RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

सवा १ लाख घरधुरीलाई रोजगारी

जेष्ठ २१, २०७८ कान्तिपुर संवाददाता

लिङ्क ः https://bit.ly/2S0YrXT
 
जनकपुर — ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले १ लाख २५ हजार घरधुरीलाई लाभ पुग्ने गरी प्रदेश २ का ७ जिल्लामा आर्थिक एवं आयआर्जनका कार्यक्रम लागू गरेको छ ।
 
कृषि तथा गैरकृषि क्षेत्रमा आयआर्जनका लागि लघु, घरेलु तथा साना उद्यम प्रवर्धन गर्ने तथा ग्रामीण विपन्न, आप्रवासी र आप्रवासनबाट फिर्ता भएका लागि आयआर्जनको दिगो स्रोत प्रदान गर्न आयोजनाले यो कार्यक्रम ल्याएको हो । सन् २०२२ सम्म रोजगारीको प्रबन्ध मिलाउने कार्यक्रमको लक्ष्य छ ।

सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच सन् २०१५ को डिसेम्बरमा सम्झौता भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वयनमा आएको हो । प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा आयोजनाले काम थालेको छ ।

साझेदार संस्था समृद्धि हेल्वेटास प्रादेशिक कार्यालय जनकपुरका अनुसार ८० प्रतिशत लक्षित वर्ग गरिबीको रेखामुनिलाई समेटिएको र उनीहरूलाई उद्यम गर्न सक्षम पारिनेछ । जसमध्ये महिला, युवा र आप्रवासी घरपरिवार तथा वैदेशिक रोजगारबाट फर्केर आएका व्यक्ति रहनेछन् ।

 

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020