RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

ग्रामीण वित्त कार्यक्रमले धनकुटाको जनज्योति सहकारी संस्थाको कार्य क्षमतामा परिवर्तन ल्यायो

धनकुटा नगरपालिका वडा नं ६ मा अवस्थित जनज्योति वचत तथा ऋण सहकारी संस्था सदस्यको हिसाबले आज निकै ठूलो संस्था बनेको छ । २०७६ साल माघको पहिलो सातासम्ममा संस्थामा ४४५ जना शेयर सदस्य थिए ।आज ठिक एकवर्ष पछि २०७७ सालको माघमा आइपुग्दा सदस्यको संख्या वृद्धि भएर पहिलेको झण्डै दोब्बर अर्थात्  ८६९ पुगेको अवस्था छ ।

सदस्य मात्र हैन, संस्थामा ३७ लाख १० हजार ९३० रुपैया रहेको युवा स्वरोजगार कोषबाट लिएको कर्जा घटेर १८ लाख ८२ हजार ९६५ मात्र छ भने सदस्यसँग लगानीमा रहेको ऋण  १ करोड ७४ लाख २८ हजारबाट बढेर २ करोड ५ लाख ९४ हजार ९४ पुगेको छ । यस अवधिमा शेयर पुँजी ४५०,६०० ले बढेर १८ लाख २५ हजार ६ सय पुगेको छ । कोभिड १९ का कारण उल्लेख्य मात्रामा वचत फिर्ता हुँदा वचतको आयतनमा भने वृद्धि हुन सकेको छैन । संस्थामा २०७७ माघ मसान्तको तथ्यांकलाई हेर्दा वचत रु। १ करोड १८ लाख ५७ हजार ८८३ रहेको छ ।

सदस्य संख्यामा यस्तो लोभलाग्दो वृद्धि गर्न कसरी सम्भव भयो भन्ने जिज्ञासामा संस्थाका व्यवस्थापक यज्ञराज ढुंगेल यसको श्रेय संस्थाले संचालन गरेको वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिमलाई दिनुहुन्छ । उहाँ अगाडी थप्नुहुन्छ, “समृद्धि” आयोजनाले हाम्रो सहकारीसँग सहकार्य गरेपछि तीनदिने वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान प्रशिक्षक प्रशिक्षणमा सहभागी हुने अवसर मैले नै पाएँ । छोटो अवधिको तालिम भएपनि तालिममा बस्दा संस्थामा सदस्यको महत्व मेरा लागि घतलाग्दो विषय रह्यो । पछि समुदायमा गएर ५ वटा तालिम संचालन गर्यौं, सदस्य र गैरसदस्य गरी तालिममा १७४ जनाको सहभागिता रहेको थियो । तालिममा सदस्यता वृद्धिलाई विशेष जोड दियौं, यसबाट पनि उल्लेख्य मात्रामा सदस्य थपिए”।

यसै सन्दर्भमा संस्थाका अध्यक्ष विकास घिमिरेको राय छ, “समृद्धिबाट आएको वित्तिय साक्षरता भाग(१ तालिम संचालन गर्दै गर्दा सदस्य संख्या बढाउनै पर्ने लागेपछि संस्थामा वचत कारोवार गरिरहेका तर सदस्यता नलिएका साथि भाईलाई पनि सदस्य बन्न प्रेरित गरियो । पछि आएर समृद्धि आयोजनाद्वारा उत्पादक समुहसँग सहलगानीका लागि प्रस्तावना माग गर्दा सहकारीले पनि आफ्ना सदस्यलाई संगठित गरी प्रस्तावना हाल्न पाउने भएपछि हामीले पनि पाँचवटा समूह बनाई प्रस्तावना हाल्यौं । पछि ती समुहमा आवद्ध व्यक्तिहरुलाई पनि संस्थाको सदस्यता दिलाउने काम गरियो”।

“ समृद्धिसँग  साझेदारी नहुँदो हो त, वित्तिय साक्षरता तालिममा सहभागी नभइँदो हो, शायद हामी त्यहि ४०० सदस्यमै सिमित भएर रहन्थ्यौं होला । आयोजनाकै उत्प्रेरणामा हामीले सदस्यलाई उत्पादक समुहको रुपमा संगठित गर्यौं । बाख्रापालन समुहमा आबद्ध सदस्यलाई व्यावसायिक बनाउन र समृद्धिसँगको सह-लगानीका लागि आवश्यक पर्ने रकम ऋणस्वरूप कृषक सदस्यलाई उपलब्ध गराउने योजना रहेको छ । बाह्य कर्जाका लागि साना-किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आवद्धताका लागि रु. ७० लाखको लागि प्रक्रिया अघि बढाई सकिएको छ। यसका अलावा यसअघि ५० लाख ऋण लिएको युवा स्वरोजगार कोषसँग पनि कर्जा १ करोड कर्जा मागका लागि प्रस्ताव तयार गर्ने काम भइरहेको छ । ''हामी जसरी पनि ती पाँचवटा बाख्रापालक समुहका सदस्यहरुलाई उद्यमी बनाउने ध्याउन्नमा लागेका छौं।आफ्ना सदस्यलाई उद्यमी बनाउन जनज्योति सहकारी सदैव सदस्यहरुको साथमा रहनेछ।" अध्यक्ष-व्यवस्थापक दुबैको समान बुझाइ, साझा योजना र संयुक्त प्रतिवद्धता छ ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020