RERP

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

IFAD Logo
nepal government

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

ग्रामीण उद्यम तथा विप्रेषण आयोजना

(समृद्धि)

योजना

सार्वजनिक सुनुवाई कार्यक्रम

पृष्ठिभूमि
कोशी सगरमाथा कोरिडोरमा समृद्धि सह-लगानी विन्डो १ अन्तर्गत पहिलो किस्ताको काम सम्पन्न भएको बेलका नपा ८ मा अवस्थित बैरुवा बाख्रा पालन समुहमा मिती २०७८ श्रावण ३ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बेलका नपाका मेयर दुर्गा थापा प्रमुख अतिथि र वडा नं. ८ का अध्यक्ष जयकुमार राई अतिथि रहको सो कार्यक्रममा जम्मा ३७ जनाको सहभागिता रह्यो । 
 
  • पहिलो कार्यक्रमः खर्च विवरण सुनुवाइ
समुहका सदस्य हुकुम सिंह राईले कार्यक्रम सञ्चालन गर्दै पहिलो किस्तामा भएको खर्चको विवरण प्रस्तुत गरे । जुन यसप्रकार रहेको छ । 
समृद्धिको लगानी                रुपैयाँ    १७७५००
समुहको लगानी                  रूपैयाँ  ४१५५००
जम्मा                                रुपैयाँ  ५९३०००
बाँकी किस्ताबाट घाँस खेति र गोठ सुधारको काम गर्ने योजना रहेको छ । 
 
सामग्री संख्या      जिन प्रतिशत           प्रति ओटा          मुल्य जम्मा
बोयर बोका २             ९३.७५               २०००००         ४०००००
बोयर बोका १             ८७.५                 १९२०००         १९२०००
 
  • दोस्रो कार्यक्रमः बोका हस्तान्तरण
मेयरद्वारा कृषक समुहका अध्यक्षलाई बोयर बोका हस्तान्तरण गरियो । 
 
  • तेस्रो कार्यक्रमः मन्तव्य कार्यक्रम
यस कार्यक्रममा आयोजनाका तर्फबाट आपूर्ति श्रृंखला अधिकृतले आयोजनाको उद्देश्यबारे प्रष्ट पार्दै भने, “व्यवसायिकता वृद्धिको लागि परम्परागत गोठको सुधार, उन्नत घाँस खेति तथा नश्ल सुधार गर्न आवश्यक छ । साथै सालाखाला अन्दाजमा मुल्य तोक्ने चलन छ तर हामी सामुहिक बजारीकरणको माध्यमबाट जोखेर बिक्री गर्न प्रोत्साहन गर्दछौ । आयोजनाले चाँडै प्राविधिक तालिम पनि उपलब्ध गराउँनेछ ।” समुहले लगनशील भएर काम गरे आयोजनासँगको सहकार्यले आगामी दिनमा समुहले अवश्य प्रगति गर्ने उनले बताए  । त्यस्तै मन्तव्यको क्रममा योजना, अनुगमन तथा मुल्याङ्कन अधिकृतले भनिन्, “स्थानीय सरकारसँगको जवाफदेहिताबारे आयोजना सचेत छ । स्थानीय तहसँग सहकार्य र समन्वय गरी कार्यान्वयन अगाडि बढाउने क्रममा बेलका नपाको सल्लाह, सुझाव र सहकार्य महत्वपूर्ण रहेको छ” । आगामि दिनमा पनि नपा तथा वडा अध्यक्षबाट यस्तै सहकार्य र आयोजनाको कामप्रति निगरानी रहने अपेक्षा गरेको उनले बताइन् । स्थानीय वडा अध्यक्षले आयोजनाको काम सह्रानीय भएको भन्दै आयोजनाको काममा आफ्नो सहयोग रहने प्रतिवद्धता जाहेर गरे । 
मन्तव्यको क्रममा मेयर थापाले भने, “समृद्धि आयोजनाको काम सुरुमा केही ढिलो भएपनि अहिले यस्ले गति लिएको पाइयो । दुध व्यवसायमा भएको काम राम्रो देखिएको छ । स्थानीय लाभग्राहीको आवश्यकता र नपाको नीति अनुकुल हुने गरी आयोजनाले आफ्नो नीति परिमार्जन गर्नुपर्ने देखिन्छ । नपाको कार्यक्रमसँग सहकार्य गरेर काम गरे राम्रो नतिजा आउन सक्छ । बेलाकाले पनि वडाहरुको संभावनाका आधारमा कृषि बस्तुको जोन छुट्याइ बजेट व्यवस्था गरेको छ । बाख्रा पालन पनि प्राथमिकतामा राखि ३०००,००० बजेट विनियोजन गरेको छ । बजारको लागि विक्री संकलन केन्द्रको व्यवस्था गरेको छ । जिउँदो खसि मुल्य ५४० प्रति केजी कायम गरिएको छ ।” कृषि मोवाइल एपको माध्यमद्वारा कृषिसँग सम्बन्धित सेवाहरुको सबै सुचनामा पहुँच बढाउने प्रयासबारे उनले प्रस्ट पारे र अन्यमा गुणस्तयुक्त र नतिजा उन्मुख काम गर्न आयोजनालाई अनुरोध गरे ।
 
 

कर्मचारी

  1. श्री सिता भट्टराई
  2. याेगेश देउवा

Copyright RERP | SAMRIDDHI © 2020