RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

समृद्धि आयोजना र कृषि विकास बैंक बीच पारस्परिक सहमति–पत्रमा हस्ताक्षर

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना "समृद्धि"को सहयोगमा आयोजना कार्यरत जिल्लामा नयाँ गठन तथा दर्ता गरिने उत्पादक समूह, सहकारीहरुलाई समेत सुलभ वित्तीय पहुँच सुनिश्चित गर्न प्राथमिकीकरण गरेका ५ कृषिजन्य वस्तु जस्तै; हरियो तरकारी, माछा, दुध, जडिवुटि खेति र खसि बोका आपूर्ति श्रृंखलामा आधारित व्यावशायको प्रवर्द्धन एवं विकास गरिंदै छ। यसरी कृषक, उत्पादक, बजारीकरणमा आबद्ध भएका व्यापारी, प्रसोधनकर्ता,आपूर्तिकर्ता साथै आयोजनाका लाभग्राही सम्मिलित उत्पादनमुलक सहकारी संस्थाहरु र भविष्यमा आयोजनाले लक्षित घरपरिवारलाई गरिबीबाट माथि उठाउने भरपर्दो आधार तयार गर्ने अपेक्षा आयोजनाको छ। यसै उद्धेश्य अनुरूप आयोजना र कृषि विकास बैंक लिमिटेड बीच मिति २०७७ साल फाल्गुन २५ गते मंगलबारका दिन सिराहा- लाहानमा पारस्परिक सहमति–पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

हस्ताक्षर कार्यक्रम कृषि विकास बैंकका कार्यकारी प्रमुख अनिल उपाध्यायको उपस्थितिमा समृद्धि आयोजना प्रमुख शालिक राम दाहाल र कृषि विकास बैंक प्रदेश १ कार्यकारी निर्देशक वासु अधिकारी र प्रदेश २ का कार्यकारी निर्देशक राजेश श्रीवास्तव बिच छुट्टा छुट्टै भएको थियो। कार्यक्रममा "समृद्धि"आयोजना व्यवस्थापन समुह सदस्यहरूका साथै सिराहा जिल्ला लाहान उद्योग वाणिज्य संघ अध्यक्ष, सहकारी संस्थाका अध्यक्ष र आयोजना गठित उत्पादक समुह अध्यक्षहरूको उपस्थिति रहेको थियो।

 

 

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020