RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

समृद्धि आयोजनाको सहयोगमा प्रदेश दुईका २० महिलालाई मिस्त्री तालिम दिलाईयो

प्रकाशित : भाद्र २, २०७८ ०९:१२, प्रदेश २,  कान्तिपुर सम्वाददाता

लिङ्कः https://ekantipur.com/pradesh-2/2021/08/18/162925724281362283.html?fbclid=IwAR2wpZPNstDMhKJR_CsOLt5XzOZhyRIiVzEAvjOeh4rVjK3vTNIzGhQzHzE

सप्तरी — पवनीदेवी रामलाई अचेल बिहान निकै हतार हुन्छ । घर सफाइदेखि लिएर खाना बनाउने सामग्री तयार पार्छिन् । अनि छोरीलाई खाना पकाउने जिम्मा दिए पति बलरामसँग काममा जान्छिन् ।  सप्तरीको राजविराज नगरपालिका–१ चनौराकी पवनीदेवी राजमिस्त्री हुन् । पहिले उनी इँटा, गिट्टी, बालुवा र सिमेन्ट उठाउने लेबरको काम गर्थिन् । ‘लेबरको काम गर्दा दैनिक ६ सय रुपैयाँ कमाइ हुन्थ्यो ।

अहिले सीप सिकेर मिस्त्री बनेको छु,’ उनले भनिन्, ‘दैनिक एक हजार रुपैयाँ कमाइ हुन्छ । घरको कमाइ पनि दोब्बर भएको छ ।’ १५ वर्षअघि विवाह गरेकी उनका १ छोरा र ३ छोरी छन् । जेठी छोरी १० कक्षामा पढ्छिन् । ‘पहिले छोराछोरीको पढाइमा पैसा नपुग्दा ऋण लिनुपर्थ्यो,’ उनले भनिन्, ‘मिस्त्री भएर कमाउन थालेपछि ऋण लिनुपरेको छैन ।’

पवनीदेवीकी छिमेकी उषादेवी रामको दैनिकी पनि एक महिनायता फेरिएको छ । इलेक्ट्रिसियन काम गर्ने उनका पति शिवनारायणको कमाइबाट परिवार चल्दै आएको थियो । तर सीप सिकेर मिस्त्री भएपछि उषादेवीले पनि दैनिक एक हजार रुपैयाँ कमाउन थालेकी छन् । उनीहरूजस्तै राजविराज–१ चनौराका चमार समुदायका २० महिलाले राजमिस्त्रीको सीप सिकेका हुन् । सीपसँगै उनीहरूको जीवनस्तर पनि परिवर्तन हुन थालेको छ । साथै आर्थिक रूपमा समेत सक्षम बन्दै गएका छन् ।संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) मार्फत उनीहरूले तालिम पाएका हुन् । उनीहरूलाई ६५ दिनको तालिम दिइएको हो । आयोजनाका अनुगमन अधिकृत रोशन दर्नालले महिलाहरू घर बनाउन सक्षम भएको बताए । अब स्थानीय ठेकेदारसँग समन्वय गरेर उनीहरूको रोजगारीलाई दिगो बनाइने उनको भनाइ छ ।

हालका समाचार

Copyright RERP | SAMRIDDHI © 2020