RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

नयाँ प्रविधिले सहज बनायो

सुनिता चौलागाँइ, वर्ष ४८ एक छोरा, एक छोरी र श्रीमान् गरी चार जनाको परिवारमा चौ.न.पा ९, हडियामा बस्छिन् । वैदेशिक रोजगारीमा रहेका श्रीमान् शिव चौलागाँइको कमाइमा मात्र भर नपरी आफूले पनि केही गर्नुपर्दछ भन्ने मनसायले सुनिताले दुई ओटा लोकल गाईबाट व्यवसाय सुरु गरिन् । पाँच वर्षको विदेश बसाइपछि २०७३ सालमा शिव घर फर्किएपछि यी  दम्पतीले गाईपालनलाई अघि बढाउने निधो गरे । यसका अलावा खेतीपाती पनि गर्दथे । तथापि खासै राम्रो आम्दानी भने थिएन । 

कहिले स्थानीय साइकलवाला दुध सङ्कलक कहिले बरमझियाका पेडावाला र कहिले गाईघाटका डेरीवालालाई दुध बेच्ने सुनिताले त्यो बेला मिल्क होलिडेको समस्या खेप्नु पर्दथ्यो । गाईलाई खोरेत, थुनिलो लगायतका रोग लागेर दिक्क बनाउथ्यो । त्यसै बेला समृद्धि आयोजनाले कृषक समूहसँग सहकार्य गर्न प्रस्तावना आव्हान गर्यो  । यस्तै सहयोगी हातहरुको खोजी गरिरहेकी सुनिता गौरी गोसाइँ पशुपालन कृषक समूहमा आवद्ध भएर आयोजनाबाट सञ्चालित बि २ बि कार्यक्रम, वित्तीय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम र पशुपालन प्राविधिक तालिममा सहभागी  भइन् । त्यसपश्चात प्राविधिक रुपमा धेरै सहज भएको छ उनलाई । समृद्धि आयोजनाको आर्थिक सहलगानीमा गोठ सुधार, उन्नत घाँस खेती  र चाँपकटर जस्ता प्रविधि प्रयोग गरेपछि परम्परागत प्रविधिबाट धेरै पछि परिएको रहेछ भन्ने महसुस् भएको बताउँदै सुनिता भन्छिन्,

पहिला धेरै समस्या भयो, दबाइ पानीमा धेरै खर्च भयो । बस्तुलाई अहिले रोग कम लागेको छ । थुन पखालेर दुहुनु पर्ने, सरसफाइमा ध्यान दिनु पर्ने, ब्याउनु अगाडि र ब्याएपछि खुवाउने दाना तथा घाँसबारे ज्ञान भयो । थुनिलो नियन्त्रण भएको छ । गोठ सुधार भएपछि सरसफाइमा सुधार भएको छ | आफैँले घाँस उत्पादन गर्दा समयको बचत भएको छ ।  कुटि काटेर खुवाउदा बस्तुले पराल नास नपार्ने, एकैचोटि घाँस हालेर छोड्दा हुने, दुध पनि बाक्लो आउने, पहिले ४२ रु प्रति लि. बेचेको दुध अहिले ६० सम्म बिक्री भइरहेको छ ।”

अहिले उनको गोठमा भएको दुई  ओटा दुहुना र तीन ओटा गाभिनो जर्सी जातका गाईहरू परिवारको आयआर्जनको दरिलो स्रोत भएको छ । १२ लि. सम्म दैनिक दुध बेच्छिन् सुनिता । दुध सङ्कलन गर्ने चाँजोपाँजो मिलाउन चौ.न.पाले चिलिङ्ग भ्याटा सहयोग गरेपछि जनोत्थान कृषि सहकारी संस्थाले दुध सङ्कलन गर्दछ । जस्मा उनी सदस्य छिन् ।

श्रीमान् श्रीमती  खेती  र गाईबस्तुको चाकरमा खटिन्छन् । छोरी डिप्लोमा पढ्दै छिन् । छोरा वैदेशिक रोजगारीमा छन् । व्यावहारिक रुपमा सबै व्यवस्थापन मिलाएकोमा उनी सन्तुष्ट देखिन्छिन् । ‘दुईटी छोरीको विवाह गरियो । दुध बेचेर जोगाएको पैसामा थपथाप गरी दुई  कठ्ठा जति जग्गा जोडेका छौँ |’ उनले हामीसँग बताइन् । गत साल आफ्नै गोठमा उत्पादन भएको एउटा गाई र एक गोरु बेचेका थिए । पछि फेरि जुम्ल्याहा बाछी पायो । ती पनि ब्याउने छन् अहिले । ब्याएपछि एउटा माऊ चाहिँ बेच्ने योजना रहेको उनले बताइन् ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020