RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

व्यावसायिक पशुपालनमा आकर्षण

धनुषा — महोत्तरीको गौशाला नगरपालिका–१२ की सरिताकुमारी कक्षा–८ मै पढ्दा श्रवण महतोसँग वैवाहिक बन्धनमा बाँधिइन् । कलिलो उमेरमा विवाह, आर्थिक समस्या र पारस्परिक समझदारी अभावका कारण घर व्यवहारको विषयमा विवाद भइरहन्थ्यो । तर, गाईभैंसीपालन र दूध बेचेर दैनिक रूपमा आम्दानी गर्न थालेपछि उनीहरूको जीवनमा परिवर्तन आएको छ ।
अहिले उनीहरूलाई पशु फार्म सम्हाल्न भ्याइनभ्याइ छ । घर–व्यवहार सञ्चालन, छोरा–छोरीको पठनपाठन र औषधि उपचारका लागि अब पहिलेजस्तो आर्थिक समस्या छैन । साना किसान कृषि सहकारी संस्थाको सदस्य भएर मासिक एकसय रुपैयाँ बचत गर्न थालेकी सरिताले समृद्धि आयोजनाबाट तालिम लिएर २०७८ सालदेखि पशुपालन व्यवसाय सुरु गरिन् । यसले उनको घरमा आर्थिक अवस्था सुधार हुनुको साथै समाजमा अगुवा किसानको सम्मान पाएकी छिन् । पशु फार्म दर्ता गर्नुअघि एउटा भैसीको दुध बेच्दा दैनिक डेढसय रुपैयाँ आम्दानी गर्ने सरिता अहिले ५ गाई र १ भैसीको दुध बेचेर दैनिक ३ हजारसम्म आम्दानी गर्छिन् ।
यहाँका किसानहरू समूहमा संगठित भई व्यावसायिक पशुपालनमा लागेका हुन् । सामूहिकरुपमै दुध संकलन र बिक्रीका लागि डेरीको स्थापना भएको छ । डेरी नहुँदा किसानले उत्पादन गरेको दुध बिक्री नहुने र बिक्री हुँदा पनि उचित मूल्य नपाउने समस्या थियो । डेरीका कारण किसान उत्साहित भएको कान्तिबजार दुग्ध उत्पादक कृषक समुहका अध्यक्ष रामशोभित सिंह कुशवाहाले बताए । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) आयोजनाअन्तर्गत गौशाला–१२ मा किसानलाई सहुलियत कर्जा र डेरी सञ्चालनका लागि उपकरण खरिदमा सहयोग गरिएको छ ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020