RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

व्यवसायिक बाख्रापालनमा किसान

न्यूजअभियान | प्रकाशित मिति : २०७९ पौष १७ आइतबार |

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको दियाले र पोखरेका किसान समूह व्यवसायिक बाख्रापालनमा लागेका छन् ।

दियालेमा रहेको पुष्पमाला र पोखरेमा रहेको हसेरा पशुपालन किसान समूहमा आबद्ध ५२ घरधुरीले व्यवसायिक बाख्रापालन थालेका हुन् । 

उद्योग मन्त्रालय अन्तर्गत रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लागु भएपछि यहाँका विपन्न किसानमा व्यवसायिकता देखिएको हो ।

किसान समूहसँगको सहलगानीमा आयोजनाले बियाडका लागि बोयर बोका वितरण गरेको छ ।

किसान समूहले बोयर बोका पाएपछि यी दुवै गाउँमा खरी बाख्राको नश्न सुधार गरेर बोयरका पाठापाठी उत्पादन सुरु भएको छ । 

गाउँमा पहिलोपटक बोयर भित्रिएपछि समूहभन्दा बाहिरका किसानले समेत लाभ लिइरहेको स्थानीय किसान गोमा कार्कीले बताउनुभयो

। यहाँका किसानले खोर सुधार र घाँस खेती समेत अभियानकै रुपमा थाल्ने योजना रहेको बताएका छन् ।

समृद्धि आयोजनाले किसान समूहमा वित्तीय तथा प्राविधिक शिक्षा, बजार सञ्जाल विस्तारलगायतका क्षेत्रमा समेत काम गर्दै आएको जनाएको छ ।

News Link : व्यवसायिक बाख्रापालनमा किसान (newsabhiyan.com)

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020