RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

सिप हाँसिल गरेपछि विदेशिनु परेन

बागमती–५, सर्लाहीका ४२ बर्षिय हस्त बहादुर अधिकारी कुवेतमा छ बर्ष कार्यालय सहयोगीको रुपमा काम गरी २०७४ सालमा नेपाल फर्केका थिए । यस अघि उनी सर्लाहीमा खेतीपातीको काममा मजदुरी गर्थे । नेपाल फर्के पछि पनि न त खेतिपातीको आम्दानीले घरव्यवहार धान्न सजिलो थियो न कुनै काम गरि खानका निम्ति सीप नै थियो । पाँच  जनाको परिवार र तीन जना बालबच्चाहरुको पढाइ खर्च कसरी धान्न भन्ने चिन्ताले उनलाई दिनरात सताइरहेको थियो उनीलाई । फेरि पनि विदेशीनी नै  सोचाइ बनाए उनले । तर यो पटक विदेश जान त्यति सजिलो भएन् । काठमाण्डौका म्यानपावर कम्पनीले कुनै सिप विना विदेश पठाउन नमाने पछि यो प्रयास उनका लागि निर्थक साबित भयो  । 

२०७६ बैशाख को अन्तिम सातातिरको कुरा हो । उनी चौतारीमा बसिरहेको बेला गाउँकै एक जना  साथीले उनीहरुकै गाँउमा जुनियर प्लम्बर तह–१ को निःशुल्क तालिम संचालन हुन गैरहेको र त्यसमा सहभागी हुनका लागि आफू आवेदन दिन जान लागेको कुरा अवगत गराए । हस्त बहादुरलाई यो कुरा थाह पाँउदा ‘ढुंगा खोज्दा देउता भेटे झैं लाग्यो । उनै साथी संगै वडा कार्यालयमा पुगेर उनले पनि आवेदन फाराम भरे । नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वयवस्थापनमा कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोग तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) को आर्थिक सहयोग र वर्ड वाइड टेक्निकल तालिम प्रा. लि. ले गाउँमै यो अवसर जुटाएको थियो ।

शुरुमा तालिम नै नहुने हो कि भन्ने अशंका थियो । प्लम्वरको पनि तालिम हुन्छ र भन्थे मानिसहरु । ४० वर्ष कटेका उनलाई अर्को डर थियो कतै उमेर हदबन्धीका कारण तालिम लिन नपाइने पो हो कि भन्ने । तर अन्ततोगत्वा उनी तालिमका निम्ति छनौट भए । आवश्यक तयारी र प्रकृया पुरा भएपछि गाउँकै एक सामुदायिक भवनमा २०७६ जेष्ठ १२ गतेबाट जुनिएर प्लम्बर तह–१ को ६५ दिने तालिम शुरु भयो ।

बैदेशिक रोजगारीको क्रममा विभिन्न हण्डर खाएका हस्त बहादुरले लगानशिलताका साथ सीप सिके । ६५ दिने तालिम सिद्धिएको उनलाई पत्तै भएन । मुख्य प्रशिक्षक र सह–प्रशिक्षकले सिकाइमा कुनै कमि हुन दिएनन् । चाहे कक्षा कोठामा हुने सैद्धान्तिक कक्षा होस वा वर्कसपमा हुने प्रयोगात्कम कक्षा होस उनले खुव मेहनतका साथ सहभागिता जनाए । वास्तविक कार्यस्थलमा समेत प्रयोगात्मक काम (ओ.जे.टी.) गरेर सिक्ने अवसर पाएका थिए उनले । यसले ग्राहकको प्रतिक्रिया र सन्तुष्टि बुझ्नमा मद्दत पुर्याएको थियो । सिक्दा कुनै शुल्क तिर्नु नपरेको र खाजाको समेत व्यवस्था आयोजकले नै गरेकोले आफ्नो खर्च नभएको उनी बताउँछन् ।

“म बैदेशिक रोजगारीमा दुःख पाएको मान्छे । मलाई परिश्रम गर्न कुनै अप्ठ्यारो लाग्दैन । त्यसमा पनि परिवारसँगै बसेर मेहनत गर्दा त झन कुनै समस्या नै हुदैन् नी ।” उनी उत्साही भएर बताउँछन् । तालिम पछि शुरुमा उनले व्यवसायिक कुखुरा फर्ममा पानीधारा र शौचालय जोडेर राम्रै आम्दानी गर्ने मौका पाए । अहिले आफ्नै गाँउका घरहरुमा धारापानी जोड्ने काम गरिरहेका छन् । उनलाई दैनिक कम्तिमा रु.५०० सय कमाई गर्न कुनै समस्या छैन । कहिलेकाही त संगै तालिम लिएका ३÷४ जना साथीहरुलाई समेत संगै काममा लैजाने गर्दछन् उनी ।

उनले प्रशिक्षक धन सिह राजीसंगै काम गर्न सुर्खेत गएर काम गर्ने मौका पनि पाए । सुर्खेतमा प्रशिक्षकको निगरानीमा काम गर्दा सिपमा निखार आइ आम्दानी  पनि बढेर दैनिक रु ९०० हुन थाल्यो । उनी निश्चितताका साथ भन्छन्, “बेल्चा समाउन नजान्ने हातले रेञ्चु चलाउन सिकिसकेपछि कमाइ त हुने नै त भयो ।”  

 

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020