RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

भिडियो

मर्यादित रोजगार (‌औधोगिक प्रशिक्षार्थी प्रशिक्षण)

कुनै उद्योगको मागमा आधारित भई काम गदै सिक्ने र सिकेपछि त्यहिं रोजगारी प्राप्त गर्ने व्यवस्थासहितको तालिम कार्यक्रम नै औद्योगिक प्रशिक्षार्थी प्रशिक्षण मोडल हो । यो तालिम कार्यक्रम २ फरक मोडलमा सञ्चालित छन् । मोडल १ मा तालिम प्रदायक संस्थाहरुले साना तथा लघु उद्योगहरु मार्फत तालिम संचालन गर्छन भने मोडल २ मा उद्योग वाणिज्य महासंघ संगको साझेदारीमा संघमा आबद्ध मझौला तथा ठूला उद्योगहरुमा आवश्यक जनशक्ति उत्पादन गरि सोही उद्योगमा प्रतिस्थापन गर्ने गरिन्छ ।

मोडल १ अन्तर्गत १ महिना सैद्धान्तिक तथा आधारभुत प्रयोगात्मक सिप तालिम केन्द्रमै सिकाएर अभ्यासका लागि बाँकी ५ महिना सम्बन्धित उद्योगमै पठाउने गरिन्छ भने मोडल २ अन्तर्गत कूल ६ महिनाका लागि उद्योगमै काम गराउदै सिकाउने पद्धति रहेको छ ।

Copyright RERP | SAMRIDDHI © 2020