RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

पढाइ छोडी सफल भएका व्यावसायि कृष्ण

नौ जना सदस्य भएको कृष्ण बहरदारको परिवार रंगेली, वडा नं. ६ मा कुनै समय सफल माछा व्यवसायिको रुपमा चिनिन्थे। पुराना माछा व्यवसायि उनका बाबुलाई व्यवसायमा सहयोग गर्ने परिवारमा कोही भएनन् । एक्लो बलबुताले धान्न छाडृपछि छ ओटा पोखरीबाट दुई ओटामा झर्यो । व्यवसायको आम्दानीबाट गाँउमा जग्गा जोडेका उनलाई अन्ततः घर चलाउन समेत गार्हो भयो । स्थानीय स्कुलमा आठ कक्षामा पढ्दै गरेका कृष्णलाई यस कुराले सधैँ पिरोलिरहन्थ्यो । पढाई सकेर जागिर खाने बेलासम्म पर्खिन सकेनन् । त्यसैले परिवारको आर्थिक जिम्मेवारीको काँध थाप्न पढाइ छाडेरे माछा व्यवसाय सम्हाल्ने निर्णय लिए ।

उनी हाल समृद्धि आयोजनाको साझेदारीमा गठन भएको बहरदार मत्स्य कृषक समुह, रंगेलीका सचिव हुन् । ‘समुहमा आवद्ध भएपछि सामुदायिक रुपमा अगाडि बढ्न सजिलो भयो । एकअर्काबाट सिकेर सबैजनाको व्यवसाय राम्रो भएको छ,’ उनी भन्छन् । आयोजनाले जनकपुरमा आयोजना गरेको बहुसरोकारवाला गोष्ठीमा सहभागि भएर व्यावसायिक र प्राविधिक ज्ञान हाँसिल गरेको बताउँछन् । समृद्धि आयोजनाले यस समुहमा बजारीकरणका लागि साइकल र माछा मार्ने जालमा सहयोग गरेको छ । “पहिले गुद्री बजारमा लगेर माछा आफै बेच्थ्यौँ । अहिले व्यापारी आफै आउँछन् । अर्डर गरेर पनि मगाउँछन् ”।  दरबेसा, रंगेली, पर्सिया, डेनिया जस्ता बजारमा लगेर माछा बेच्छन् कृष्ण । पहिला १५० देखि २०० रुपैया प्रति के.जी मात्र भाउ पाएको माछाले अहिले ४०० देखि ५०० सम्म पाउने गरेको पाइयो । एक वर्ष अगाडि चार लाखको कारोबार बढेर अहिले १५ लाख बराबर हुन्छ । पहिले माछा पाल्ने उनको घर मात्र थियो अहिले नक्कल गरेर त्यहाँका ७७ घरधुरीले माछा पाल्छन् ।

हाल उनीसँग १४ ओटा पोखरी छन् । ती मध्ये १२ ओटा चाँही वार्षिक ५० हजारमा ठेक्कामा लिएका हुन् । उनलाई ह्याचबाट राम्रो आम्दानी हुन्छ । चैत्र देखि भूराको सिजन हुन्छ, सात सयसम्म प्रति केजी बिक्रि हुन्छ । उनले माग पुर्याउनै नसकेको बताए । ५,००० को भूराबाट ५०,००० देखि ७०,००० सम्म कमाउन सकिन्छ । सबै गरी महिनामा एक लाख कमाउने उनले दैनिक ५०० बचत गर्ने गर्दछन् ।

सफल व्यवसायिको चिनारी दिन सकेकोमा उनी खुशि छन् । अब १० कठ्ठामा पोखरी थप्ने विचार भएको उनले स्थानीय स्तरमा आधुनिक माछा उत्पादन गर्ने प्रविधि सिक्न चाहेको बताए ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020