RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

खसी बोका तौलेर खरीद बिक्री शुरु

ओखलढुंगा– ओखलढुंगामा पहिलो पटक खसी बोका तौलेर बिक्री गर्न थालिएको छ। किसानले पालेका खसी बोका पहिलो पटक तौलेर बिक्री गर्न थालेका हुन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले किसान र व्यापारीबीच सम्बन्ध विकास सम्बन्धि छलफल चलाएपछि खसी बोका जोखेर खरीद बिक्रीको सुरुवात भएको हो। यसअघि व्यापारीले अनुमानको भरमा खसी बोका बेच्ने गर्दथे।

खसी बोका तौलेर खरीद बिक्री गर्ने कार्यक्रमको शुभारम्भ शुक्रबार सिद्धिचरण नगरपालिका वडा नं. १० बेतेनीबाट सुरु गरिएको छ। सोही वडामा रहेको नमुना बाख्रा पालन समूहमा एक कार्यक्रमकाबीच अगुवा किसान घनश्याम बाँस्तोलाले पालेका खसी बोका तौलेर बिक्री गरेका छन्। बाँस्तोलाले २ लाख ८ हजार ६ सय रुपैयाँ बराबरको १९ वटा खसी बोका बिक्री गरेका छन्। उनले खरी जातका ९ वटा बोका, जमुनापारी जातका ५ वटा खसी र बोयर जातका ५० प्रतिशतक्रसका ५ वटा खसी बोका व्यापारीसँग हाताहाती बिक्री गरेका हुन्।

खरी जातका खसी बोकालाई प्रतिकेजी सय ८० रुपैयाँ, जमुनापारी जातका खसी बोकालाई ५ सय २० रुपैयाँ र बोयर जातका खसी बोकालाई ६ सय ५० रुपैयाँका दरले खरीद बिक्री भएको छ। तौलमालादी, रौँ, खुर, सिङ केही पनि ह्रासकट्टी नगरी खरीद बिक्री गर्दा बाख्रा पालक किसानलाई फाईदा पुग्ने किसानहरुको भनाई छ।

किसानको घरमै पुगेर व्यापारीले खसी बोका तौलेर खरीद गरेपछि किसानहरु खुसी भएका छन्। ‘अनुमानकै भरमा मोलतोल गरेर खसी बोकाबिक्री गर्दा हामी ठगिँदै आएका रहेछौँ,’ अगुवा किसान बाँस्तोलाले भने।

खसी व्यापारी ऋषिराम धमलाले किसानहरुबाट तौलेरै खशी बोका लिने बताएका छन् । पहिलो चरणमा बाख्रापालन हुँदै आएका क्षेत्रमा क्लष्टर निर्माण गरेर किसानसँग आयोजना सम्बन्धि अभिमुखीकरण गरेर बजार व्यवस्थापनको क्षेत्रमा समृद्धिले सघाउ पुर्‍याउन थालेको छ। समृद्धिले प्रदेश नं. १ का ओखलढुंगा, खोटाङ, धनकुटा, भोजपुर, उदयपुर र तेह्रथुम जिल्लाका किसानलाई लक्षित गरेर नश्ल सुधार, बजार व्यवस्थापन, सहुलियत ऋण सहजीकरण, प्राविधिक ज्ञान तथा तालिम र अनुदानलगायतका क्षेत्रमा काम गरेर उद्यमशिलता विकास गरेको छ।

स्रोत: 

1. नागरिक न्यूज https://nagariknews.nagariknetwork.com/news/119386/

2. न्यूज अफ नेपाल https://www.newsofnepal.com/2020/02/29/298508/

3.  ओखलढुंगा खबर https://www.okhaldhungakhabar.com/agriculture/130

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020