RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

समृद्धि आयोजनाको सहयोगमा महिला सशक्तिकरण कार्यक्रम

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना(समृद्धि), कोल्हवी नगरपालिका र नेपाल उद्यमशील महिला महासंघ बिच कोल्हवी नगरपालिकामा चालु आर्थिक वर्ष २०७७।०७८को तेश्रो चौमासिकमा विपन्न महिला सशक्तिकरण कार्यक्रम कार्यान्वयन मार्फत  विपन्न तथा जोखिममा रहेका लक्षित घरधुरीको स्वरोजगारी, आयआर्जन तथा जीविकोपार्जनमा सुधार हेतु यही मिति २०७७ साल फाल्गुण २८ गते त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यस समझदारी पत्र अनुसार नगरपालिकाका विपन्न तथा संकटमा परेका महिलाहरूलार्इ समेटी निजहरूलार्इ गैर कृषि क्षेत्रका परम्परागत सिप तथा हस्तकलामा आधारित स्वरोजगारमूलक क्रियाकलापको प्रबर्द्धन गर्दै लक्षित समुहलाई स्वरोजगारी र दिगो आय आर्जनमा वृद्धि गराउनु तथा सोका लागि लागि आवश्यक सिप, शुरुवाति पूँजी, वित्तीय पहुँच, बजारीकरण र नियमित परामर्श सहयोग मार्फत सम्बद्ध परिवारको स्वरोजगारी र आयको दिगो श्रोत प्रदान गरी गरिबी निवारणमा सहयोग गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ ।

यस कार्यक्रम कार्यान्वयनका लागि विपन्न तथा जीखिममा रहेका लक्षित घरधुरीको व्यवसाय सम्बन्ध स्थापना तथा व्यवसाय सञ्चालनका लागि शुरुवाती पूँजीका लागि समृद्धि आयोजनाले सहलगानी गर्ने; सिप प्रबर्द्धनको पाटोमा लाग्ने लागत व्यहोर्ने तथा कार्यक्रमको अपनत्व कोल्हवी नगरपालिकाले लिने; बजार माग अनुकूलको हस्तकला सिप तालिम प्रदान गर्ने र कार्यक्रम पश्चात उत्पादन खरिद गर्ने जिम्मेवारी नेपाल उद्यमशील महिला महासंघले लिने समझदारी भएको छ ।

सोही कार्यक्रम सञ्चालनका लागि समान बुझाइ तथा अनुकूल वातावरण तयार गर्ने हेतुले समृद्धि आयोजनाबाट मिति २०७७ चैत्र ११ गते कोल्हवी नगरपालिका परिसरमा एक दिवसीय क्लस्टर स्तरीय बहुसरोकारवाला गोष्ठि सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर लगायत वडाध्यक्ष एवम् कार्यपालिकाका महिला सदस्यहरू; सम्भावित विपन्न तथा संकटग्रस्त महिलाहरू; कृषि विकास बैंक तथा सो स्थानमा कार्यरत सहकारी संस्थाहरू; मेड्पा लगायत सम्बद्ध सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा हस्तकला सिप कार्यक्रम सम्बद्ध लक्षित क्षेत्र पहिचान गरी यही चैत्र महिनाभित्रै शुरू गर्ने गरी सहमति भएको छ।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020