RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

माछा क्लष्टर विकास कोष स्थापनार्थ प्राविधिक सहयोग प्रदान

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” ले सहकार्य संझौता गरेका नगरपालिका तथा गाउँपालिकामा कृषि वस्तुको क्लस्टर सबलिकरण गर्ने कार्यक्रम अन्तर्गत माछा वस्तुको आपूर्ति श्रृंखला प्रवर्द्धन संग सम्बन्धित माछा क्लस्टर विकास कोष संचालनका लागि प्राविधिक सहयोग प्रदान गरेको छ।

हालसम्म प्रदेश १ मा मोरङको सुनवर्षि नगरपालिका र सुनसरीको कोशि गाउँपालिका तथा प्रदेश २ मा सप्तरीको रुपनी गाउँपालिका र डाक्नेश्वरी नगरपालिका,धनुषाको शहिदनगर नगरपालिका तथा बाराको कोल्हवि नगरपालिकामा माछा क्लस्टर विकास कोष स्थापनार्थ प्राविधिक सहयोग तथा सहजिकरण गरिएको छ। आयोजनाले लगभल १७५० माछा उत्पादक किसान घरधुरी समेटि गरेको स्थलगत  क्लस्टर सर्भेक्षणबाट संकलित सूचनालाई आधारमानि पालिका तहमा माछा क्लष्टर विकास कार्यक्रम अघि सारी प्रतिवेदन तयार पार्न सहयोग  गरेको हो।

यसरी तयार भएका प्रतिवेदनलाई माछा सम्बद्ध बहुसरोकार गोष्ठि आयोजन गरी तथ्याङ्कहरुको प्रमाणिकरण तथा सुनुवाई गर्ने काम गरेको छ। यसै प्रतिवेदनको आधारमा माछा क्लस्टर विकासका लागि एक विशेष कोष स्थापना गरी कार्यविधि तर्जुमा गर्न पालिका तहलाई अभिप्रेरित गरेको छ।


 

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020