RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान अपनत्व ग्रहण कार्यशाला गोष्ठि सम्पन्न

नेपाल सरकार, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत सञ्चालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले सिरहा जिल्लाको कर्जनहा नगरपालिकामा वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान (Financial Education and Entrepreneurial Knowledge-FEEK/फिक) हस्तान्तरण सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । समृद्धि आयोजनाका जनकपुर करिडोर संयोजक श्री मोति गिरीको अध्यक्षता तथा कर्जनहा नगरपालिकाका प्रमुख श्री भोला पोखरेलको प्रमुख आतिथ्यमा कार्यशाला सोमबार सम्पन्न भएको हो ।

सो ज्ञान हस्तान्तरण सम्बन्धी कार्यशाला गोष्ठिमा गिरीले समृद्धि आयोजनाको बारेमा प्रकाश पार्नुको साथै कर्जनहा नगरपालिकामा आयोजनाले सम्पादन गरेका गतिविधि र सोको उपलब्धिका विषयमा जानकारी गराउनु भएको थियो। त्यस्तै समृद्धि आयोजनाकै वित्तीय समावेशीकरण अधिकृत श्री त्रिवेन्द्र कुमारले कर्जनहा नगरपालिकामा ग्रामीण वित्त सम्भाग अन्तर्गत वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान (फिक) १ र २ गरी दुर्इ अवधारणाका बारेमा प्रस्तुत गर्दै सो नगरपालिकामा भए गरेका प्रगतिकाबारे जानकारी गराउनु भएको थियो। आयोजनाका अनुसार सो नगरपालिकामा ३ वटा सहकारीहरु मार्फत ७७५ जनालार्इ वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिम प्रदान गरेको र कृषि समुह तथा सहकारी  मार्फत २०० भन्दा अधिक व्यक्तिहरुलार्इ तालिम प्राप्त गरेका छन्। उक्त आयोजनाका अनुसार सो पालिकाका २ वटा सहकारीलार्इ ५०% लागत साझेदारीमा न्यूनतम प्रविधि पहुँच कार्यक्रम अन्तर्गत सूचना प्रविधि सहयोग अन्तर्गत ल्यापटप, कम्य्यूटर, प्रोजेक्टर, प्रिन्टर, इन्भर्टर जस्ता सामग्री प्रदान गरेको छ ।

कार्यशालामा आबद्ध सहकारी संस्थाका अध्यक्षहरू तथा सम्बद्ध वित्तीय शिक्षा तालिमका सहजकर्ताहरुले उक्त तालिमवाट व्यक्तिगत जीवनका अलावा सहकारीको क्षमता विकासमा सकारात्मक प्रभाव परेको कुरा व्यक्त गर्नु भएको थियो। सो तालिमको मद्दतले वचत गर्ने बानिको विकासका साथै, विप्रेषण र ऋणको सदुपयोग, परिवारिक बजेट, समूहको महत्व, व्यवसायको योजना लगायतका विषयमा समुदायमा सचेतना जगाउन बुझ्न बुझाउन सहज भएको र सहकारिमा सदस्य र वचतको बृद्धि भएको विषयमा पनि अन्तरक्रियात्मक ढंगले छलफल भएको थियो। साथै पालिकाले उप्रान्त यस्ता कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने विचार व्यक्त भएको थियो।

कार्यशाला गोष्ठिको अन्त्यमा समृद्धि आयोजनाले नगरपालिकाभित्र वित्तीय शिक्षा तथा व्यवसायिक ज्ञान तालिमको लागि प्रशिक्षित गरेका सहजकर्ताहरुलाई पालिकाले  अपनत्व ग्रहण गर्दै रोस्टर तयार गर्ने निष्कर्ष निकालेको छ । नगरपालिकाले  निकट भविष्यमा  यस्ता तालिम तथा सहकारी क्षेत्रको प्रबर्द्धनकालागि कार्ययोजना तथा बजेट विनियोजनको गर्ने प्रतिबधता जाहेर गरेको छ । साथै कार्यशालाका दौरान नगरप्रमुखले आयोजनाबाट संचालित विपन्न घर धुरिलाई लक्षित गरी  लैंगिक कार्यशाला सिकार्इ पद्धति (GALS/गाल्स) कार्यक्रमलार्इ पनि अपनत्व ग्रहन गर्दै  लागत साझेदारीमा सो कार्यक्रमलार्इ पालिकाका अन्य वडाहरूमा विस्तार गर्ने प्रतिबधता जाहेर गर्नु भएको छ ।

समृद्धि परियोजनाका आर्थिक समावेशीकरण अधिकृत श्री आलोक कुमार कर्णबाट सञ्चालित सो कार्यशालामा ११ वटै वडाका जनप्रतिनिधिहरु लगायत नगर सल्लाहकार, सहकारीकर्मी, पालिकाका सम्बन्धित शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020