RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिमका कारण व्यावसाय प्रवर्द्धन भयो

खानिभञ्ज्याङ -३, दियाले निवासी ज्ञान बहादुर बि. क. को आर्थिक अवस्था निकै कमजोर थियो । आम्दानीको श्रोत सिमित भएको हुनाले उनीलाई ८ जनाको परिवार पाल्न र छोरा छोरी पढाउन गाह्रो भइरहेको थियो । साहुसँग ऋण काडेर विदेश (कतार) गएका ज्ञान बहादुर विदेशमा भने जस्तो कमाई नभए पछी घर नै फर्केर आउनु पर्यो । साहु सँग लिएको ऋण सय कडा तीनले ब्याज तिर्नु पर्ने कारण ज्ञान बहादुर वि. क. को आर्थिक अवस्था झन् बिग्रन गयो । आम्दानिको श्रोतका लागि अन्य कुनै बिकल्प भएन ।

समय बित्दै गयो─ ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)संग सहकार्य सम्झौता भएको श्री नमुमा कृषि सहकारी संस्थाको सदस्य बने ज्ञान बहादुर । सहकारी संस्थामा आवद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम अन्तर्गत समृद्धि आयोजनाले वित्तिय शिक्षा तथा व्यावसायिक ज्ञान तालिम दियो । ज्ञान बहादुरले ३ दिने तालिममा सहभागि हुने अवसर पाए । तालिमको दौरान उनले─वित्तीय शिक्षाको परिचय र महत्व; पैसा र जीवन; पैसाको स्रोत तथा उपयोग; आम्दानी सन्तुलन; सपनाको संसार; सपनाको यात्रा; वित्तीय लक्ष्य निर्धारण; बचत; ऋण; व्यावसायिकता; व्यवसाय दर्ता; सरल व्यावसायिक योजना जस्ता वहु-आयामिक विषय वस्तुमा जानकार हुने सुवर्ण अवसर पाएको महशुस गरे । तीन दिने छोटो अवधिको तालिममा सिकेका जिवन उपयोगि विषय वस्तुले उनलाई कसरी व्यावसायको थालनी गरौं भन्ने कुरा सोच्न वाध्य वनायो । शुरुवात  ─ बंगुर पालनबाट गर्ने इच्छा जाग्यो ।

तर लगानीका लागि स्रोतको अभाबको कारण सो कार्य गर्न निकै गार्हो हुने देखियो । त्यसपछि उनले आँफू पनि सदस्य रहेको सहकारीबाट ऋण लिने विचार गरे । लगानीको सहि सदुपयोग गरी व्यावसाय गर्न जानेमा आर्थिक अवस्था सुधार हुन सक्दछ, गरिब भएर वस्नु पर्दैन भनि तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न उनी तत्पर भए । नमुना कृषि सहकारी संस्था─ ओखलढुङ्गाबाट वंगुरपालन गर्नको लागि ४० हजार रुपैंया ऋण लिए र बंगुर पालन सुरु गरे । बंगुर पालनबाट विस्तारै आम्दानी हुन थाल्यो ।

ज्ञान वहादुरलाई अब परिवारको खर्च टार्न र साहुहरूको ऋण फिर्ता गर्न सजिलो हुँदै गयो । वंगुरको आम्दानीबाट सहकारीको ऋण फिर्ता गरे । थप रु३० हजार ऋण लिएर व्यावसायिक रुपमा वंगुर पालन  गर्नका लागि ज्ञान वहादुरले बंगुर फर्म पनि दर्ता गराई सकेका छन् । खोर निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएर आधुनिक तरिकाको खोर तयार गरेका छन् । उनको खोरमा पाठा पाठी उत्पादन गर्ने ५ वटा माउ र १ वटा भाले बंगुर छ । उनी अहिले व्यावसायिक भएका छन्। ज्ञान वहादुरको बंगुर पालन व्यावसाय फस्टाउँदो छ । आम्दानी बढ्न थालको छ । उनले अहिले ─ एक पटकमा एउटा वंगुरले जन्माएको पाठा पाठीबाट ४० देखी ५० हजार सम्म आम्दानी गर्दछन् ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020