RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

सिपले स्वरोजगार भएका यम कुमार

भनिन्छ ईच्छा भए उपाय कति कति । स्वदेसमा केही रोजगारीका अवसरहरु नदेखी दैनिक हजारौ युवाहरु बिदेशिरहेको सन्दर्भमा गाँउमै रमाउने गाँउमै कमाउने र अन्य युवाहरुका मार्गदर्शक बन्न सफल एम कुमार राई सवैका प्रेरणाका स्रोत वन्न सफल भएका छन् ।

धनकुटा जिल्लाको बिकट सहिदभुमी गाउँपालिका वडा नँ ‍ ३ डाँडागाउँमा जन्मिएका उनी सानै देखी गाउँमै केही काम गर्नुपर्छ र समाजमा नमुना बन्नु पर्छ भन्ने व्यक्तिगत विचार अनुसार आफै कृषि व्यावसायमा लागि परेका कृषक मध्येमा पर्दछन् ।  ५५ जनजातीहरुको घरधुरी रहेको यस डाँडागाउँ क्लष्टरमा अधिकांश युवाहरु बैदेशिक रोजगारीमा रहेका छन् ।  

जनजातीहरुको वसोवास रहेको यस सहिदभुमि गाउँपालिकाका अधिकांश घरधुरीहरुमा व्यावसायिक तरकारी खेती प्रणालीका वारेमा प्राविधिक ज्ञानको अभाव रहेको र मौसम अनुसार गोलभेंडा खेती मात्र गर्ने, अत्याधिक रासायनिक मल तथा बिषादीको प्रयोग गर्ने प्रचलन रहेको देखिन्छ ।

समृद्धि आयोजनाले बजारको माग अनुसार उत्पादन गर्न र किसान ब्यपारी बिच खरिद बिक्रीको सम्झौता, प्रबिधिमा पुहँच, प्राविधिक सेवा प्रवाह र मौसम तथा बेमौसममा पनि उन्नत तरिकाले खेती गर्ने तरिकाको सहजिकरण गरे पछि हाल किसानहरु उत्साहित भएर लागेको देखिन्छ ।

यतिमात्र हैन आयोजनाले किसानहरुले भोग्दै आएका समस्याहरु मध्ये मुख्य समस्याको रुपमा रहेको प्राविधिक सेवाको पहुँचमा कमि र आधुनिक कृषि प्रविधिको प्रयोग सम्बन्धि ज्ञानको अभावलाई समाधान गर्न ८ जिल्लाका २० जना किसानहरुलाई स्थानिय श्रोत व्यक्ति विकास तालिम संचालन गर्यो ।

आयोजनाले किसानहरुलाई आधुनिक तरिकाले तरकारी खेति सम्वन्धि तालिम संचालन गरेपछि तालिममा सहभागी कृषकहरुको दिनचर्या नै फेरिएको छ । आँफूले सिकेको सिप पहिले यम वहादुरले आफ्नै करेसावारीमा प्रयोग गरेर देखाए । दुईवटा आधुनिक प्लाष्टिक घर निर्माण गरि समुदायका सदस्यहरुलाई पनि वेमौसमी तरकारी खेतीवाट हुने फाईदावारे जानकारी गराए । चिटिक्क परेका दुई वटा प्लाष्टिक घरमा मल्चिङ, थोपे सिँचाई, एग्रोनेट, स्टिकिङ डोरी, नर्सरी ट्रे मार्फत बिरुवा उत्पादन गरि सवै किसानहरुलाई नमुना देखाए । यम कुमारले गरेको देखेर उनका गाउँमा यस्तै खालको प्लाष्टिक घर निर्माण गरिदिन माग आउन थाल्यो । शुरुमा आफ्नै कृषक समुहका १० सदस्यहरुको १० वटा टनेल निर्माण गरि समुहका सदस्यहरुलाई निःशुल्क प्राविधिक सिप सिकाउनु भयो । यतिमात्रै होईन उनको सिपको चर्चा पालिका भरी फैलिन थाल्यो । पालिका भित्रका ईच्छुक व्यावसायिक किसानहरुपनि आफ्नो प्लाष्टिक टनेल बनाउन उनलाई बोलाउन थालेका छन् । जस्मा उनले १५ वटा जति नमुना प्लाष्टिक घर बनाईसकेका छन् । प्रति प्लाष्टिक घर बनाए वापत प्रतिदिन दक्ष ज्याला र तालिम प्रशिक्षण वापत उनले अहिले आफ्नो पारिश्रमिक तोक्ने गरेका छन् । प्रतिदिनको ज्याला र प्रशिक्षण वापत उनले सरदर ३००० रकम पारिश्रमिक बुझ्ने यम कुमारले तालिम लिएदेखी हाल सम्म ४ महिनाको अवधिमा जम्मा रु ७५,००० कमाई सकेका छन् । तालिम तथा प्लाष्टिक घर निर्माण सम्बन्धि तालिम दिन अन्य जिल्लावाट पनि माग आउन थालेको छ । उनलाई गत पुष महिनामा भोजपुर जिल्लाको षडानन्द नगरपालिकाको वडा नं १३ र १४ ले प्रशिक्षकको रुपमा आमन्त्रण गर्दा साह्रै गर्वको महशुस भएको बताउनु भयो । त्यसपछी उनी हाल सम्म खालिहात बस्नु परेको छैन । उनको यो सिप र विज्ञताको वारेमा जानकारी पाएपछी भोजपुर जिल्लामा कार्यरत ताजा तरकारी नर्सरी र शितलादेवी कृषक समुहले २/२ दिनको आधुनिक तरकारी खेती तालिम संचालनको लागि प्रशिक्षकको रुपमा आमन्त्रण गरे । व्यावहारीक कक्षा र सिपनै प्रभावकारी हुने भनि प्लाष्टिक घर निर्माण, नर्सरी ब्याड बनाउने तरिका, झोलमल बनाउने तरिका आदि सिकाउने भएकोले सहभागीहरुले उनलाई निक्कै रुचाए ।

कृषि बिषयमा प्राबिधिक एस. एल. सी. पास गरेका उनलाई कृषिका वारेमा थाहा नै नभएको होईन । पढेर भन्दा व्यावाहारिक तरिकाले सिकेको सिपनै जिवनोपयोगी हुने रहेछ भन्दै यम कुमार थप्छन्- “मलाई समृद्धि आयोजनाले संचालन गरेको पाँच दिने स्थानिय स्रोत व्यक्ति विकास तालिमले आँखा खोलिदियो । नेपाल एग्रोलाईभ प्रा.लि. काठमाण्डौको प्राबिधिक सहयोग र समृद्धि आयोजनाको आर्थिक सहयोगमा संचालित तालिमवाट आँफूले सिकेको ज्ञानलाई तिखार्न र आधुनिक कृषि प्रविधिको प्रयोग गर्ने विषयमा विज्ञता हाँसिल भएको बताउनु भयो ।

अबका दिनमा यही सिपलाई बिक्रि गरि स्वरोजगार बन्ने यमकुमारको अभिलासा छ । हिजो अदक्ष कामदारको पारिश्रमिकको रुपमा चित्तवुझाउने उनले आजभोली दैनिक रु २००० देखी ३५०० सम्म लिन्छन । साथै आफ्नै १५ रोपनी जति बारिमा प्राङ्गारीक तरकारी खेती गरि वार्षिक मनग्गे आम्दानी पनि गरेका छन् । यम कुमार अगाडी भन्छन् ─सवै जना युवाहरु यसै गरि व्यावसायमा लाग्ने हो भने नेपाललाई प्राङ्गारिक कृषि उत्पादन गर्ने क्षेत्रको रुपमा परिचित गराउन सकिन्छ र अव युवाहरु बिदेश जानु पर्दैन ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020