RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

तालिमले स्वाबलम्बी भएकी रञ्जु

काम गर्ने उत्साह र सीपले नै मानिसलाई सफल बनाउँछ भन्ने उदारण हुनु भएको छ धनगढी १०, सिराहाकी २६ वर्षिय रञ्जुकुमारी यादव । घरधन्दा र परिवारको स्याहार सुसारमा नै रञ्जुका दिनहरु बितिरहेका थिएँ । उहाँको श्रीमान स्थानिय बजारमा नै मजदुरी गर्नुहुन्छ । दुई जना जना छोराछोरी र आफु सहित ४ जनाको परिवारको खर्च धान्न श्रीमानकोमो कमाईले ज्यादै थोरै थियो । आफूले पनि केही काम गर्न पाए हुन्थ्यो जस्तो उनलाई सधै लागिरहन्थ्यो तर काम गर्न घर वाहिर जान पनि थुप्रै व्यवधानहरु थिए । जसमध्ये सीपको अभाव पनि एउटा थियो ।   सीपको खोजीमा  रहनु भएकी रञ्जुले आफ्नै टोलको व्यूटीपार्लर व्यवसाय गर्ने साथीका माध्यमबाट निःशुल्क सहायक व्यूटीसियनको तालिममा भर्ना हुनका लागि आवेदन खुलिरहेको जानकारी पाउँनु भयो ।

२०७६ सालको जेष्ठ महिनामा ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धी) अन्तर्गत क्रियटिभ स्कील्स प्रा.लि. ले संचालन गरेको सहायक व्यूटिसियन तह १ तालिमका लागि वहाँ छनौटमा पर्नु ुभयो । आफ्नो रुचीको पेशा र आवस्यकता दुवैले गर्दा धनगढी देखि लाहान सम्म गएर रञ्जुले मेहनतपूर्वक तालिम पूरा गर्नुभयो । उहाँ भन्नुहुन्छ “मलाई छिटो भन्दा छिटो आम्दानी हुने काम शुरु गरिहाल्नु थियो । त्यसैले तालिम सकिएको केहि दिनमा नै धनगढी १० स्थीत आफ्नै घरमा सालु व्यूटीपार्लरको स्थापना स्थापना गरें ।” व्यवसाय स्थापना गर्नका लागि लगानी जुटाउँने, मेशिन औजार तथा फर्निचरहरुको व्यवस्थापन गर्ने आदि कामका लागि वहाँले धेरै संघर्ष गर्नुपरेको थियो । शुरुमा चुनौतीपूर्ण लागे पनि आफुले गरेको आँट र प्रगतिलाई देखेर अहिले खुसी लाग्ने उँहा वताउँनु हुन्छ । उहाँले व्यवसायलाई वैधानिकता प्रदान गर्नका लागि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ताको प्रकृया समेत अगाडि बढाइसक्नु भएकोछ । व्यूटीपार्लर संचालनका साथ साथै उहाँले श्रृङ्गारका सामाग्रीहरु समेतको व्यापार गर्नु गर्नुहुन्छ । चाडवाड र विवाहको मौसममा व्यवसाय स्थापना गरेकाले शुरुकै अवस्था देखि नै राम्रो व्यापार भएको र महिनामा सरदर रु. १५००० जति आम्दानी भईरहेको उहाँ वताउँनुहुन्छ ।

तालिम लिएपछि धेरै कुरा बदलिएको अनुभव गर्ने रञ्जु भन्नु हुन्छ “आफ्नो रुचीको काम गर्न पाउँदा र घर परिवारको आवस्यकता पूरा गर्न पाउँदा धेरै खुसी लाग्छ ।”  छोराछोरीको पढाई खर्च आजभोली रञ्जु आफैले कमाएको पैसाले बेहोर्नुहुन्छ र वचत पनि राम्रो हुन थालेको वताउँनु हुन्छ । आफुसँग सीप र काम प्रतिको लगनशिलता भए घरमै बसेर पनि पैसा आर्जन गर्न सकिने रहेछ भन्ने उहाँको अनुभव छ । व्यवसाय गरेर आर्थिक उपार्जनका साथ साथै समाजमा पनि आफ्नो छुट्टै पहिचान भएकोमा उहाँलाई अझ वढि खुसी लागेको छ ।आगामी दिनमा यहि व्यवसायलाई विस्तार गर्दै लैजाने र तालिम केन्द्रको रुपमा पनि विकास गर्ने उहाँको योजना छ । साथै दर्ता प्रकृया पूरा भएपछि अरु थप कामदार राखेर व्यवसायलाई बढाउँदै लैजाने उहाँको सोच छ । तालिमले नै आफुलाई उद्यमको बाटोमा डो¥याएको र आफुलाई यस स्थान सम्म आउँन सफल भएकोमा असाध्य खुसी लागेको उहाँ वताउँनु हुन्छ ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020