RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

९३२० प्रशिक्षार्थीहरुका लागि सीप परिक्षणको प्रकृया शुरु

मिति २०७८/६/७ का दिन राष्ट्रिय सीप परिक्षण समिति तथा ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)का बीच सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य  सम्पन्न भएको छ ।

सम्झौता पत्रमा समितिका तर्फबाट समितिका निर्देशक टेक बहादुर मल्ल तथा सहायक निर्देशक केशव शर्मा घिमिरे र आयोजनाका तर्फबाट आयोजना प्रबन्धक शालिक राम दाहाल तथा सहम्भाग १.३ (मर्यादित रोजगार) का टिम लिडर बालमुकुन्द न्यौपानेले हस्ताक्षर गरेका छन् ।

कुनै पनि आयोजना / परियोजना अन्तर्गत तालिम प्राप्त गरिरहेका प्रशिक्षार्थीहरुको सीप परिक्षणका निम्ति राष्ट्रिय सीप परिक्षण समिति र सम्बन्धित परियोजना बीच नै सम्झौता हुनुपर्ने प्रवधान अनुरुप उक्त सम्झौता गरिएको हो । समृद्धि आयोजनाबाट व्यवसायिक सीप तालिम अन्तर्गत हाल तालिम प्राप्त गरिरहेका ९३२०  प्रशिक्षार्थीहरुका लागि सीप परिक्षणको प्रकृया शुरु गर्न यस सम्झौताले मार्ग प्रशस्त गरिदिएको छ ।

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020