RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

बारामा प्रभावकारी बन्दै आप्रवासी स्रोत केन्द्रहरु

  गुरुप्रसाद गौतम २०७९,असार,१२ १७:२५

लिङ्क: teraisancharnews.comबारामा प्रभावकारी बन्दै आप्रवासी स्रोत केन्द्रहरु - teraisancharnews.com

बारा । बिदेशमा धेरै रकम कमाउन सकिने आशमा मलेशिया पुगेका बारा कोल्हवीका राजकिशोर चौधरी कोरोनामा घर बाहिर निस्किएको आरोपमा तीन महिना बढी जेलमा बस्न बाध्य भए । आफना पति जेलमा परेको र उद्धारमा सहयोग गरिदिन उनकी श्रीमती मिरा चौधरीले ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धि मार्फत सञ्चालन भईरहेको आप्रवासी श्रोत केन्द्र कोल्हबीमा अनुरोध गरेपछि केही समय पछिनै चौधरी जेलबाट निस्कन सफल भए ।

बाराको कोल्हबी बजारमा भेटिएका चौधरी दम्पतीले आप्रवासी श्रोत केन्द्रको सहयोगमा आफु मलेशियाको जेलबाट निस्कन सकेको भन्दै यो कार्यक्रमका सबैलाई धन्यवाद दिए । चौधरी दम्पतिले भने बिदेशमा हाम्रा मान्छे समस्यामा परेको जानकारी पाएपनि समस्या समाधान कसरी गर्ने सबैभन्दा बढी टाउको दुखाई हुने गरेको बताए । स्थानीय पालिका र सरकारले ध्यान दिन नसकेको बताउने उनीहरुले यस्तो समस्या हाम्रो मात्र हैन गाउँका अधिकाशं युवा नेपालमा रोजगारी नपाएपछि बैदेशिक रोजगारमा गएर समस्यामा पर्ने गरेका छन् ।

चौधरी दम्पतिले गाउँमै ग्रामिण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” मार्फत सञ्चालन भईरहेको आप्रवासी श्रोत केन्द्र जस्तो वैदेशिक रोजगारमा जाँदा कहाँ के गर्ने, कहाँ फसिन्छ, समस्यामा परे के गर्ने जस्ता सूचना तथा परामर्श हरेक स्थानीय तह गाउँपालिका र नगरपालिकामा स्थापना गरेर बिदेश जानेहरुलाई समस्यामा पर्नबाट बचाउनु पर्ने बिचार व्यक्त गर्छन । वैदेशिक रोजगारका क्रममा ठगीमा पर्ने, अलपत्र हुने, गन्तव्य मुलुकमा विभिन्न समस्यामा पर्ने लगायतका समस्याहरु धेरै रहेका बताउदै न्युनीकरण र सचेतना अभिवृद्धि गर्न स्थानीय निकाय अग्रसर हुनुपर्ने उनीहरुले माग गरे । आफना देशका आप्रवासी कामदार समस्यामा पर्दा जानकारी दिने र उद्धारमा सहयोग पु¥याउने गरी हरेक पालिकामा छुट्टै कक्ष सञ्चालन भए आफु जस्ता धेरै विदेशमा अलपत्र परेका, ठगिएका र दुःख पाएकाहरुलाई सहज हुने चौधरीको विश्वास छ ।

कलैया उपमहानगरपालिका ४ निवासी कमल महतो कोईरीले आफनो सालो आश नारायण कुसवाहा मलेशियामा मृत्यु भएपछि ग्रामीण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” ले सञ्चालन गरेको आप्रवासी श्रोत केन्द्र कलैयामा सहयोग माग्न पुगेपछि निशुल्क लास ल्याउनेसम्मको काम गरेकोमा आयोजनालाई धन्यवाद दिए । उनले भने आप्रवासी श्रोत केन्द्रकै सहयोगले आफुले २१ लाख रुपैया प्राप्त गरेको समेत बताए । ससुरा नभएको र सासु समेत आफैसग बसेकोले सो पैसाबाट सालीको बिबाह गराएर र क्रृण तिरेर बाँकी रहेको रकमबाट कलैया टप टेलर्स सञ्चालन शुरु गरेको समेत उनले बताए । सो पैसाबाट र आप्रवासी श्रोत केन्द्रको सल्लाह र परामर्श अनुसार सानो लगानीबाट शुरु गरेको सिलाई कामबाटै अहिले सबैको जीवनयापन र समृद्धिको बाटोमा अघि बढेको उनले बताए । महतो परिवारले भने बिदेश जाने धेरैको लर्को छ । हरेक नगरपालिका र गाउँपालिकामा परामर्श दिने र शिप विकास गराउने गरी आप्रवासी श्रोत केन्द्र स्थापना भए दुःखमा सहयोगी हुन्छ । देशको नागरिक काममा बिदेश गएको अबस्थामा अलपत्र परे वा मृत्यु भए पालिकाबाट सहयोग गर्ने केन्द्र बने बाहिर अन्यत्र खोज्दै जानु नपर्ने महतोको भनाई छ ।

कामका लागि मलेशिया पुगेका कलैया उपमहानगरपालिका १९ निवासी ओसीलाल मिया ठकुराई फलामको काममा शरिरनै जलेर झण्डै मृत्युको मुखमा पुगेका थिए । उनी मात्र नभई उनका अरु दुई साथी खुर्सेद मिया र अलि मियाको पनि खुट्टा भाचिएको र शरिर जलेको भएपनि कम्पनीले एक रुपैयापनि नदिएर घर फर्काई दिएको छ । क्षतिपुर्ति पाउन नसकेका तीनै जना अहिले ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धिले सञ्चालन गरेको आप्रवासी श्रोत केन्द्र कलैयामा पुगेपछि अहिले क्षतिपुर्तिको पहल भएको छ ।

आगोले शरिर भरी पोलेर घाईते भएका ठकुराईको क्षतिपुर्ति रकम पहल गर्न नजान्दा आशा मारेका थिए । अब केही दिनमानै उनले क्षतिपुर्ति बापतको रकम पाउने ग्रामिण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” ले सञ्चालन गरेको आप्रवासी श्रोत केन्द्र कलैयाका सुचना अधिकृत प्रभात कुमार बर्माले बताए । केन्द्रको सहजिकरण र पहलमा सानो लगानीमा आईसक्रिम बेच्न शुरु गरेका ठकुराईले नेपालमै सानो लगानीमा काम गरी जीवनयापन गर्ने बताए । उनले यस्ता आयोजनाले हामी जस्ता समस्यामा परेकालाई ठुलो सहयोग हुने बताए ।

बारा जिल्ला सुवर्ण गाउँपालिका–६ का लालसा देवी वैठाको लालबहादुर बैठा बिदेश काममा गएपछि ब्लडक्यान्सर भएर फर्के । उनको नेपालमै मृत्यु भयो । आप्रवासी श्रोत केन्द्र कलैयाको सहजीकरणमा लालसाले वैदेशिक रोजगार बोर्ड र विमा कम्पनीबाट २० लाख रुपैयाँ राहत रकम प्राप्त गरिन । ऋण तिरेर बाँकी रहेको केही रकम उनले अहिले पशुपालन व्यवसाय गरी रहेकी छिन ।

कलैयाका सुचना अधिकृत बर्माका अनुसार कामका लागि बिदेश गएर विभिन्न समस्यामा परेका ४९ घटनामा दुई करोड ८७ लाख बराबरको रकम दिलाउन सफल भएको बताए । जसमध्ये १४ जना मृत्यु भएका थिए । मृत्यु भएका परिवारलाई वैदेशिक रोजगार वोर्डबाट प्राप्त हुने सात लाख, बिमाबाट १४ लाख अधिकतम सम्म रकम दिलाएको उनले बताए । कागजात नभएकाहरुलाई पनि २५ हजारदेखि २१ लाखसम्म क्षतिपुर्ति पाउने परिवारलाई सानो लगानीमा भएपनि स्वरोजगार बन्न प्रोत्साहन गर्दै तालिम छलफल गर्ने गरेको बर्माले बताए । रिटर्नी र बैदेशिक रोजगारमा जानेहरुलाई कलैया केन्द्रबाट मात्र हालसम्म १० हजारलाई सूचना तथा परामर्श प्रदान गर्ने काम गरेको उनले बताए ।

बाराको कोल्हबी ईलाका प्रशासन कार्यालयमा स्थापना भएको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना मार्फत सञ्चालन भईरहेको आप्रवासी श्रोत केन्द्रबाट मात्रै यसबर्ष चैत्र ३० गतेसम्म २३ महिला र एक सय ११ पुरुष गरी एक सय ३४ जनालाई परामर्श र आवश्यक सहयोग पुराईएको आप्रवासी श्रोत केन्द्रकी सुचना सहायक कर्मचारी उमापति चौधरीले बताईन । उनले कोल्हबी आप्रवासी श्रोत केन्द्रमा मात्र यसबर्ष चार जनाको मृत्यु भएको परिवारलाई सहयोग गरेको उनले बताईन । बिदेशमा गएर मृत्यु भएका, जेल परेका र ठगी तथा समस्यामा परेका गरी चैत्रसम्म यस सुचना केन्द्रबाट १० जनालाई सहयोग पु¥याएको उनले बताईन ।

पिडितहरुले अप्ठेरो परेको समयमा सहयोग र सिधा सम्र्पक गर्न सकिरहेका हुदैनन । कहाँ जाने कसरी उद्धार गर्ने भन्नेसम्म नहुदा समस्यामा पर्ने गरेका छन् । आप्रवासी श्रोत केन्द्र सञ्चालनमा आएपछि सामाजिक सञ्जाल, स्थानीय निकाय, ईलाका प्रशासन र हाल आफन्तहरु स्वम कक्षमा आएर समस्यामा परेका, मृत्यु भएकाहरुको विवरण संकलन गर्ने गरेको उमावतीले बताईन । श्रम स्वीकृती, बिमा, आफु के काम गर्न जान लागेको त्यसको विवरण सवै जानकारी लिएर मात्र बिदेशमा काम गर्न जानु पर्ने भएपनि बिदेश भन्ने वित्तिकै धेरै रकम पाईन्छ भन्दै अबैधानिक तरिकाले काममा बिदेश जादा धेरैले दुःख पाउने गरेको उमावतीले बताईन ।

ग्रामिण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” ले आप्रवासी श्रोत केन्द्र स्थापना गरेर बिदेश जानेहरुलाई सुचना आदान प्रदान र प्रशिक्षित गर्ने काम मात्र नभई विदेशमा काम गरी नेपाल फर्किएकाहरुलाई संगठित गर्दै रिर्टर्नी युवा समाज गठन गरी विभिन्न स्वरोजगारमुलक काममा सहयोग र प्रोत्साहित गर्ने काम गर्दै आएको छ । समृद्धिले यसबर्ष कोल्हबीमा मात्र चार वटा कार्यशाला गोष्ठी र तालिम सञ्चालन गरी २३ महिला र ५० पुरुषलाई प्रशिक्षित गरेको छ । त्यसैगरी बिदेशमा काम गरी फर्किएका २४ रिटर्नीहरुलाई प्रशिक्षित गरेको छ ।

बारामा राहदानी वितरणको सिफारिस र निबेदन दिने तीन ईलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी चार ठाउँबाटनै “समृद्धि” ले यो सेवा दिदै आएको छ ।

सम्र्पकमा आएका यी र यस्ता घटना उदाहरण मात्र हुन । अधिकाश युवाहरु रोजगारीका लागि बिदेशिएका छन । बिदेश जादा केही न केही समस्यामा मानिस फसिनै रहेका हुन्छन । यिनिहरुको पालिकामै तथ्याङक राख्ने र सहयोगका लागि आप्रवासी श्रोत केन्द्र्र सञ्चालन गर्दा धेरै नागरिकलाई सहज हुने बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास बताउनु हुन्छ ।

ग्रामिण उद्यम तथा विप्रेषण आयोजना “समृद्धि” का जनकपुर करिडोर संम्योजक मोती गिरीले स्थानीय पालिकाहरुसगको सहकार्यमा कृषि तथा गैरकृषि क्षेत्रमा आय आर्जन सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरी सम्भाव्य लघु, घरेलु तथा साना उद्यम प्रवद्र्धन गर्ने तथा ग्रामीण गरिब घर परिवार, आप्रवासी घर परिवार र आप्रवासनबाट फिर्ता भएकाहरुका लागि दिगो आय आर्जनको श्रोत प्रदान गर्ने उद्देश्यले नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आईफाडको संयुक्त साझेदारीमा यो आयोजना कार्यान्वयनमा आएको बताउनु भयो ।

यस आयोजनाले प्रदेश १ का ८ जिल्लाहरू, मधेश प्रदेशका ७ जिल्लाहरू र बागमती प्रदेशको सिन्धुलीसमेत १६ जिल्लाहरुमा यो कार्यक्रम कार्यान्वयनमा रहेको र यी जिल्लाका ईलाका प्रशासन र जिल्ला प्रशासन कार्यालयहरुमा आप्रवासी श्रोत केन्द्र स्थापना गरेर वैदेशिक रोगारीमा जान चाहेका र आप्रवासी कामदारहरुको हकमा काम गर्दै आएको गिरीले बताउनु भएको छ ।

कार्यक्रम लागु भएपछि धेरैको अहिले सुचना केन्द्रमा समस्या परेको गुनासो र बिदेश जादा के सावधानी अपनाउनु पर्छ मात्र हैन बिदेशबाट फर्किएर अब नेपालमै केही काम गर्नु पर्छ भन्ने कुराको सहजिकरण र सहयोग गर्ने गरेको संम्योजक गिरीले बताउनु भयो । समृद्धि आयोजनाले बिदेशबाट कमाई ल्याएको होस वा मृत्यु भएपछि आएको रकमबाट स्वरोजगार मुलक काममा अभिप्रेरित गर्दै आएको बताउनु भयो । यस आर्थिक बर्षसम्म ५० प्रतिशत पालिका र ५० प्रतिशत समृद्धि आयोजनाले साझेदारी गरी सुचना केन्द्र सञ्चालन हुदै आएपनि अब आउने आर्थिक बर्षदेखि सम्बन्धित पालिकालाईनै हस्तान्तरण गर्ने योजना भएको उनले बताए । बिदेश जाँदा, बिदेशमा बस्दा र फर्केपछि के गर्ने भन्ने बारेमा सुचना परामर्श दिदै सम्बन्धित निकायमा पहल गर्ने तिनीहरुको तथ्याङ्क संकलन गर्नुको साथै अङ्गभङ्ग, मृत्यु तथा दुःख पाएका सबैलाई सहयोग गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको उनले बताए ।

प्रभावकारी बनाउन आबश्यक छ – पुर्व नगरप्रमुख भरत भण्डारी

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्र र स्वीस विकास नियोगको हेल्भटास नेपाल आयोजनाको सहयोगमा भई रहेको यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आबश्यक रहेको कोल्हवी नगरपालिकाका पुर्व नगरप्रमुख भरत भण्डारीले बताए । उनले आफु नगरप्रमुख हुदा यसलाई प्राथमिकतामा राखेर काम गरेको समेत बताउनु भयो । उनले समृिद्ध आयोजनाको सञ्चालनका लागि आफु नगरप्रमुख हुदा ३५ लाख नगरको बजेट उपलब्ध गर्ने निर्णय गरेको र सम्पन्न समेत भई सकेको उनले बताए ।

समृद्धि आयोजनाले आप्रवासीहरुलाई पु¥याई रहेको सहयोग र आत्मनिर्भर हुन विभिन्न क्षेत्रमा गर्दै आएको उत्पादनमुलक कार्यक्रम फलदायी र प्रभावकारी रहेको उहाँले बताउनु भएको छ ।

वैदेशिक रोजगारीमा जान चाहनेहरुले के कुरामा ध्यान दिनु पर्छ ।

१) विदेश जाँदा के कति खर्च लाग्छ ? आम्दानी र खर्चको विश्लेषण गर्ने ।
२) विदेशमा गर्ने काम र आधिकारिकता बुझने ।
३) मान्यता प्राप्त मेन पावरबाट मात्र विदेश जाने ।
४) भ्रमण भिसामा काम गर्न जान नहुने ।
५) जुन काममा जाने हो, सो काम सम्बन्धी तालिम लिएर मात्र जाने ।
६) अनिवार्य स्वास्थ्य जाँच गरेर ठिक छ भने मात्र जाने ।
७) अनिवार्य बीमा गरेर मात्र बिदेश जाने ।
८) श्रम स्वीकृती लिएर मात्र जाने ।
९) करारपत्र पढेर मात्र हस्ताक्षर गर्ने ।
१०) सबै कागजपत्र एक प्रति घरमा र एक प्रति आफुसँग अनिवार्य राख्ने ।
११) सहयोगी निकायको सम्र्पक नम्बर सुरक्षित राख्ने ।
१२) गएको देशको दुतावास लगायत सहयोगी निकायहरुको सम्र्पकमा रहने ।

 

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020