RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

सफलताका कथाहरू

"बढाउँदै छु व्यवसाय"

स्थानीय एक एफएम रेडियोले प्रशारण गरेको तालीम सम्वन्धी सूचनाले गर्दा अनामिकाको जीवनले फरक मोड लियो । खास के थियो त्यो सूचनामा जस्ले वेरोजगार अनामिकालाई उद्यमी नै बन्ने बाटो देखायो ।

कुरा बैशाख महिनाको हो । गाउँमै सहायक व्यूटिसियनको निःशुल्क तालिम खुलेको थियो । यो अवसर जुटाएको थियो ग्रामीण उद्यम तथा विप्रेषण (समृद्धि) आयोजनाको आर्थिक सहयोग र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा स्थानीय एक तालिम तथा रोजगार सेवा प्रदायक संस्था उद्यम विकास परामर्श तथा तालिम केन्द्र प्रा.ली. कलैयाले ।

उनले गत १२ बैशाख देखि १४ साउन २०७६ सम्म कलैयामा सञ्चालन भएको ३९० घण्टा अवधिको सहायक व्यूटिसियन तालिम सफलतापूर्वक पुरा गरिन् र सीप परिक्षणमा सहभागि भइन् । यस विचमा उनीमा आफ्नै व्यवसाय गर्ने सोच बन्यो तर त्यसका लागि कसरी जुटाउने लगानी भन्ने चिन्ता पनि संगसंगै थियो । गत भदौ महिनामा सरसापट आदि गरेर जुटाइन रु ९,००० र त्यसबाटै शुरु गरिन् कलैया मै अमृता व्यूटिपार्लर व्यवसाय । यो सेवामूलक व्यवसाय भएकाले खासमा सीप र श्रम विक्रि गर्ने हो । यो उनको शुरुवाती अवस्था हो । अहिलेको कमाइबाट उनी सन्तुष्ट छिन् । यही कमाइले उनको आफ्नो खर्च धानेको छ र घर खर्चमा पनि भरथेग गर्न सकेकी छन् उनले । एन आइ सि एसिया बैकमा खाता खोली सानो तिनो बचत पनि शुरु गरेकी छिन् उनले । “तर यत्तिले मात्र कहाँ हुन्छ र बढाउँदैछु व्यवसाय” उनी खुलेर बताउछिन् । यति मात्र हैन उनलाई उच्च शिक्षा अध्ययन गर्ने भोक पनि जागेको छ । यसका लागि पार्लरबाट आएको आम्दानीले साथ दिनेमा उनी विस्वस्त छिन् ।

हालका सफलताका कथाहरू

Copyright RERP | SAMRIDDHI © 2020