RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पदाधिकारीवाट अनुगमन तथा निरीक्षण भ्रमण

समृद्धि आयोजना निर्देशन समिति तथा तालुक मन्त्रालयका सचिव चन्द्र घिमिरे र आयोजना निर्देशक सहसचिव यज्ञ ढुंगेलको नेतृत्वमा २०७७ पुष १२ देखि १४ सम्म आयोजना कार्यान्वयन भएका क्षेत्रको स्थलगत भ्रमण गरी लागु गरिएका कार्यक्रमको अनुगमन तथा निरिक्षण भएको थियो। उच्च पदस्त अधिकारीहरूको साथ आयोजना प्रमुख शालिक राम दाहाल तथा सम्वन्धित विषय विज्ञ र फिल्ड कर्मचारीहरूको समुहले आयोजनाले प्रवर्द्धन गरेको आपूर्ति श्रृंखला सम्बद्ध उत्पादक कृषक समुहका सदस्यहरूसंग सुनसरीको देवानगञ्ज र धनकुटाको वेलहरामा छलफल गरेको थियो। यसका अतिरिक्त अनुगमन तथा निरिक्षण टोलिले समृद्धि आयोजनाका लागि सेवा प्रदायक संस्था हेल्भेटास नेपालसंगको सहकार्यमा संचालित सम्मानित रोजगार सिर्जना कार्यक्रम अन्तर्गतको सिपमुलक र औद्योगिक प्रशिक्षार्थी तालिमहरुको पनि निरिक्षण गरेको थियो।

फिल्ड अनुगमन पछि आयोजना व्यवस्थापन कार्यालय ईटहरी-सुनसरीमा आयोजित समापन बैठकमा आयोजना प्रमुखले समग्र कार्यक्रमको प्रगति तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतिवारे प्रस्तुतिकरण दिनु भएको थियो। सोही अवसरमा आयोजनाले हाल सम्म हाँसिल गरेका उपलब्धिलाई सूचना व्यवस्थापन प्रणालिमा प्रविष्ट गरिएका तथ्याङ्क तथा ज्ञान सामग्रीहरुको समिक्षा गरी आयोजनाका कार्यक्रमहरूलाई पथप्रदर्शन गर्न मन्त्रालयका सचिव र सहसचिव ज्यूले आवश्यक सल्लाह एवं निर्देशन प्रदान गर्नु भएको थियो।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020