RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

"समृद्धि" आयोजना र गुजरा नगरपालिका विच सुगन्धीत तेल उत्पादन क्लस्टर विकासका लागि द्विपक्षिय सहमतिमा हस्ताक्षर

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय द्वारा सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना 'समृद्धि' र गुजरा नगरपालिका─ रौतहटको विभिन्न वडाहरुमा सुगन्धीत तेल उत्पादन क्लस्टर विकास गरी प्रदेश एवंम देश भित्र सुगन्धीत तेल उत्पादनको क्षेत्रमा पहिचान दिलाउनुका साथै उत्पादन सम्वद्ध लक्षित घरपरिवारहरुको स्वरोजगारी, आयवृद्धि, जीविकोपार्जन र समग्र सुगन्धीत तेल क्लस्टरको सुधार गर्नका लागि बजारोन्मुख आपूर्ति श्रृंखला प्रवर्द्धन गर्न सहमति जनाईइको छ। नगरपालिका र समृद्धि आयोजना विच २०७८ साल भदौ २५ गते शुक्रवार द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरीएको हो ।

यस सहमती पत्रको उद्देश्य─गुजरा नगरपालिका अन्तर्गत दर्ता रहेका सुगन्धीत तेल उत्पादक किसान समूह तथा व्यापारीहरूलाई समेटी निजहरूका सुगन्धीत तेल उत्पादन तथा खरीद विक्री सम्बन्धि व्यवसायलाई प्रबर्द्धन गर्न आवश्यक सिप, प्रविधि, वित्तीय पहुँच, बजारीकरण र नियमित परामर्श सहयोग मार्फत स्वरोजगारी र आयवृद्धिको दिगो श्रोत प्रदान गरी गरीबी न्युनिकरणमा सहयोग गर्नु हो । यस सहमति अनुसार आयोजनाले  क्लस्टर विकासका लागि निम्न क्रियाकलापहरू सम्पादन गर्ने छ;

  • नगरपालिका क्षेत्र भित्र सुगन्धीत तेल उत्पादन तथा विक्री वितरण कार्यमा संलग्न उत्पादक किसान, व्यापारी तथा सेवा प्रदायकहरुलाई एउटा मञ्चमा ल्याई समग्र क्षेत्रलाई सुगन्धीत तेल उत्पादन क्लस्टरको रुपमा विकास गर्ने ।
  •  सुगन्धीत तेल उत्पादनमा संलग्न किसानहरुको उत्पादकत्वमा वृद्धि गर्नको लागि नयाँ प्रविधिको विकास, सुलभ सिंचाइ  सुविधा तथा स्तरीय सुगन्धीत तेल उत्पादन तथा विक्री वितरणमा सहजीकरण गर्ने ।
  •  सुगन्धीत तेल सम्वद्ध सबै सरोकारवालाहरुलाई प्राविधिक सेवामा सुलभ पहुँच वृद्धि गर्ने ।
  • सुगन्धीत तेल उत्पादक किसानहरुको वित्तीय साक्षरता तथा व्यावसायिक ज्ञानको अभिवृद्धि गर्ने ।
  •  सुगन्धीत तेल उत्पादक किसानहरुको क्षमता विकास गरी नगरपालिका क्षेत्रलाई सुगन्धीत तेल हबको रुपमा विकास गर्ने ।
  • महिलाहरुको सशक्तिकरणका लागि लैङ्गिक कार्य सिकाइ पद्धती (GALS) संचालन गर्ने ।
  • व्यावसायिक ऋणमा सहज पहुँचका लागि सहकारीहरुको क्षमता विकास गर्ने ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                           

यस सुगन्धीत तेल क्लस्टर भित्र जम्मा ३५० सुगन्धीत तेल उत्पादक घरपरिवारहरु केहि संख्यामा व्यापारी रहेका छन् ।  यसरी सम्झौता अनुसार प्रत्यक्षरुपमा सुगन्धीत तेल उत्पादक किसान सवै, सहकारीका सदस्य कम्तिमा ६०० जना र लैङ्गिक कार्य सिकाइ पद्धतीबाट कम्तिमा १०० जना गरी जम्मा १०५० घरपरिवार लाभान्वित हुनेछ । आयोजनाको संयोजनमा प्रमुख क्रियाकलापहरू सञ्चालन र सह लगानी गर्न किसान समुह/सहकारी, नगरपालिका र समृद्धि आयोजनाको साझेदारीमा जम्मा कुल  बजेट खर्च रू ३५,९२०,०००\- को बाँडफाँट गरिएको छ ।   

 

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020