RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

समृद्धि आयोजना प्रदेश २ को कार्यक्रम अनुगमन

समृद्धि आयोजनाको चालु आ.व. २०७७।०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार २०७७ मंसिर १५ देखि १७ गते सम्म आयोजना प्रमुख शालिक राम दाहालको नेतृत्वमा आयोजना कार्यान्वयन भएका प्रदेश २ का सम्बन्धित स्थानीय तहमा सञ्चालित आप्रवासन, आपूर्ति श्रृंखला, ग्रामीण वित्त लगायतका गतिविधिहरू ती कार्यक्रमले ल्याएको नतिजा, प्रभाव एवम् सम्बद्ध पालिकाको अपनत्वका सम्बन्धमा छलफल भएको थियो।

स्थानीय स्तरमा साना किसानको दिगो कृषि व्यवसायका लागि आपूर्ति श्रृंखलाको प्रबर्द्धन तथा वेरोजगार यूवालाई मर्यादित रोजगारी लक्षित आयोजनाका प्रयासहरूलाई सराहना गर्दै अझ तदारूकताका साथ काम गर्न पालिका पदाधिकारीहरूबाट सल्लाह सुझाव प्राप्त भयो र सोका लागि पालिकाले पनि सहयोग गर्ने सकारात्मक प्रतिबद्धता समेत व्यक्त भएको थियो। 

छलफलका क्रममा कोभिड-१९ महामारीका कारण रोजगारी गुमाई स्वदेश फिर्ता भएका आप्रवासी कामदार लक्षित कार्यक्रम सञ्चालनका लागि जीतपुरसिमरा, कोल्हवी र सिमरौनगढ नगरपालिकाका मेयर र प्रशासकीय प्रमुखसंग सो कार्यक्रमको प्रारूप, लक्ष्य र सञ्चालन मोडालिटीका विषयमा आयोजना प्रमुख, जनकपुर करिडोर संयोजक, साझेदार संस्था कृषि उद्यम केन्द्रका कार्यकारी प्रमुख र कार्यक्रम विज्ञहरू लगायतसंग एक कार्यक्रमका बिच पनि छलफल भएको थियो ।

आयोजना प्रमुखद्वारा फिल्ड अनुगमनका क्रममा बारा जिल्लाको  कोल्हवी नगरपालिका स्थित  माछापालन समूहमा भएका वित्तीय शिक्षा तथा व्यवसायिक तालिम-२, लैंगिक कार्य सिकाइ विधि कार्यक्रम; रौतहट जिल्लास्थित कटहरिया नगरपालिकामा सञ्चालित सुगन्धित जडिबुटी खेतीका लागि पुरक अनुदान(सिंचाइ); माधवनारायण नगरपालिकामा डेरी तथा पशुपालन प्रबर्द्धनका क्रममा प्रदान गरिएको पुरक अनुदान; चन्दपुर नगरपालिकामा वित्तीय शिक्षा तथा व्यवसायिक तालिम-१ को निरीक्षण भयो।

साथै महोत्तरी जिल्लास्थित गौशाला नगरपालिकामा दूध संकलन केन्द्रका लागि पुरक अनुदानलगायत वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम-२ एवम् लैंगिक कार्य सिकाइ विधि(गाल्स) कार्यक्रमको अनुगमन गरिएको थियो। सोका अलावा धनुषा जिल्ला नगराइन नगरपालिका स्थित माछापालन समूहलार्इ पुरक अनुदान अन्तर्गत प्रविधि वितरण तथा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम-१ प्रदायक साझेदार सहकारी संकल्प वचत तथा ऋण सहकारी संस्थासंग कार्यक्रमको प्रभावका बारेमा छलफल गरियो ।

अन्तमा, आयोजना प्रमुख दाहाल द्वारा जनकपुर करिडोर कार्यालयको निरीक्षण गरी कार्यक्षेत्रमा सञ्चालित कार्यक्रम वार्षिक कार्यकमको लक्ष्य मुताबिक पालिकाहरूसंगको सहकार्यलाई अझ अघि बढाउँदै थप गति दिन निर्देशन प्राप्त भएको थियो ।

लिङ्कः

https://www.shirishnews.com/2020/12/04/23195.html

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020