहयोग पुर्याउने हेतुले— वित्तीय संयन्त्र एवं प्रणालीको विकास गरेको छ। यसका लागि नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना "समृद्धि" र नागरिक लगानी कोष बिच सहकार्य सम्झौता सम्पन भएको छ।

"समृद्धि" आयोजनाको कार्यक्षेत्र प्रदेश १,२ र ३का १६ जिल्लामा आप्रवासनमा रहेको जनसंख्या लागभग ६०% प्रक्षेपण गरिएको छ। तसर्थ,जनसंख्याको ठूलो हिस्सा ओगटेका आप्रवासीको विप्नेषण आम्दानीलाई सदुपयोग गर्न नागरिक लगानी कोषको सफ्टवेयर\सूचना व्यवस्थापन प्रणाली(MIS)मा आयोजनाले प्राविधिक तथा वित्तीय सहयोग प्रदान गर्दै छ।
 
यस प्रकार कार्यान्वयनमा ल्याईएको अनलाईन सेवाबाट अन्य देशका अलावा गल्फ मुलुकहरू—बहराईन,कुबेत, ओमान,कतार,साउदी अरब र संयुक्त अरब ईमिरेट्स(युएई)का आप्रवासीहरू वैदेशिक रोजगारको आम्दानीलाई आँफू र आफ्ना परिवारको भविष्य सुनिश्चित गर्न सबल हुने अपेक्षा गरिएको छ।
 
जस्तै;आप्रवासनमा रहेको व्यक्तिले अनलाईन सेवा मार्फत विदेशमा नै रहेर विप्रेषणको हिस्सा नागरिक लगानी कोषको खाता मार्फत बचत वा लगानी र कति आफ्नो तथा परिवारका लागि खर्च गर्ने भन्ने निर्णय लिन सक्दछ।उपरोक्त सेवाबाट विदेशमा रहेका आप्रवासी कामदार तथा सेवाग्राही नागरिक लगानी कोषले ल्याएका आकर्षक लगानी एवं बचत योजनाका अवसरहरूबाट लाभ उठाउन पाउने छन्।
 
नागरिक लगानी कोषले "समृद्धि" आयोजना संगको सहकार्यमा विशिष्टिकृत गरेको सूचना प्रणाली यसर्थ पारदर्शी हुनुको साथै सेवाग्राहीका लागि ईन्टरनेट मार्फत नै विश्वव्यापि रुपमा सूचनामा पँहुच उपलब्ध हुने अपेक्षा गरिएको छ।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020