RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

समृद्धि आयोजना र साना किसान विकास लघु वित्त वित्तीय संस्था लिमिटेड बिच सहकार्य संझौता

 

सेप्टेम्बर १०,२०२०ः समृद्धि आयोजना र साना किसान लघुवित्त वित्तिय संस्था लिमिटेड बिच आयोजनाले छनोट गरेका सहकारीहरूको क्षमता विकास गर्ने र सहकारी मार्फत थोक कर्जा प्रवाह गरी साना किसानहरूलाई समुदाय स्तरमा नै वैंङ्किङ सेवा संग जोड्न सहजिकरणका लागि सम्झौता गरिएको छ।

साना किसान लघुवित्त वित्तिय संस्था, कृषि विकास वैंकद्वारा प्रवर्द्धित वित्तिय संस्था हो, जसले थोक कर्जा प्रवाह गरी संबन्धित सहकारी संस्थाको संस्थागत क्षमता अभिवृद्धि गर्ने कार्य गर्दै आएको छ।

आयोजनाले लक्षित वर्गलाई सुलभ तथा दीगो वित्तीय सेवा उपलब्ध गराउन र बैंक तथा वित्तीय संस्थाहरुलाई आन्तरिक रुपमा सबल बनाउन वित्तीय साधनहरुको विकास गरि सेवालाई विस्तार र विविधीकरण गरी वित्तिय सेवा प्रवाहमा भएका कमजोरीको सम्बोधन गर्ने अभिप्राय लिएको छ। आयोजनाको लक्ष्य अनुसार सहकार्य संझौता गरेका १५० सहकारी संस्थाहरूको क्षमता अभिवृद्धि गरी आयोजना कार्य क्षेत्रमा आवश्यक वित्तिय सेवा पुर्याउन सहकारीहरु मार्फत कार्य सम्पादन गरेको छ।

आयोजनाले कृषि व्यवसायलाई बिशिष्टीकरण, बिबिधीकरण र व्यवसायीकरण मार्फत रोजगारी सृजना तथा सीप विकास गरी दिगो ग्रामीण अर्थतन्त्र विकास तथा उद्यमको संस्थागत विकास गर्नका लागि लक्षित घरपरिवारलाई ब्याज अनुदानित कृषि कर्जामा सहज पहुँच अभिवृद्धि गर्ने काम पनि अघि सारेको छ।

यसको अलावा आयोजनाले प्राथमिकीकरणमा राखेका कृषि बस्तुमा आधारित कृषक, उत्पादक, बजारीकरणमा आबद्धित ब्यापारी, प्रसोधनकर्ता, आपूर्तिकर्ता आदि साथै समृद्धि आयोजनाका लाभग्राही सम्मिलित उत्पादनमुलक सहकारी संस्थाहरु र भविष्यमा समृद्धि आयोजनाको सहयोगमा नयाँ गठन तथा दर्ता गरिने उत्पादक समूह, सहकारीहरुलाई समेत आवश्यक पर्ने लगानी र सुलभ वित्तीय पहुँच सुनिश्चित गर्न सहयोगी भूमिका निर्वाह गर्ने छ।

आयोजना परिलक्षित कृषि उत्पादकका लागि उद्यम प्रवर्द्धन एवं रोजगारीका अवसरहरु सृजना गरि कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीण स्तरका आय आर्जन सम्वन्धि कृयाकलापहरु प्रवर्धन गर्न स्थानीय स्तरमा संचालित आयोजनाले चयन गरि सहकार्य सम्झौता गरेका सहकारीहरुलाई आवश्यक थोक कर्जा लगानी अभिवृद्धि गर्न साना किसान लघु वित्त वित्तिय संस्था र समृद्धि आयोजना विचको सहकार्य सहयोगी सिद्ध हुने आयोजनाको अपेक्षा छ।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020