RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

समाचार

बाईस वटा स्थानिय सरकारका प्रमुख तथा प्रतिनिधिहरुसँग समन्वयात्मक कार्यशाला गोष्ठी सम्पन्न

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को सहसम्भाग ‘मर्यादित रोजगार’ कार्यक्रम अन्तर्गत तालिम तथा रोजगार सेवा प्रदायक संस्था मार्फत नतिजामा आधारित भुक्तानिको आधारमा बजारोन्मुख अर्थात श्रम बजारको माग अनुरुप बेरोजगार युवाहरुलाई शिपमूलक तालिममा दिक्षित गरि  रोजगारीको  सृजना गर्न सहयोग गरिन्छ । कार्यक्रमले सन् २०२२ सम्ममा ३०,००० युवाहरुलाई तालिम प्रदान गर्ने र तालिम पश्चात उनीहरुलाई रोजगारीमा जोड्ने गरी काम गरिरहेको छ । हालसम्म १५, ११५ युवाहरुले तालिम पाइसकेका र ति मध्ये करिब ८०% प्रभावकारी रोजगारीमा आवद्ध भैसकेकाछन् । तालिम तथा रोजगारीको कार्यन्वयनका विभिन्न चरणहरु जस्तै स्थानिय श्रम बजारको मागलाई प्रमाणित गर्ने, तालिमको आह्वान गर्ने, सहभागि छनोट गर्ने, तालिमको अनुगमन गर्ने र तालिम प्राप्त व्यक्तिहरुलाई रोजगार शाखाले सूचीकृत गर्ने जस्ता कार्यहरुमा स्थानीय सरकारसंग सहकार्य हुँदै आएको छ । आयोजना र स्थानिय सरकार विच यस कार्यक्रमलाई लिएर विगतमा भएका सहकार्यका अभ्यासहरुको फलस्वरुप अब साझेदारीताको चरणमा प्रवेष गर्न वाञ्छनीय देखिएकोले आयोजनाले स्थानीय सरकारसंगको साझेदारीलाई प्राथमिकताकामा राख्दै योजना तर्जुमा गरेकोछ  । सोही योजना बमोजिम साझेदारीलाई अगाडी बढाउने हेतुले आयोजनाले मधेश प्रदेश  र प्रदेश १ का गरि १९ वटा विभिन्न पालिकाहरुसँग समन्वयात्मक कार्यशाला गोष्ठीहरुको आयोजना गरि लागत साझेदारीमा १५०० युवाहरुलाई व्यवसायिक सीप तालिम प्रदान गरी रोजगारीमा जोड्दै स्थानिय सरकारको व्यवसायिक सीप तालिम रोजगार सम्बन्धि  प्रणाली विकासका लागि साझा बुझाइ स्थापना गर्ने कार्य सम्पन्न भएको छ । गोष्ठीमा उपस्थित पालिक प्रमुख तथा प्रतिनिधिहरुले १०% देखि २५ % सम्मको लागत साझेदारीमा सहकार्य गर्न सकिने प्रतिबद्धता गर्दै सहकार्यका क्षेत्रहरुका रुपमा व्यवसायिक सीप तालिमहरुको विकासका लागि योजना तथा नीति निर्माणका साथै तथ्यान्क व्यवस्थापनलाई औल्याएका थिए । समन्वयात्मक कार्यशाला गोष्ठीहरु निम्न मिति स्थान तथा सहभागितामा सम्पन्न गरिएका थिए।

मिति

स्थान

सहभागी

भदौ २०, २०७९

5th September 2022

हिले, धनकुटा

म्याग्लुङ नगरपालिका: नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत  सुचना अधिकृत । भोजपुर नगरपालिका: नगरप्रमुख, क्रेडिट कार्ड, सुचना अधिकृत – भोजपुर, नगरपालिका इन्जिनियर,   किसान क्रेडिट अधिकृत ।फेदाप नगरपालिका: निमित्त प्रमुख प्रशासकिय अधिकृत, रोजगार सयोजक, कार्य पालिका सदय । SAMRIDDHI – RERP:  आयोजना प्रमुख, लेखा अधिकृत, आयोनाका कर्मचारी, मर्यादित रोजगारका लागि हेल्वेटास नेपालबाट प्राबिधिक सहयोगका लागि खटाइएका   टिमलिडर  तथा अन्य कर्मचारीहरु ।

भदौ २०, २०७९

6th September 2022

इटहरी, सुनसरी

बेलका नगरपालिका:  नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सामाजिक शाखा प्रमुख, रोजगार, शिक्षा अधिकृत । बाराह्क्षेत्र नगरपालिका:  नगर उपप्रमुख, सामाजिक शाखा प्रमुख,  । केराबारी नगरपालिका:  निमित्त प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत, रोजगार सयोजक ।

SAMRIDDHI – RERP : आयोजना प्रमुख, लेखा अधिकृत, आयोनाका कर्मचारी, मर्यादित मर्यादित रोजगारका लागि हेल्वेटास नेपालबाट प्राबिधिक सहयोगका लागि खटाइएका   टिमलिडर  तथा अन्य कर्मचारीहरुका साथै हेल्भेटास नेपालको नेपाल स्थित केन्द्रिय कार्यलयका कर्मचारीहरु ।  

भदौ २०, २०७९

8th September 2022

बर्दिवास,  महत्तोरी

निजगढ नगरपालिका: नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, रोजगार संयोजक, शिक्षा अधिकृत । कोलहबी नगरपालिका :  नगर उपप्रमुख, रोजगार संयोजक । डाकनेश्वरी नगरपालिका : नगर उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृत, पशु विकास अधिकृत,   दुधौली नगरपालिका : नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, आन्तरिक लेखा परिक्षक अधिकृत । रुपनी गाँउपालिका: उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, उपाध्यक्ष, शिक्षा शाखा प्रमुख । बरहथवा नगरपालिका : प्रमुख प्रशासकिय अधिकृत, शिक्षा अधिकृत, कार्यक्रम अधिकृत सहिदनगर नगरपालिका: प्राबिधिक सहायक ।

SAMRIDDHI – RERP : आयोनाका कर्मचारी, मर्यादित मर्यादित रोजगारका लागि हेल्वेटास नेपालबाट प्राबिधिक सहयोगका लागि खटाइएका   टिमलिडर  तथा अन्य कर्मचारीहरुका साथै हेल्भेटास नेपालको नेपाल स्थित केन्द्रिय कार्यलयका कर्मचारीहरु ।  

 

भदौ २०, २०७९

9th September 2022

बर्दिवास,  महत्तोरी

 

ईश्वरपुर नगरपालिका : नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, रोजगार संयोजक,  । धनगढीमाई नगरपालिका : नगरप्रमुख, वृन्दावन नगरपालिका  : नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत,  रोजगार संयोजक, नगर प्रमुखको स्वकिय सचिव ।   हरिवन नगरपालिका: नगरप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखा प्रमुख, उद्धम विकास संयोजक,   ।   लालबन्दि नगरपालिका: नगरप्रमुख, योजना तथा अनुगमन अधिकृत । कर्जन्हा नगरपालिका : नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडा सदस्य,  सचिवालय सदस्य, रोजगार संयोजक बर्दिवास नगरपालिका :   प्रमुख प्रशासकिय अधिकृत, रोजगार संयोजक ।  नगराइन  नगरपालिका : निमित्त प्रमुख प्रशासकिय अधिकृत ।   क्षिरेश्वरनाथ  नगरपालिका : कार्यक्रम अधिकृत । RERP : आयोजना प्रमुख, आयोजनाका कर्मचारीहरु, मर्यादित रोजगारका लागि हेल्वेटास नेपालबाट प्राबिधिक सहयोगका लागि खटाइएका   टिमलिडर  तथा अन्य कर्मचारीहरु ।

 

 

 

हालका समाचार

श्री सरोज प्रसाद गुरागाईं

आयोजना प्रमुख
Project Management Office(PMO)
Ph: 025 476473
pm.rerp@moics.gov.np

Mr. Rajendra Ojha

लेखा अधिकृत
Project Management Office(PMO)
Itahari, Sunsari 025-476476 Ex No. 202
account.rerp@moics.gov.np

Copyright RERP | SAMRIDDHI © 2020