RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

उत्पादक समुह सदस्यका लागि वित्तिय शिक्षा एवम् व्यवसायिक ज्ञान प्रशिक्षक प्रशिक्षण

धरान । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वित्तीय शिक्षा एवम् व्यवसायिक ज्ञान प्रशिक्षक प्रशिक्षण दिइरहेको छ । 

समृद्धिले आफ्ना कार्यक्षेत्रअन्तर्गत प्रदेश १ को ८ जिल्लाका ५२ जना कक्षा १२ उत्तीर्ण गरेका समूहका सदस्यलाई प्रशिक्षण दिइरहेको हो । धरानको ड्रिमल्यान्ड होटल र होटल डोभमा मङ्गलबार र बुधबारदेखि पाँच दिने प्रशिक्षण दिइँदै छ । प्रशिक्षणमा सहभागीहरूलाई वित्तीय शिक्षा एवम् व्यवसायिक ज्ञानबारे प्रशिक्षित गराइँदै छ । 

समृद्धिले माछा, जडिबुटी, बाख्रापालन, तरकारी खेती र दूधजन्य उत्पादनमा २५ जनाको समूह बनाएर मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, खोटाङ र ओखलढुङ्गामा काम गरिरहेको समृद्धिका कृषि उद्यम केन्द्रका व्यवस्थापक एमिल प्रधानले जानकारी दिए । उनका अनुसार ८ जिल्लामा १८५ वटा समूह छन् । ती समूहमध्ये हरेक समूहबाट एक–एकजनालाई सहभागी गराएर प्रशिक्षक प्रशिक्षण दिइरहेको हो । 

प्रशिक्षितहरूले आफ्नो समूहमा गएर हरेक साताको एक दिन वित्तीय कक्षा र व्यवसायिक ज्ञानबारे समूहका सदस्यलाई जानकारी गराउनेछन् । उक्त कार्यक्रम ३५ हप्तासम्म चल्नेछ । समृद्धिले अपनाएको पाँचवटा आपूर्ति शृङ्खला समूहका सदस्यहरूलाई निर्वाह खेती भनेको के हो, व्यवसायिक खेती भनेको के हो ? भन्ने विषयमा आधारभूत ज्ञान प्रदान गरिने व्यवस्थापक प्रधानले जानकारी दिए । उनीहरूले त्यसबाट कमाएको रकमलाई कसरी बचत गर्ने, व्यवसायिक योजना कसरी बनाउने, बैङ्किङ प्रणालीमा कसरी जाने जस्ता विषयबारे ज्ञान दिइन्छ ।

समृद्धिले त्यसका लागि पाठ्यक्रम नै तयार पारेको छ । सोही पाठ्यक्रमअनुसार नै प्रशिक्षित भएकाहरूले पनि आफ्ना समूहका सदस्यलाई प्रशिक्षण दिने समृद्धिका कोशी सगरमाथा संयोजक लोकेन्द्र रावलले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा ५ दिनसम्म ९ जनाले विभिन्न विषयमा जानकारी गराउँदै छन् । 

लिङ्क ः https://bit.ly/3EnjqpF

FEEK-2 पुस्तिका : https://bit.ly/3ACuorg

 

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020