RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

कागजातको महत्व बुझें

मलिन अनुहार, निर्मल आखाँहरु हेर्दा पीडा झल्कने, शरीरमा गुलावी रङ्गको कुर्ता अनि काखमा नावालक वच्चा च्यापेर, आखाँमा तुरुक्क आँशु झार्द कस्को मन रुदैन होला । उनि हुन सुखमाया घिसिङ्ग । उनि भन्छन् आफ्नो जिवन रहुन्जेल सम्म श्रोत केन्द्रको गुण विर्सने छैन, श्रोत केन्द्रले श्रीमानको शव ल्याउन मात्र होइन उनले पाउने आर्थिक सहायताको लागि पनि सहयोग गरेको कुरा कहिले भुल्ने छैन र धन्यवाद दिन चाहन्छु भन्नु हुन्छ सुखमाया घिसिङ्ग । खाली खुट्टा हिड्दा नै “सहज” थियो, जिन्दगीको कठिन यात्रा त “जहाज” चढेपछि सुरु भयो भने झै सुनौलो संसारको सपना वोकेर कमाउन गएका रमेश घिसिङ्ग अन्तत साउदी अरेविया मै अस्ताए ।

 सपना त उनको त्यती ठूलो थिएन मात्र आफ्नो श्रीमती र दुई वच्चाहरुको लालनपालनको लागि वैदेशिक रोजगारीमा गएका थिए उनि । तर २०७६ सालको दशैमा घर फर्कने उनकी श्रीमतीलाई दिएको वचन, वचनमै मात्र सिमित भयो ।

धनकुटा जिल्ला पाख्रिवास नगरपालिका वडा नं. ९ लिसिम्वुङ हाल मोरङ्ग जिल्लाको वेलवारीमा वसोवास गर्र्दै आएका रमेश घिसिङ वैदेशिक रोजगारीको लागि साउदी अरेविया पुगेका थिए । वैदेशिक रोजगार विभागववाट सन् द्दण्ज्ञटरण्टरघण् मा श्रम स्वीकृति लिएर कम्पनीमा हेल्परको काममा  साउदी अरेविया पुगेका थिए । रमेश घिसिङ साउदी अरेविया गएको करिव ३ वर्षको अवधिमा साउदी अरेवियामा नै मिति २०७६ असोज १ गते उनको मृत्यु भएको थियो ।  उनको मृत्यु पछि उनको परिवारमा धेरै संकट आएको थियो किन भने उनको शवलाई घर ठेगाना सम्म ल्याउनको लागि कहाँ, कस्को सहयोग लिने र के गर्ने भन्ने थियो र सोही सिलसिलामा आप्रवासी श्रोत केन्द्र धनकुटाले सहयोग गर्ने जानकारी भए पछि उहाँको परिवार अर्थात पिडाले विछिप्त मृतकको श्रीमति सुखमाया घिसिङ आफ्ना दुई साना वालकहरुलाई लिएर  श्रोत केन्द्रमा निवेदन लिएर आउनु भयो । त्यसपछि अर्को संकट आई परेको थियो कि रमेश घिसिङ वैदेशिक रोजगारीमा जादै गर्दा उनले आफ्ना सम्पूर्ण कागजातको फोटोकपी घरमा छोडेर नगएको कारणले समस्या परेको थियो तर पनि श्रोत केन्द्र हार नमानीकन शवलाई ल्याउनको लागि कागजात जुटाएर केश रेफर गरि  २ महिना २० दिनको लामो अन्तरालमा मात्र उनको शव ल्याउन सफल भएका थियौं ।

यसरी रमेश घिसिङको शवलाई उनको परिवार सम्म ल्याए पनि उनको परिवारले नियमानुसार पाउने आर्थिक क्षतिपूर्ती भने दिलाउन नसकेको अवस्था छ । किनभने नियामानुसार श्रम स्वीकृति लिएर गएको करार अवधि २ वर्षको हुन्छ र त्यो अवधि सकिएको करिव २ महिना पछि उनको मृत्यु भएको कारणले  वैदेशिक रोजगार वोर्डवाट र विमा कम्पनिवाट पाउनु पर्ने आर्थिक सहायतावाट वञ्चित भए पनि मृतकले काम गर्ने कम्पनिवाट रु ८,४१,०००(अक्षरेपी आठ लाख एक्चालिस हजार पाएको अवस्था छ) । यसरी हेर्दा वैदेशिक रोजगार हाम्रो लागि रहर की वाध्यता ? हो भन्ने कुरा मैले अहिले सम्म ठम्याउन सकिरहेको छैन ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020