RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

CoPoMIS तालिम सम्पन्न

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना '”समृद्धि” ले ‍स्थानीय तहका लागि सहकारी संस्थाहरुको अनुगमन, नियमन र प्रवर्द्धन विषयक क्षमता विकास गर्ने उद्देश्य सहित मिति २०७८ मसिंर २१ गते देखि २२ गते सम्म आयोजनासंग सहकार्य संझौता भएका पालिकाका कर्मचारीहरुलाई २ दिने CoPoMIS संचालन सम्वन्धी तालिम प्रदान गरेको छ । यस क्रममा सहकारीसंग सरोकार राख्ने सेवा प्रवाहका लागि स्थानीय तहसंग रहेको क्षमता र सामर्थ्यको अधिकतम उपयोग गर्दै आफ्नो कार्यक्षेत्रभित्र सहकारी क्षेत्र विकासमा दूरदृष्टि र संस्थागत संरचना क्षमता अभिवृद्धि गरि सहकारी संस्थाहरुलाई दिगो र समुन्नत बनाउने रणनीति अख्तियार गरेको छ।

उक्त तालिममा कार्यक्रम कार्यान्वयन भइरहेका बारा, रौतहट, सर्लाही,महोत्तरी, सिन्धुली, धनुषा, सिरहा र सप्तरी समेत ८ जिल्लाका २६ पालिकाका ५१ जना सहकारी शाखा प्रमुख तथा सूचना शाखाका प्रमुखहरूको सहभगिता रहेको थियो। सोहि कार्यक्रममा आयोजनाले उपकरण सहयोग स्वरूप ल्यापटप हस्तान्तरण गरेको थियो। सम्बन्धित स्थानिय निकायहरूलाई आयोजनाको समन्वयमा सेन्टर फर माइक्रोफाइनान्सको प्राविधिक सहयोगमा एक वर्ष अवधिका लागि कोचिङ र मेन्टरीङ सहयोग प्रदान गरिने छ । तालिम कार्यक्रममा सहकारी विभागका आईसिटि विज्ञ श्री अमोद पुडासैनीको प्रमुख सहजीकरण रहेको थियो।

 

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020