RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

रौतहटमा सहकारी र आइएमइ रेमिटान्सबीच अन्तरक्रिया

आरके श्रीवास्तव२०८० पुष १७ गते १९:४५ मा प्रकाशित

रौतहट । समृद्धि आयोजना आयोजना व्यवस्थापन कार्यालय इटहरि सुनसरीको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा सहकारी र आइएमइ रेमिटान्सबीच अन्तरक्रिया सम्पन्न भएको छ ।

नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय ग्रामीण तथा विप्रेशन आयोजना (समृद्धि) अन्तर्गत एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । गत बिहीबार भएको कार्यक्रममा आइएमइ रेमिटान्स कम्पनीका मधेस प्रदेश प्रमुख विजय सुवेदीबाट रेमिटान्सको हालको अवस्था, अवसर, चुनौती र सहकारी संस्थाको माध्यमबाट रेमिटान्सलाई कसरी लगानीयोग्य ऋण र बचतमा प्रोत्साहन गर्ने इत्यादी विषयमा व्यापक छलफल गरिएको थियो ।

आइएमइ लाइफ इन्स्योरेन्सका मधेस प्रदेश प्रमुख रवि शंकर सर्राफबाट वर्तमान अवस्थामा सहकारी संस्थाको ऋणलाई जोखिमबाट जोगाउन ऋणीको पनि विमा गर्न सकिने र यसको प्रावधान के कस्तो रहेको छ भने जानकारी गराइएको थियो । त्यस्तै ऋणीको विमा गर्दा भुक्तानी गर्नुपर्ने विमा शुल्क र विमितको मृत्यु वा दुर्घटना हुँदा के कस्तो सेवा पाइने कुरामा जानकारी गराइएको थियो ।

अन्त्यमा रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा रहेको नव विकास बचत तथा ऋण सहकारी संस्थाको मुख्य व्यवस्थापक यज्ञप्रसाद प्रसाइबाट समृद्धिको प्राविधिक सहयोगमा सञ्चालित समृद्धि विप्रेषण खाताको विशेषता,अवस्था,चुनौती र यसको कार्यविधिको छलफल र जानकारी प्रदान गरेका थिए । कार्यक्रम सञ्चालक समृद्धि आयोजना विक्तिय समावेशिकरण अधिकृत इन्दिरा श्रेष्ठले समृद्धि आयोजनाको आगामी ६ महिनाको योजना तथा कार्यक्रमको बारेमा प्रष्ट पारेकी थिइन् ।

News Link: www.souryaonline.com/2024/01/569747.html

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020