RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

युवा लक्षित तालिम हाँसिल गरी स्वाबलम्वी बन्ने अवसर प्राप्त भयो

कोपिला ठकुरी (३६ वर्षिया) आफ्ना श्रीमान विकास मुखिया, १६ वर्षिय छोरा तथा सासुका साथमा धनकुटा नगरपालिका वडा नम्बर १ हिलेमा बस्दछिन् ।  उनका श्रीमान पलम्बरको काम गर्दछन् भने उनी आफ्ना श्रीमानसँगै भवन विद्धुतकर्मीको काम गर्दछिन् । श्रीमान तथा श्रीमती दुवैजनाको मेहनतले उनीहरुको परिवारको आर्थिक अवस्था सन्तोषजनक हुँदै गइरहेको छ । अहिले आएर जीवन सहज भएको भएता पनि अतितका कठिन दिनहरु सम्झदै कोपिला भन्छिन, “हामीले १७ -१८ को उमेरमा नै अन्तरजातिय विवाह गरेका थियौ । हामी दुबै जना अपरिपक्व र बेरोजगार थियौं । पछि मेरो श्रीमानले प्लम्बिङको काम गर्न थाल्नु भयो । छोरा पनि जन्मेपछि खर्च बढ्दै गयो । वहाँको कमाइले मात्रै नपुग्ने हुनथाल्यो । मैले पनि केही गर्न पाए हुन्थ्यो सोच्दथें तर आफूसँग न उच्च शिक्षाको सर्टिफिकेट थियो नत कुनै सिप नै । भवन विद्धुतकर्मीको  तालिम पाए पछि भने  आर्थिक रुपले सबल हुने मेरो इच्छा पूरा हुन पुगेकोछ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि विकासका लागि अन्तरराष्ट्रिय कोष बीचको साझेदारीमा सञ्चालित समृद्धि आयोजना अन्तर्गत कोपिलाले २०७६ सालको असार महिनादेखि भदौसम्म चलेको भवन विद्धुतकर्मीको तालिम प्राप्त गरेकी हुन् । स्थानिय स्तरमा उक्त तालिमको व्यवस्थापन जयन टेक्निकल कलेज अफ टेक्नोलजी  प्राइभेट लिमिटेडले गरेको थियो । स्थानिय एफएमबाट उक्त तालिम सञ्चालन हुँदैछ र सो तालिममा सहभागी हुन महिलालाई पनि अह्वान गरेको सुनेपछि  उनले पनि तालिममा सहभागी हुने सोच बनाइन् । उनका श्रीमानले पनि उनलाई तालिम लिन पाए दुबैजना सँगसँगै काम गर्न सकिन्छ भनेर भनेपछि उनी प्रोत्साहित हुदै आफ्ना छिमेकी महिला साथीहरुलाई पनि तालिममा सहभागी हुनका लागि आग्रह गर्न तिर लागिन् फलस्वरुप उनी लगायत पाँच जना महिलाहरुले भवन विद्धुतकर्मीको तालिम प्राप्त गर्न पाए । उनीसँगै तालिम लिएका मध्ये बाँकी ३ जना महिलाहरु विद्धुतकर्मीको काम गरिरहनुभएको छ ।

तालिम सम्पन्न भएको एक वर्षको अवधी भित्रै उनका श्रीमानले पानीको पाइप जडानका लागि प्राप्त गरेको दशवटा घरको ठेक्कामा उनले पनि काम गरिन् । यसरी काम गर्दा उनको आफ्नो मात्रै एक वर्ष भित्रको कमाइ दुई लाखभन्दा माथि नै रहेको  उनी सगर्व सुनाँउदछिन् । उनी थप भन्दछिन् “तालिम लिन पाएकोमा म निक्कै खुसी छु । मसँगै तालिम लिनुभएका मेरा साथीहरु पनि राम्रो कमाइ गरिरहनुभएको छ । कोरोना महामारीका कारण भएको वन्दावन्दिको बेला अन्य व्यापार व्यवसाय ठप्प भएका थिए तर हामी भने काम गर्न पाइरहरेका थियौं । काम गरी आफ्नै खुट्टामा उभिने मेरो सपना साकार गरिदिने समृद्धि परियोजना प्रति म आभारी छु ।”

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020