RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

ओखलढुंगाका किसान व्यवसायिक बाख्रा पालन तर्फ आकर्षित

शुभकला राई, imagekhabar.com, १८ पुष २०७९, सोमबार ११:२०

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् ।

दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन गर्न थालेका हुन् । उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागू भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो ।

किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ । किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ । गाउँमा पहिलो पटक बोयर भित्रिएपछि समूह भन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताउनुभयो ।

समृद्धि आयोजनाले किसान समूहमा खोर सुधार, घाँस खेती वित्तीय तथा प्राविधिक शिक्षा र बजार सञ्जाल विस्तार लगायतका क्षेत्रमा समेत काम गरिरहेको छ ।

News Link: ओखलढुंगाका किसान व्यवसायिक बाख्रा पालनमातर्फ आकर्षित « Imagekhabar – Online News Portal of Nepal

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020