RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

खोटाङका ९ जना युवाले विदेश त्याग गरी व्यावसायी वने सपनादेखि वास्तविकता सम्मको यात्राः आयोजनाको प्रभाव

खोटाङ तारानाथ फुयाल आर्थिक विकास सुपरभाइजर(रेडियो ओखलढुंगा )

उमेर पुगेसगै घरको आर्थिक अवस्था कमजोरी तथा भरपर्दो रोजगारी नपाएपछि खोटाङ दिक्तेल रुपाकोट मझुवागढीका युवाहरु साहु लाई पैसा मागि ९ जना युवाहरु छत्रमान राई,अविराज थुलुङ, मदन वहादुर राई,रमेश राई,चाम कुमार राई,दिपक राई, अन्चल राई,सुनिल राई,र मेजर राई लगाएत अरु पैसा कमाउने ठुलो घर वनाउने परिवारमा सुख मा राख्ने र आप्ना छोरा छोरीलाई राम्रो स्कुलमा पढाउने नयाँ लुगा लगाउने गाउँसमाजमा धनी देखिने सोचमा विभिन्न देशमा रोजगारीमा गएका थिए ।
विदेशमा सोचेजस्तो कहा हुन्छ र १२ घन्टाको काम, न्युन तलव सोचेजस्तो सजिलो काम नपाए पछि पुराना सपना सबै टुटेपछि उनिहरु जसोतसो साहुको पैसा पनि र्फिता गर्ने नसकि विभिन्न समयमा गाउँ नै फर्किए ।
गाउँ फर्किए ति युवाहरुले समृद्धि आयोजनाको सहयोगमा उर्रवरा कृषक समुहमा हरियो तरकारी आपुर्ति श्रंखला अन्र्तगर्त कार्यक्रम सञ्चालनमा आएपछि उनिहरुको सोचाईमा परिवर्तन आयो गाउँमा केहि गर्न सकिन्छ ,भन्ने सोचेर सो समुहमा आवद्ध भई सामुहिक कार्य गर्न थालि गाउँमा नै व्यावसायिक खेती सुरु गरेका उनिहरुलाई विभिन्न समुहमा आयोजनाले दिएको तालिम तथा छलफलले
अब विदेश सधैका लागि नजाने योजना बनाएका छन ।
उनिहरु अहिले वार्षिक ३ देखी ५ लाख सम्म गाउँमा नै तरकारी खेति वाट कमाउन थालेको कृषक चाम कुमार राईले बताए । आयोजनाले पैसा मात्र नभई हौसलाले हामी व्यावसायिक भएको छत्रमान राई बताउँछन । हाल समुहमा २०० सय भन्दा बढी प्लास्टीक टर्नेलमा व्यावसाहिक खेती गरेका छन । सामुहिक रुपमा गरीएको खेतीले सबैको ध्यान खिचेको छ, स्थानिय सरकारले आयोजना तथा कर्मचारीलाई कदर पत्र वितरण गरी सम्मान गरेको छ । सामुहिक रुपमा खेती गदै आएका उर्रवरा कृषक समुहका किसान अव सङ्रकलन केन्द्र निमार्ण गरी सामुहि विक्रि गर्ने कार्ययोजना निमार्ण गरेका छन् ।
उत्पादित तरकारी स्थानिय वजार तथा सेवा प्रदायमा बचेकाले मैसमी भन्दा बेमौसमि उत्पादनका लागि मैसमी पात्रो निमार्ण गरीएको छ ।
आयोजनाको सहयोगमा हिसाव कितावको लेखाजोखा तथा किसान हितकोष गठन गरी प्रभावकारी रुपमा काम भइरहेको छ ।विदेशमा रहेका अन्य युवालाई समेत गाउँमा नै आएर व्यावासायिक बनाउने लक्ष्य समुहको रहेको छ ।

News link: https://radiookhaldhunga.com/?p=7069

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020