RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

समृद्धि आयोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा माछा क्लस्टर विकास कोष कार्यान्वयन

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” ले सहकार्य संझौता गरेका नगरपालिका तथा गाउँपालिकामा कृषि वस्तुको क्लस्टर सबलिकरण गर्ने कार्यक्रम अन्तर्गत हालसम्म माछा वस्तुको आपूर्ति श्रृंखला प्रवर्द्धन संग सम्बन्धित क्लस्टर विकास कोष संचालनका लागि आर्थिक र प्राविधिक सहयोग प्रदान गरेको छ। माछा क्लस्टर विकास कोष संचालन कार्यविधि २०७७/७८ कार्यान्वयन एवंम स्थानिय तह भित्रका मत्स्य वस्तु सम्वद्ध लक्षित घरपरिवारहरुको स्वरोजगारी,आय,जीविकोपार्जन तथा क्लस्टरको सुधार हेतु क्लस्टर भित्र बजारोन्मुख आपूर्ति श्रृंखला प्रवर्द्धन गर्न द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। आयोजनाले हालसम्म प्रदेश १ र २ का ६ वटा नगर तथा गाउँपालिकाहरु क्रमशः मोरङको सुनवर्षि नगरपालिका,सुनसरीको कोशि गाउँपालिका,सप्तरीको रुपनी गाउँपालिका,डाक्नेश्वरी नगरपालिका,धनुषाको शहिदनगर नगरपालिका र बाराको कोल्हवि नगरपालिकामा क्लस्टर विकास कोष कार्यान्वयनका लागि सहयोग प्रदान गरेको छ। यो कार्यक्रमको अवधि संझौता गरिएको मितिबाट शुरू भई वि.सं २०८० आषाढ मसान्त सम्मका लागि हुनेछ ।

दुवै प्रदेशमा आयोजनाले माछा उत्पादक किसान घरधुरी समेटी गरेको स्थलगत क्लस्टर सर्भेक्षणबाट संकलित सूचनालाई आधारमानी स्थानीय तहमा माछा क्लष्टर विकास कार्यक्रम अघि सारी प्रतिवेदन तयार पार्न सहयोग  गरेको हो । तयार भएका प्रतिवेदनलाई माछा सम्बद्ध बहुसरोकार गोष्ठि आयोजन गरी तथ्याङ्कहरुको प्रमाणिकरण तथा सुनुवाई गर्ने काम गरेको थियो। यसै प्रतिवेदनको आधारमा माछा क्लस्टर विकासका लागि एक विशेष कोष स्थापना गरी कार्यविधि तर्जुमा गर्न पालिका तहलाई प्राविधिक सहयोग प्रदान गर्न शुरू भएको थियो ।

माछा क्लस्टर विकास कोष संचालन कार्यविधि २०७७/७८ कार्यान्वयन अन्तर्गत माछा उत्पादक कृषक समुह,सेवाप्रदायक तथा व्यापारीहरूलाई समेटी निजहरूका माछा पालन,भुरा उत्पादन तथा खरीद विक्रि सम्बन्धि व्यवसायलाई प्रबर्द्धन गर्दै स्वरोजगारी र दिगो आय आर्जनमा वृद्धि गरी गरिबी न्युनिकरणमा सहयोग गराउनु यस कोषको वृहत्तर लक्ष्य हो । यसका साथै व्यवसायिक सिप, प्रविधि, वित्तीय पहुँच, बजारीकरण र नियमित परामर्श सहयोग मार्फत सम्बद्ध परिवारको स्वरोजगारी र आयको दिगो श्रोत हाँसिल गर्ने बारे द्विपक्षिय सहमती पत्रमा निम्न लिखित उद्देश्यहरू उल्लेख गरिएको छ ।

  • पालिका क्षेत्र भित्र ह्यचरी, भुरा एवंम माछा उत्पादन तथा विक्री वितरण कार्यमा संलग्न उत्पादक किसान,व्यापारी तथा सेवा प्रदायकहरु लाई एउटा मञ्चमा ल्याइ समग्र क्षेत्रलाई माछा उत्पादन क्लस्टरको रुपमा विकास गर्ने ।
  • माछा तथा भुरा उत्पादनमा संलग्न किसान तथा ह्यचरी सञ्चालकहरुको उत्पादकत्वमा वृद्धि गर्नको लागि नयाँ प्रविधिको विकास, सुलभ सिंचाइ सुविधा तथा स्तरीय माछा भुरा उत्पादन तथा माछा विक्री वितरणमा सहजिकरण गर्ने ।
  • माछा सम्वद्ध सबै सरोकारवालाहरुलाई वित्तिय,प्राविधिक तथा व्यावसायिक सेवामा सुलभ पहुँच वृद्धि गर्ने ।
  • माछा उत्पादक किसानहरुको वित्तीय साक्षरता तथा व्यावसायिक ज्ञानको अभिवृद्धि गर्ने ।
  • उत्पादक किसानको क्षमता विकास गरी नगरपालिका क्षेत्रलाई माछा हबको रुपमा विकास गर्ने ।
  • माछा उत्पादक किसान महिलाहरुको सहभागिता वृद्धि गर्नका लागि लैङ्गिक कार्य शिकाइ पद्धती (GALS) संचालन गर्ने ।

यस क्लस्टर विकास कोष संचालन कार्यविधि अन्तर्गत निम्नानुसार लगभग ३२०० घरधुरी र वर्ग प्रत्यक्ष लाभान्वित हुनेछन् ।

# माछा उत्पादक समुह र सहकारी सदस्यहरु,

# नगरपालिकामा दर्ता भएका माछा भुरा उत्पादन तथा विक्रि वितरण कार्यमा संलग्न योग्य निजि फर्महरु,

# सहकारी संस्था मार्फत वित्तिय पहुँचका लागि वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम भाग- १ प्राप्त गर्ने वर्ग,

# लैङ्गिक कार्य शिकाइ पद्धति (GALS) अन्तर्गत Dream Support Fund प्राप्त गर्ने लाभान्वित वर्ग ।

माछा क्लस्टर विकास कोष कार्यविधि कार्यान्वयनका लागि प्रमुख क्रियाकलाप एवंम सह लगानीका क्षेत्रहरुमा साझेदारहरू(उत्पादक किसान एवंम निजि फर्म, समृद्धि आयोजना र नगरपालिका वा गाउँपालिका) विच बजेट निम्न प्रकार तर्जुमा गरिएको छ ;

मोरङको सुनवर्षि नगरपालिका लागि रू २८,२८२,८३७.०० सुनसरीको कोशि गाउँपालिका रू ८,५४४,९००.०० सप्तरीको रुपनी गाउँपालिका रू ८,६६५,७२९.०० डाक्नेश्वरी नगरपालिका रू १५,३००,४७९.०० धनुषाको शहिदनगर नगरपालिका  रू १४,४८२,८००.०० तथा बाराको कोल्हवि नगरपालिका लागि रू ५९,७५६,८९४.०० गरी कूल जम्मा रू १३ करोड ५० लाख ३३ हजार ६३९.०० बाँडफाँट गरिएको छ ।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020