RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

तालिमले नै बनायो आत्मनिर्भर

सधै भरि घरायसी काममा मात्र व्यस्त भैरहदा  पनि  काम भने कहिल्यै नदेखिने  पैसाको  कमाइ हुनु त धेरै टाढाको कुरा । यो समस्या थुप्रै नेपाली महिलाहरुको भए झैं जितपुर सिमरा वडा नं. १५ डुमरवाना वस्ने ३२ वर्षिया शर्मिला ढुङ्गानाको पनि थियो । दुई छोराछोरीको पढाइ अनि घरायसी खर्च श्रीमान एक जनाको कमाइले धान्न मुस्किल भएकोले थप अर्थोपार्जन हुने केही काम गर्ने चाहना उनलाई पहिले देखि नै थियो । तथापी भन्ने वित्तिकै काम पाँउन कहाँ पो सकिन्थ्यो र । आफ्नो हातमा सिप नभएकाले के काम गर्ने, काम खोज्न कहाँ जाने भन्ने अन्योलमै भैरहन्थिन शर्मिला । यसै बीच २०७६ बैशाख महिनामा उध्योग बाणिज्य तथा आपूर्ति मंत्रालय को आयोजना समृद्धि अन्तर्गत साना व्यवसाय तालिम तथा परामर्श सेवा प्रा.ली.द्वारा उहाँ कै टोलमा निःशुल्क सिलाइ तालिम खुल्यो । उनी भन्छिन “साथीका माध्यमबाट तालिम खुलेको कुरा थाहा पाए र दरखास्त दिए ।  तालिमका लागि छनौट हुँदा असाध्यै खुसी भए।”

सुरुमा त उनलाई उक्त तालिमबाट परिवारको कपडा सिलाँउन सम्म सक्षम भएर सिलाइमा लाग्ने खर्च बचत गरि परिवारको आर्थिक भार अलिकति भएपनि कम गर्न सक्ने  भैइन्छ होला लागेको थियो । तालिमका दिनहरु सम्झदै शर्मिला भन्छिन्‚ “पहिला कहिल्यै सिलाई मेसिन नचलाएकोले ६५ दिनमा कति नै सिक्न सकिएला र भन्ने पनि लागेको थियो तर तालिममा सिकाइने तरिका अनि मेरो  मेहनतका कारण धेरै कुराहरु छिटोछिटो सिक्न पाए । त्यसपछि त आत्म–विश्वास पनि बढ्यो । तालिम सकिने वितिक्कै सिलाइ मसिन र आवश्यक औजार खरिद गरी आफ्नै घरमा सिलाइको काम सुरु गरिहाले।”

आरम्भमा त शर्मिलालाई काम पाउँन धेरै नै अप्ठयारो भएको थियो । डुमरवाना बजारमा टेलरहरु प्रशस्त भएको अनि छरछिमेकमा पनि थुप्रै सिलाइ तालिम सिकेका महिलाहरु भएकाले बजारमा प्रतिस्पर्धा उच्च  थियो ।  शर्मिलालाई यस पेसामा अगाडि बढ्न साच्चै नै चुनौतीपूर्ण लागेको थियो । तर उनले हिम्मत भने  हारिनन् । छिमेकमा नजिकैको साथीले सिलाइ व्यवसाय गर्ने भएकाले शर्मिलाले उनीसँग आफूलाई केही काम दिनका लागि अनुरोध गरिन र त्यहीबाट अर्डर  अनुसारको पोसाक तयार पार्न  थालिन् । कामका सुरुवाती दिनहरु सम्झदै शर्मिला भन्छिन्‚ “नजानेको कामहरु पनि साथीकै मा गएर सिकें । कहिले आफ्नो घरमा नै  त कहिले साथीको पसलमा गएर काम गर्दै आफ्नो सिपमा  निखार ल्याएर कमाइ पनि बढाउदै गएकी छु ।”

तालिम पछि नियमित काम गरिरहेको र मासिक औषत रु १२००० जति कमाइ गरिरहेकी  शर्मिलाको सन् २०२०को लक डाउँनको अवधिमा पनि आम्दानीमा कमि आएको थिएन् । लक डाउँनको समयमा मास्कको चौतर्फी अभाव भैरहको बेला आफैंले मास्क उत्पादन गरी समूदायको आवश्यकताको परिपूर्ति गर्दै आफ्नो आम्दानी पनि उनले  बढाएकी  थिइन् । जितपूर सिमरा उप–महानगरपालिका, वडा कार्यालय र साना कृषक कृषि सहकारी संस्थासँग थोक परिणाममा मास्क उपलब्ध गराउँनका लागि समन्वय गरेकी थिइन् । उनले आफूले उत्पादन गरेका मास्कहरु खुद्रामा पनि उपलब्ध गराउदै आएकिछन् । नगरपालिका र वडा कार्यालय मार्फत ६००० थान र साना किसान कृषि सहकारी मार्फत २५०० थान मास्क उत्पादनको काम पाएपछि शर्मिलाको आत्मविश्वासमा  वृद्धि भएको हो  । बजारमा मास्कको अभाव भएकोले स्थानीय स्तरमा खुद्रामा पनि राम्रो व्यापार भएकोले वन्दावन्दीको समयमा शर्मिला मास्क उत्पादन मै केन्द्रित भएकी थिइन् । सिप सिकेर आर्थिक अवस्थामा सुधार आएको त छदै छ त्यस माथि पनि नगरपालिका, वडा तथा सहकारी संस्थाहरुसँगको समन्वय बढेको र समाजमा पनि धेरै मानिसहरुले चिन्न थालेको कुरा शर्मिला सगर्व सुनाँछिन् । उद्योग व्यवसायसँग थोक परिणाममा काम लिन सके आफ्नो लगानी पनि धेरै नलाग्ने, आफ्नो अनुकुलको समयमा काम गर्न सकिने र काम ठूलो परिमाणमा पाइने भएकाले कमाइ पनि राम्रो हुने शर्मिलाको अनुभव छ । आफूले कमाइ गर्न थाले पछि घरको आवश्यकताहरुको परिपूर्ति  गर्न मात्रै  सजिलो भएको छैन  बरु उनले स्थानीय सहकारीमा वचत समेत गर्न पाइरहेकी छिन् । छोटो समयको सिपले आफुलाई आत्मनिर्भरताको बाटोमा डोर्याएकोमा शर्मिलालाई गर्व महशुस हुन्छ । सिकेको सीपको व्यवहारिक प्रयोग गरी फाईदा लिने लक्ष्य राखेर अगाडि बढे अवश्य  पनि सफल हुन सकिन्छ भन्ने  उनको सन्देश रहेकोछ ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020