RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

गाल्स विधि सिकेकी मिनादेविले आफ्नै घर परिवार तहमा सकारात्मक फरक पाईन्

महोत्तरी गौशाला  न.पा. १० बडेरवा बस्ने मिना देवि महतोलाई कुनै समय चुलो चौका बाट एक छिन फुर्सद हुँदैन थियो । पतिको ईच्छा बेगर घर बाहिरको समाजसंग व्यवहार गर्न मुस्किल थियो । घरमुलि पतिको निर्णय नै अन्तिम थियो। उनी पनि यसैमा अभ्यस्त जस्तै भईसकेकी थिइन् । एक बर्ष अघि  ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले सोहि गांउमा दुग्ध उत्पादक कृषक समुह गठन गर्दा पतिको सल्लाहमा उनी पनि समुहमा आवद्ध  भईन् । समुहका सदस्यहरुलाई आयोजनाले लैङ्गिक कार्य सिकाई विधि(गाल्स) अन्तर्गत तालिम दिंदै आईरहेको थियो। २०७६ माघ महिनामा भएको─ गाल्स उत्प्रेरकका लागि आवासिय तालिममा मिना देवी महतोलाई पनि सहभागि हुने अवसर जुर्यो । तर उनका पतिले तालिममा सहभागि हुने विषयलाई महत्व नदिई श्रीमतिलाई नजान भने । सहकर्मी साथिहरूबाट प्रेरणा पाएकी मिना देविको आग्रह अनुसारनै आयोजनाका कर्मचारीहरुले उनका पतिलाई तालिमको महत्वबारे सम्झाई बुझाई गरी जागरूक बनाए।  आवासिय तालिम हँदाहुँदै पनि आयोजनाले दैनिक घरबाट नै आउने जाने गरि मिना देविलाई तालिममा सहभागि हुन पाउने गरी व्यवस्था मिलाईदियो।          

सात दिनको तालिममा मिना देवीले लैङ्गिक कार्य सिकाई विधिबारे नयाँ नयाँ कुरा सिकिन्, चित्र र संकेतहरू प्रयोग गरेर निरक्षर साक्षर दुवै थरिका मानिसले दैनिक जिवनमा गरिरहेका कामबारे अभ्यासहरू गरिन्। उनले परिवार र समाजमा नारी र पुरुषहरुले गर्ने फरक फरक काम, आम्दानिको स्रोत, खर्चको व्यवस्थापन, पारिवारीक स्रोतमा पनि कसको कति पँहुच हुँदो रहेछ भन्नेबारे ज्ञान हाँसिल गरिन् । उनले आफ्नो र परिवारको दैनन्दिलाई  पानामा उतारिन् । कम आँकलन गरेको वा आफ्नो र परिवारको वास्तविकताबारे फेरी एक पटक पछाडी फर्केर हेरिन्, नयाँ सपना र भावि योजनाको समेत खाँका कोरिन् ।

सात दिनको तालिम सिकेर फर्किदाँ उनी भित्र एक प्रकारको हिम्मत र गौरवको टुसा अंकुरित भएको थियो ।आँफूले सिकेको कुराहरु उनले घर गएर पतिलाई समेत सम्झाई बुझाइ गरिन् । उनका कुरामा शुरुमा त उनले खासै ध्यान दिएनन् तर विस्तारै प्रभावित भएका छन् । उनीहरु आजकाल परिवारका हरेक काममा आपसि सहयोग गर्छन्। पति पत्नी दुवैको सल्लाहमा भविष्यका योजना बनाउंछन् । पशुपालन व्यावसाय पनि राम्रो फस्टाएको छ।  घर परिवार हाँसि खुसि भएको महसुस हुन्छ । उनका पति पनि पहिला जस्तो संकुचित छैनन् । मिनादेवि घरबाट बाहिर जान पनि स्वतन्त्र भएकी छिन्। आजकाल उनी समुहका अन्य  दिदी बहिनीहरुलाई गाल्स विधिवारे आफ्ना अनुभव साँट्दै आइरहेकी छिन्।  उनी भन्छिन् ─“ज्ञानले मानिसलाई हिम्मत बढाउंदो रहेछ र हिम्मतले नै स्वतन्त्रता पाइने रहेछ ।’’

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020