RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

तालिमका सहभागीहरु परिचालन गरि भोजपुरमा पशुहरुमा देखिएको महामारीको क्षति कम गर्ने प्रयास

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र भोजपुर नगरपालिकाको साझेदारीमा भोजपुर नगरपालिकाका दुई स्थानमा संचालन   भईरहेको सामुदायिक पशु सहायक तालिमका जम्मा ४० जना सहभागीहरुलाई भोजपुर नगरपालिका पशुपंछी शाखाको समन्वयमा हालै गाईभैँसीहरुमा देखापरेको पक्स समूहको काप्रीपक्स भाइरसवाट लाग्ने लम्पी स्किन रोग रोकथामका लागि परिचालन गरिएको छ । नगरपालिकाका मेयर कैलाश कुमार आलेका अनुसार नगरका किसानहरुलाई परेको यस विकराल समस्याका बेला तालिममा तयार भईरहेका जनशक्तिहरु मार्फत पालिकाले खरिद गरेको औषधि किसानका गोठहरुमा गई रोग लागेका पशुहरुसम्म पुर्याई सेवा प्रदान गर्न आफुहरुलाई धेरै सहज भएको बताउनुभयो । “अब यी जनशक्तिहरुलाई पालिका कै सम्पत्तिका रुपमा लिएका छौं” उहाँले भन्नुभयो ।

पशुपंछी शाखाका पशुचिकित्सक सन्तोष कटुवालका अनुसार बिहानको समयमा संचालित तालिम पश्चात दिउँसोको समयमा सहभागीहरुलाई परिचालन गरि हालसम्म नगरका ४ वटा वडामा सो रोग पत्तालागेका लगवग २५० भन्दा बढी गाई र गोरुहरुलाई लक्षणका आधारमा औषधि वा सुई मार्फत एन्टिबायोटिक औषधि दिईएको छ । सो औषधिसंगै बिरामी पशुहरुलाई आवश्यकता अनुसार ज्वरो वा सुन्निएको कमगर्ने र रोगसंग लड्ने क्षमता बढाउने औषधि समेत दिईएको छ । तालिमका सहभागीहरुका कारण छोटो समयमा पनि यति धेरै किसानहरुकहाँ  सम्म पुग्न सहज भएको र अन्य वडाहरुमा पनि यसरी नै अघि बढ्ने योजना रहेको बताउंदै उहाँले कृषिसंग सम्बन्धित व्यवासायिक तालिमहरुले दक्ष प्राविधिक अभाव रहेका भेगहरुमा सो अभावलाई पूर्ति गर्नेगरेको समेत भन्नुभयो ।

नेपालमा तीव्र गतिमा फैलिरहेको लम्पी स्किन रोग विशेष गरी गाईगोरुमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ । यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुनिने जस्ता लक्षण देखापर्ने र अन्त्यमा मृत्यु सम्म हुने देखिएको छ ।

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020