RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

बर्दिबासमा कोपोमिस पुनर्ताजगी तालिम

आरके श्रीवास्तव२०८० पुष २० गते १२:५० मा प्रकाशित

महोतरी । मधेस प्रदेशको महोतरी जिल्लाको बर्दिबासमा कोपोमिस पुनर्ताजगी तालिम जारी रहेको छ । बर्दिबास नगरपालिकाको आयोजना र ग्रामीण उधम तथा विप्रेषण आयोजना (समृद्धि) को प्राविधिक सहयोगमा तीन दिने तालिम बर्दिबास स्थित नमोबुद्ध होटेलमा चलिरहेको छ ।

उक्त तालिममा बर्दिबास नगरपालिका अन्तर्गतको २३ वटा सहकारी संस्थाहरूको सहभागीता रहेको छ । सो तालिममा सहकारी संस्थाको तथ्यांक तथा विवरणहरू वार्षिक रूपमा एक पटक अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने,कोपोमिस प्रणालीमा व्यवस्था गरिएको नयाँ समष्टिगत विवरण सिकाइ संघसंस्थाको आधिकारिक तथ्यांक प्रविष्ट गर्न सिकाइएको छ ।

सहकारी तथा गरिबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली सहकारी तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक ,स्वचालित र आधुनिक सूचना तथा संचार प्रविधिमा आधारित व्यवस्थापन सूचना प्रणाली हो ।

यसले सरोकारवाला,निर्णयकर्ता संगठन भित्रका कार्य,क्रियाकलाप तथा संगठनात्मक व्यवस्थाहरू संगठित गर्ने ,मूल्यांकन गर्न र कार्यकुशलता पूर्वक व्यवस्था गर्ने बर्दिबास नगरपालिकाकि सहकारी शाखाकी प्रेम कुमारी कार्कीले जानकारी गराइन् ।

News Link: www.souryaonline.com/2024/01/570203.html?fbclid=IwAR1QJxFHm7zRINiJ-2IUAo37GN05UgMyITKmb8dUlAAY8GBMh-eJGpaImIs

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020