RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

असफलतापछि पाइएको सफलताको कथा

माधुरी कुमारीको घर रौतहट जिल्लाको दक्षिणी सिमानामा अवस्थित छ । उनका श्रीमान कामको खोजीमा भारत तिर गैरहनुहुन्छ । उनको गाँउमा राम्रो बिद्यालयको अभाव भएकाले उनी आफ्ना बालबालिका पढाउन भनी निजगढ बस्दै आइरहेकी थिइन् । त्यहाँ बस्न थाले पछि बिहान बेलुका खाना पकाउने अनि बच्चाहरुको लुगा धुने र सरसफाइ गरेर पनि दिउँसोको समय उभरिन्थ्यो । कुनै व्यवसाय सुरु गरेर उनी त्यो आफ्नो फुर्सदिलो समयको उचित उपयोग गर्न चाहन्थिन् । उनीसँग व्यापार व्यवसायको कुनै अनुभव नभएका कारण उनको व्यवसाय गर्ने प्रस्ताव सुरुमा  उनका श्रीमानलाई मन परेको थिएन् । तर पछि उनका श्रीमान सहमत भएपछि उनले सहिद चोक, निजगढमा एउटा कस्मेटिक पसल सुरु गरिन ।

कस्मेटिक तथा सौन्दर्य सामग्री सम्बन्धि ज्ञान तथा अनुभव नभैकनै  व्यवसाय सुरु गरेकाले उनले व्यापारमा घाटा बेहोर्नु  पर्यो । उनलाई सधैं लाग्दथ्यो कि आफूसँग सौन्दर्य व्यसायको ज्ञानसिप भएको भए उनलाई पसलबाट  फाइदा नै हुन्थ्यो । उनी सौन्दर्य व्यवसायसँग सम्बन्धित सिप सिक्ने चाहना पालिरहेकै बेला उदयोग, बाणिज्य तथा आपूर्ति मञ्त्रालय अन्तर्गत सञ्चालित समृद्धि आयोजना अन्तर्गत कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले सहायक व्युटीशियन लेभल १को  तालिमको सञ्चालन गर्न लागेको थाहा पाइन । तालिमका लागि छनौट भएर २०७६ को वैशाख देखि श्रावणसम्म चलेको तालिमका दौरान उनले सौन्दर्यकर्मीको सिप सम्बन्धि सिप मात्र हैन कि व्यवसाय के कसरी गर्ने भन्ने सिप पनि पाइन ।

तालिम पश्चात उनले  नातेदारहरुसँग रकम सापटी लिएर आरोही कस्मेटिक तथा व्युटीपार्लर नामको पसल  स्थापना गरिन । तालिममा सिके अनुरुप व्यसायलाई सफल पार्न  व्यवसायिक सेवामा विविधिकरणको रणनीति अपनाउँदै उनले आफ्नो व्युटी पार्लरमा ग्राहकहरुलाई  कस्मेटिक सामाग्रीका साथै सौन्दर्य हेरचाह सम्बन्धि सेवा पनि प्रदान गरिरहेकिछन् । पसलमा उनले आफूसँगै  तालिम लिएका दुई जना साथीहरुलाई सहयोगीका  रुपमा रोजगारी पनि दिएकिछन ।  उनको  मासिक

आफ्नो सफलताबाट खुसी हुदै उनी भन्छिन्, “मेरो समुदायका धेरै कम महिलाहरु म जस्तो  उद्धमी भएर आफै कमाउन सक्ने भएका छन् । म आफ्नो कमाइले व्यवसाय सुरु गर्दा लिएको ऋण तिर्दै छोराछोरीहरुलाई नीजि विद्यालयमा पढाउन सकिरहेकी छु । अवसर पाएका कारण म जसरी आफ्नो खुट्टामा उभिन सक्ने भएकी छु । त्यसैगरी अवसर पाए, मार्गदर्शन पाए मेरा समुदायका अन्य दिदी बहिनी पनि आर्थिक रुपमा सक्षम हुन सक्छन् । ”

आम्दानी रु. ३०, ००० भन्दा माथि नै रहेको छ । अन्त्यमा उनी भन्छिन, “मलाई सिप सिक्न अवसर जुटाइदिएर आत्मनिर्भर बन्न सहयोग गर्ने समृद्धि परियोजना सञ्चालन गर्ने उध्योग, बाणिज्य तथा आपूर्ति मञ्त्रालय, परियोजनालाई आर्थिक सहयोग गर्ने कृषि विकासका लागि अन्तराष्ट्रिय कोषको तथा प्राविधिक सहयोग हेल्भेटासको नेपाललाई धन्यवाद दिन चाहन्छु ।”

 

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020