RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

सुनसरी–मोरङमा एक हजार ४० जनालाई रोजगारी दिईने

विराटनगर: मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा सुनसरी–मोरङका उद्योगमा तालिम सहितको रोजगारी उपलब्ध गराउन लागिएको हो । ग्रामिण उद्योग तथा बिप्रेषण आयोजना, समृद्धि हेल्भेटास र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १को संयुक्त आयोजनामा भएको एक कार्य क्रमका विच तालिम दिइ दक्ष बनाएर रोजगार उपलब्ध गराउने बारेको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उद्योगलाई चाहिने दक्ष जशक्ति उत्पादन गरी रोजगारी दिने सम्झौतामा ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजना प्रबन्धक सरोजप्रसाद गुरागाईं र उद्योग वाणिज्य महासंघका तर्फबाट कार्यकारी निर्देशक राधारमण भण्डारीले हस्ताक्षर गर्नु भएको हो ।
कार्यस्थलमै तालिम दिई दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई विभिन्न ६ उद्योगले रोजगारी दिने कार्यकारी निर्देशक भण्डारीको भनाई छ । उद्योगको माग अनुसारको दक्ष जनशक्ति अभाव भएपछि सम्वृद्धि र हेल्भेटासको प्राविधिक सहयोगमा रोजगारीको सुनिश्चितासहित तालिम आयोजना गरिने भण्डारीले जानकारी दिनुभयो ।
सहभागीहरुलाई कार्यस्थलमै ६ महिना तालिम दिइ दक्ष बनाएर उद्योगमै अन द जब रोजारी दिइने सम्झौतामा उल्लेख छ । सम्झौता हस्ताक्षर कार्यक्रम तथा औद्योगिक प्रशिक्षण तालिम सञ्चालनार्थ अभिमुखिकरण कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले माग अनुसारको दक्ष जनशक्ति नहुँदा उद्योगमा दक्ष रोजगारको अभाव रहेको बताउनुभयो ।
श्रेष्ठले उद्योगमै तालिम दिँदा उद्योगलाई चाहिएको दक्ष कामदार उपलब्ध हुने र परिवारसँगै बसेर स्वदेशमै रोजगारी पाउने वातावरण बन्ने दाबी गर्नुभयो ।
प्रदेश १ मा प्लाइ, छड र सिमेण्ट उद्योगमा दक्ष कामदारको अभाव रहेको उद्योगीको भनाई छ ।
यस्तै उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यवाहक अध्यक्ष लिलम बस्नेतले निजी क्षेत्रले दक्ष कामदार पाउन नसकेको बताउनुभयो । स्वदेशमै रोजगार पाउने वातावरण भए सम्वृद्ध नेपाल, सुखी नेपालीको सरकारको नारा पनि सार्थक हुने उहाँको भनाइ छ । उद्योगको माग अनुसारको दक्षता नहुँदा २०÷२५ हजार रुपैयाँको लागि विदेश जानु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाश बोहराले रोजगारीको सिर्जना गर्नु नै अहिलेको आवश्यक्ता रहेको बताउनुभयो । उहाँले कृषिमा आश्रित अर्थतन्त्रलाई उद्योगमा आश्रित बनाउन दक्ष जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनु पर्ने बताउनु भयो । दक्ष जनशक्ति अभावले उद्योगहरु समस्यामा रहेको उहाँको भनाइ छ ।
ग्रामिण उद्यम तथा विप्रेशण आयोजना (सम्वृद्धि)का आयोजनाका प्रदेश १ संयोजक राकेशकुमार झाले उद्यमशिलता वृद्धि तथा रोजगारीको सृजना गर्न आयोजनाले उद्योग वाणिज्य महासंंघ र हेल्भेटाससँग सहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको उद्योगमा माथिल्लो तहमा दक्ष विदेशी कामदार राख्नु पर्ने अवस्था रहेको भन्दै त्यो अवस्था अन्त्य गर्न यस्ता तालिमहरु उपयोगी हुने बताउनुभयो ।
विराटनगरका रघुपति जुटमिल, स्वस्तिक जुट मिल, दुहवीको अरिहन्त फाइवर्स, इटहरीका पल्स फेसन सलुसन, रिलायन्स स्पिनिङ र सगरमाथा गारमेण्टमा १ हजार ४० जनालाई तालिम सहित रोजगारी दिइने छ ।

News Source: OB News website  https://bit.ly/2SR7Ayr

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020