RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

बटेश्वरमा समृद्धि परियोजनाको ‘वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान’ कार्यशाला

टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।

समृद्धि परियोजनाले धनुषाको बटेश्वर गाउँपालिकामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान रुपान्तरण सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ । समृद्धि परियोजनाका प्रशासन तथा वित्तीय अधिकृत जिवछ राउतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रामअशिष महतोको प्रमुख आतिथ्यमा कार्यशाला शुक्रबार सम्पन्न भएको हो ।

गाउँपालिकामा समृद्धि परियोजनाले वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान रुपान्तरणको लागि प्रशिक्षित गरेका सहजकर्ताहरुलाई पालिकाले अपनत्वग्रहण गर्दै रोस्टर तयार गर्ने निष्कर्ष निकालेको छ । यस्तै पालिका भित्र संचालनमा रहेका सहकारीहरुलाई लक्षित गरी तालिम आयोजना गर्ने र निष्किृय रहेका सहकारीहरुलाई संचालन गर्न पालिका स्तरबाट पहल गर्ने निर्णय गरेको छ । समृद्धि परियोजनाले प्रशिक्षित गरेका सहजकर्ताले अगामी दिनमा पालिका वित्तीय तथा सहकारी क्षेत्रमा फड्को मार्ने विश्वास गाउँपालिका अध्यक्ष महतोले व्यक्त गरेका छन् ।

कार्यशालामा पालिका उपाध्यक्ष फुलकुमारी सिंह, प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मा, वडा नं. १ का वडाध्यक्ष अशोककुमार महतो, वडा नं. २ का वडाध्यक्ष विजय महतो, वडा नं. ४ का वडाध्यक्ष निरज कार्की, समृद्धि परियोजनाका समावेशीकरण अधिकृत आलोककुमार कर्ण लगायत, सहकारी कर्मी, पालिकाका सम्बन्धित शाखाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

News Link: बटेश्वरमा समृद्धि परियोजनाको ‘वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान’ कार्यशाला – TodayPati

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020