RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

आयोजनावाट तालिम पाएका उत्पादक समुह सदस्यले रुपान्तरित हुनुको साथै आम्दानिको बाटो पहिल्याए

 

बारा जिल्ला कोल्हवी नगरपालिका वडा नं ५ बोधबन बस्ने, समृद्धि आयोजनासंग सम्बद्ध भएको─ बोधबन माछापालन उत्पादक समुहकी अध्यक्ष ३६ बर्षिय सुगिया शाह ४ सन्तानकी आमा हुन् । उनले ७ कठ्ठा जग्गामा २ वटा माछा पोखरीमा रहु, ग्रास, नैनी, विगहेड, सिल्भर, कमन कार्प लगायतका ६ प्रजातिका माछाका भुराहरु पालेकी छन् । सुगियाले ३ महिनाको अन्तरालमा बजारमा विक्रि गर्नका लागि तयार हुने ग्रास प्रजातिका माछाको उच्चतम तौल २ के.जि र कमन कार्प प्रजातिको ५ के.जि सम्म उत्पादन गर्न सफल भएकी छन् । गाउँ भरमा उत्पादित माछा काठमाण्डौको बजारका लागि निकासी हुने हुनाले बिक्री गर्नको लागि कुनै समस्या परेको थिएन । तर कोरोना महामारी र बन्दा बन्दिका कारण समयमा पोखरीबाट माछा निकालि विक्रि गर्न नपाउँदा हुर्किदैं गएका माछाका लागि दाना पनि धेरै खर्च भईरहेको बताउँछिन् सुगिया ।

परिवार सदस्यहरुको साथै पोखरीमा रहेका माछालाई सन्तुलित आहार तथा  रेखदेख गर्ने सबै जिम्मेवारी उनैको काँधमा आईरहेको छ । यसरी बाल बच्चाको पालन पोषण, घरधन्दाको साथै माछा पोखरीको स्याहार सुसार गरी ग्रामीण परिवेशमा अभ्यस्त भई जिम्मेवारी निर्वाह गरिरहेकी सुगियाको जिवनमा समृद्धि आयोजनाले प्रदान गरेको लैङ्गिक कार्य सिकाई पद्धति (गाल्स) कार्यक्रमले एउटा छुट्टै उर्जा थप्यो । पहिलो पटक ७ दिने गाल्स उत्प्रेरकहरूका लागि कार्यशालामा सहभागि भएको बेलादेखि लैंङ्गिक कार्य सिकाई विधि जिवन उपयोगि ज्ञान हो भन्ने विश्वास जागृत हुँदै गयो । आँफूमा सकारात्मक विचार आउन थाले, आत्माविश्वास विस्तारै बढ्दै गयो। उनी आयोजनाको यसै कार्यक्रमका लागि अहिले बोधवन गाउँका लागि मेन्टर(सहजकर्ता) समेत चुनिएकी छन्। 

तालिम लिएपश्चात समाजमा रहेका महिलाहरुको पनि नेतृत्व गर्न सक्ने क्षमता हुने रहेछ भनेर उत्साह जागेको कुरा सुगियाले बताईन्।  पहिला आफ्नै घरको आम्दानीको स्रोत माछा विक्रिबाट मात्र हुन्छ र त्यसको व्यवस्थापन घरमूलि पतिले  मात्र गर्न सक्छन् भन्ने वुझेकी सुगियाले भने अब आफ्नो लागि पनि आयस्रोतको बाटो पहिल्याएर बारीमा भिण्डी, खुर्सानी, लौका, फर्सी लगायतका तरकारी बालीहरु लगाउन थालिन् ।

घरमा प्रयोग गर्ने तरकारी किन्नु नपर्ने र बाँकी बचेको तरकारीलाई बिक्री गरी आफ्नो व्यक्तिगत आम्दानी बढाउनुपर्छ भन्ने चेतना जागेको हुनाले सोही अनुरुप काम गरी रहेकी छन् उनी । समुहमा आबद्ध महिलाहरुलाई पनि आम्दानीका स्रोतहरु बढाउने खालको कामहरु सिकाएर उत्प्रेरणा जगाउनका लागि पहिले आँफू उदाहरणको लायक बन्नु पर्दछ भन्ने चेतना जागेको छ उनमा । सुगिया साहलाई अहिले आँफूले लगाएको तरकारी विक्रि गरेर सामान्य घर खर्चका साथै आफ्नो व्यक्तिगत खर्च, मोवाइलमा रिर्चाज गरिने खर्च जस्ता आवश्यकताहरु परिपूर्ति गर्न पनि सहज भएको छ । आफ्नो खेतिमा भैंसिको लागि चाहिने पर्याप्त पराल उत्पादन हुने हुनाले भैंसि पाल्ने र दुध बिक्री गर्ने अनि मलखाद प्रयोगवाट थप तरकारी उत्पादन गर्ने सम्मका योजना बनाउन सुगिया शाहलाई गाल्स तालिम सहयोगि भईरहेको छ ।

यसरी गाल्सको तालिम लिए पछि उनमा आँफू रुपान्तरित भएको महशुस भएको छ । पतिको मात्र आम्दानीमा भर परीरहेकी उनी अव अन्य आय आर्जनको बाटो बढाउने खालको काम गर्न अग्रसर भएकी छन् । वोधवन माछा उत्पादक समुहको अध्यक्ष रहेकी उनी पहिला आफैं परिवर्तित भई समुहमा रहेका महिलाहरुलाई समेत  नेतृत्व क्षमताको उदाहरण देखाउन लागि परेकी छन्। उनी आँफूजस्तै अवसर विमुख महिलाहरुमा चेतना जगाएर आम्दनीको बाटो पहिल्याउन र  घरत्राट बाहिर निस्कन समेत प्रेरित गरी रहेकी छन्।

 

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020